KhojSansar

कृषि

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १४ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ४५ र मकै बोडी प्रतिकिलो रु ६५ कायम भएको छ । यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १८०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु ११०, तीतो करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ४०, परबर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु २५, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु…
पूरा पढ्नुहोस् ...
केराखेतीबाट १५ लाख आम्दानी गर्नुभएका टेकेन्द्र भन्नुहुन्छ, ‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’

केराखेतीबाट १५ लाख आम्दानी गर्नुभएका टेकेन्द्र भन्नुहुन्छ, ‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’

टीकापुर (कैलाली), १२ साउनः टीकापुर नगरपालिका–४ का किसान टेकेन्द्र धामीले गत वर्ष केराखेतीबाट रु १५ लाख आम्दानी गर्नुभएको छ । उहाँले गत वर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट रु ४७ लाखको केरा बिक्री गर्नुभएको थियो । “समयमै उत्पादन हुँदा रु ४७ लाखको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन”, उहाँले भन्नुभयो, “एक बिघामा रु १५ लाखसम्म कमाएको छु ।” धामीले १९ बिघामा केराखेती गर्नुभएको छ । यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहनुभएको छ । चौध वर्षदेखि केराखेतीमा संलग्न उहाँले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आउनुभएको छ । यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले साथ दिएको छ । “आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ, मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई वितरण गर्न सहयोग गर्ने गरेको छु”, धामीले भन्नुभयो । केराखेतीबाट मनग्य आम्दानी हुने गरेको थाहा पाएपछि स्वदेशमै भविष्य बनाउन र रोजगारीका अवसर सिर्जना गरिरहेका धामीलाई यो पेसाबाट सन्तुष्टि मिलेको छ । “आफ्नो जमिन सदुपयोग र बाँकी जमिन भाडामा लिएर खेती गरिरहेको छु”, उहाँले भन्नुभयो, “मल, पोषक तत्व सहजै पाउन भने कठिन हुने गरेको छ । लागतअनुसार बजार नपाउँदा कहिलेकाहीँ समस्या हुन्छ ।” किसानले असारमा केरा रोप्ने गर्दछन् ।…
पूरा पढ्नुहोस् ...
व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

काभ्रेपलाञ्चोक, १२ साउनः यहाँको बेथानचोक गाउँपालिकाले व्यावसायिक किसानलाई ऋणको ब्याजमा पाँच प्रतिशत अनुदान दिने भएको छ । स्थानीय किसानले संस्थागत रुपमा चालु आर्थिक वर्षदेखिनै व्यवसाय गर्न यस योजनाका लागि दिइएको आवेदन गाउँपालिकाद्वारा स्वीकृतसमेत भएको छ । व्यासायिक किसानलाई उद्यामशीलता ब्याजमा अनुदान प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले २४ कृषि फर्म छनोट गरेको जनाएको छ । यसका लागि गाउँपालिकाले कृषि व्यवसाय सञ्चालनार्थ किसानलाई ब्याजमा अनुदान प्रदान गर्न जिल्लास्थित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थासँग सम्झौता गरेको हो । कार्यालयले हाल छनोट भएका कृषि फर्मका पदाधिकारीलाई गाउँपालिकाको योजना तथा किसानले गर्न चाहेको उद्यमबारे छलफल र तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि स्थानीयलाई उद्यमशीलता विकास गरी व्यावसायिक बनाउन न्यूनतम छ महिनादेखि अधिकतम पाँच वर्ष अवधिको लागि प्रतिघरपरिवार अधिकतम रु २० लाख ऋण रकममा सहुलियत ब्याज अनुदान ऋण प्रदान गर्ने तथा सहकारीले सहुलियत ब्याज अनुदान ऋण लगानी गर्ने, उक्त कार्यक्रमका लागि गाउँपालिकाले पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने र व्यवसाय गर्ने व्यक्ति संस्था तथा परिवारले जम्मा ४ प्रतिशत मात्रै ब्याज तिर्नुपर्ने छ । स्थानीय कृषि उद्यमीलाई व्यावसायिक कर्जा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि–२०८० अनुरुप यस कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । बाढीपहिरोको विपद्पछि खण्डहर जमिनलाई उर्वरा एवं व्यावसायिक बनाउन गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश युवा तथा किसानलाई व्यावसायिक बनाउने अभियानको प्रारम्भ…
पूरा पढ्नुहोस् ...
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

