KhojSansar

बागलुङका किसानले गराए ७०५ पशुको बिमा

Khoj Sansar News

गलकोट (बागलुङ), २० भदौः दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा गरिएको छ ।

जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका ७०५ पशुको बिमा गरिएको सङ्घ अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो ।

कृषकबाट बिमा प्रिमियमबापत गत वर्षमा रु चार लाख ८४ हजार ५०० र राज्यबाट अनुदानबापत रु १९ लाख ३८ हजार गरी जम्मा रु २४ लाख २२ हजार ५०० पशुधन सुरक्षण उपसमितिमा रकम दाखिला भएको छ । चालु आवमा पशुधन सुरक्षण कार्यक्रममा रु ७८ लाख ८० हजार सङ्कलन भएको उहाँले बताउनुभयो ।

सङ्घले २४ वर्षदेखि १५ दुग्ध सङ्कलन सहकारीका एक हजार ५०० भन्दा बढी किसानको दैनिक तीन हजार ५०० लिटर दूध सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ । -रासस

सम्बन्धित समाचारः

  • महँगी जोखिममा उपभोक्ता, ‘पर्ख र हेर’ मा सरकार

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.