KhojSansar

व्यावसायिक ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान

Khoj Sansar News

टक्सार (भोजपुर), १२ भदौः सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि जिल्लाका किसान ड्रागनखेतीतर्फ आकर्षित भएका छन् ।

टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीमा ४२ रोपनीमा गरिएको ड्रागन फुड खेतीबाट किसान शम्भु नेपालले मनग्य आम्दानी भइरहेको बताउनुभएको छ । वर्षौंदेखि बाझिएको जमिनमा दानाबोट फलफूल तथा कृषि फार्म दर्ता गरी कृषि कर्म सुरु गर्नुभएका किसान नेपालले वार्षिक १२ देखि १४ लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । बिरुवा रोपेको दुई वर्षमा प्रतिफल पाइन्छ । बजार व्यवस्थापन भने सहज नभएको उहाँको गुनासो छ ।

बाँदरले बाली भित्र्याउन नदिएपछि खेतीयोग्य जमिन बाँझिदै गएको किसान हरि गौतमले बताउनुभयो । “त्यसैले बाँदरले नखाने ड्रागनफ्रुट, कागती, टिम्मुर र मेकाडियानट जस्ता फलफूल तथा नगदेबालीतर्फ जिल्लामा आकर्षण बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।

आफ्नै जमिनमा व्यावसायिक खेती गर्न सके वैदेशिक रोजगारीमा कमाइने रकम यही कमाउन सकिने उहाँको धारणा छ । बाँझो जमिन सदुपयोग गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्नेमा किसान गौतमको जोड छ । -रासस

सम्बन्धित समाचारः

  • तरकारीखेतीले फेरिँदै जीवनशैली

  • यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  • तनहुँमा मकै उत्पादन बढ्यो

  • यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  • फर्किएको रैथाने खान्कीको रौनक

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.