काठमाडौँ, १२ साउनः देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ । त्यसैगरी वाग्मती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ८.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ । कर्णााली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो । यो वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ भएको हो ।
पूरा पढ्नुहोस् ...
मूल बीउ उत्पादन गरिँदै

मूल बीउ उत्पादन गरिँदै

वालिङ (स्याङ्जा), ११ साउनः स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो । कृषि अनुसन्धान परिषद् (नार्क)बाट प्रजनन बीउ ल्याएर कार्यालयले मूल बीउ उत्पादन गरी बीउ उत्पादक समूह सहकारी तथा फार्महरूलाई बीउ उपलब्ध गराउँदै आएको कार्यालयका बाली विकास अधिकृत पुकार खनालले जानकारी दिनुभयो । कार्यालयले विभिन्न प्रजातिका धान, मकै, बोडी, सिमी, भटमास, कोदोलगायत खाद्यान्न, दलहन तथा तेलहन बालीको प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्दै आएको छ । “नार्कबाट ल्याएको प्रजनन बीउलाई एक वर्ष यहाँ लगाएर मूल बीउ बनाइन्छ, यहाँ बनाइएको मूल बीउ लाइसेन्स प्राप्त बीउ उत्पादक समूह, सहकारी वा फार्महरूलाई ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “कार्यालयले उपलब्ध गराएको मूल बीउबाट लाइसेन्स प्राप्त बीउ उत्पादकहरूले उन्नत बीउ उत्पादन गर्छन् ।” बीउ उत्पादकले उत्पादन गरेको उन्नत बीउको नियमित निरीक्षण, अनुगमन गर्ने, भण्डारणका लागि टिनका बाकस, बिक्रीका लागि बोरा, विषादी तथा उत्पादित बीउको विवरण समेटिएको ट्याग, बोरा सिलाउने मेसिन, बीउको चिस्यान मापन गर्ने मेसिन कार्यालयले उपलब्ध गराउने उहाँले बताउनुभयो । आवश्यकता हेरी प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण कार्यालय पोखराबाट प्रयोगशालामा बीउको गुणस्तर परीक्षण गरेपछि मात्र उन्नत बीउको रूपमा बजारमा पठाउने गरिएको छ । कार्यालयले…
पूरा पढ्नुहोस् ...
स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ, ११ साउनः मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् मुस्ताङको घरपझोङ–५ ढुम्बाका जुझारु किसान कर्म गुरुङ । गुरुङ बाबुबाजेले अपनाउँदै आइरहेको स्याउखेतीलाई पुख्यौली पेसाका रूपमा पछ्याउँदै विगत पाँच दशकदेखि सक्रिय भएर लागिपर्नुभएको छ । झन्डै छ दशकअघि गुरुङको परिवारले मुस्ताङको ढुम्बा गाउँमा चिम्ले स्याउ फार्म सुरुआत गरेको थियो । त्यसबेला उहाँको परिवार, आफन्त र इष्टमित्रलगायतले सगोलमा सामूहिक स्याउखेती सुरु गरेका थिए । उहाँ १३ वर्षको हुँदा बुबा बित्नुभयो । त्यसपछि बुबाको कृषिकर्मको जिम्मेवारी उहाँको काँधमा थपियो । गुरुङका बुबा बितेपछि चिम्ले कृषि फार्मका दश दाजुभाइ÷दिदीबहिनी सदस्य छिन्नभिन्न भए । बाल्यकालदेखि नै कृषिकर्मलाई पछ्याउनुभएका गुरुङले सगोलले अलपत्र पारेको कृषि फार्मको सबै बागडोर आफँैले सम्हाल्नुभयो । गुरुङले सम्हाल्दै आइरहेको त्यतिबेलाको स्याउ फार्म परम्परागत पद्धतिको थियो । आफ्ना बुबाको प्रेरणाबाट स्याउखेती लाग्नुभएका गुरुङ वर्तमानमा पनि पहिलेको परम्परागत स्याउखेतीसँगै स्याउखेतीमा नयाँ प्रविधि भित्र्याइसक्नुभएको छ । सानै उमेरदेखि स्याउखेतीलाई निरन्तर पछ्याउँदै आउनुभएका गुरुङ व्यावसायिक स्याउखेतीतर्फ ५० वर्षको यात्रा पूरा गरिसकेको बताउनुहुन्छ । मुस्ताङमा अहिलेको जस्तो त्यो समय सडक, बिजुली, इन्टरनेट कुनै पनि सुविधा थिएनन्, यद्यपि उहाँले चिम्ले कृषि फार्मलाई विषम परिस्थितिसँग जुध्दै अहिलेको अवस्थामा ल्याइपुर्याउन सफल हुनुभयो । गुरुङ भन्नुहुन्छ, “बुबाको पालामा स्याउखेती गर्न अहिलेको जस्तो सहज थिएन, प्रविधिको विकास भएको थिएन, सबै काम…
पूरा पढ्नुहोस् ...
कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’

कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’

गण्डकी, ११ साउनः पोखरा महानगरपालिका-२५ झिझिर्कामा सञ्चालित माया इको भिलेज एकीकृत फार्म पछिल्लो समय व्यावसायिक कृषि गर्न चाहने जो कोहीका लागि प्रभावकारी पाठशाला बनिरहेको छ । एकैठाउँमा कृषिका विविध गतिविधिबारे जान्न बुझ्न पाइने भएकाले देशका विभिन्न स्थानबाट समूहसमूहमा उक्त फार्ममा मानिस आउने गरेका छन् । फार्ममा आएका व्यक्तिलाई यहाँ भएका खेती तथा प्रयोग गरिएका विधि र प्रविधिका बारेमा प्रयोगात्मक तरिकाले जानकारी दिने गरिएको फार्म सञ्चालक मीनाकुमारी गुरुङले जानकारी दिनुभयो । विदेश बसाइँको करिब १६ वर्षको अनुभव सँगाल्नुभएकी ५९ वर्षीया गुरुङ स्वदेशमा केही गर्नुपर्छ भन्ने सोंचका साथ व्यावसायिक कृषिमा लाग्नुभएको हो । उहाँसँग जापानसहित हङ्कङ, ब्रुनाई, अमेरिका तथा बेलायतका विभिन्न अनुभव छन् । पछिल्ला आठ वर्षयता माया इको भिलेज एकीकृत फार्म सञ्चालन गर्दै आउनुभएकी उहाँको फर्ममा विभिन्न कृषक समूहका तालिहहरू सञ्चालन हुन्छन् । तालिमका सहभागीलाई उहाँ स्वयंले आफ्नो सिकाइका ज्ञान र अनुभव प्रदान गरिहनुभएको छ । विभिन्न ठाउँमा कृषिसम्बन्धी औपचारिक तालिममा समेत सहभागी हुनुभएकी गुरुङलाई विभिन्न कृषि सम्बद्ध सङ्घसंस्थाले तालिमका लागि बोलाउने गरेका छन् । गुरुङको ३० रोपनी क्षेत्रफलमा फैलिएको एकीकृत कृषि फार्ममा सीताके च्याउ, काउली, बन्दा, लहरे तरकारी, भेडे खुर्सानी लगायत खेती भइरहेको छ । गुरुङले गड्यौला मलको उत्पादन गरेर बिक्री पनि गर्दै आएको बताउनुभयो । घरका पाँच जनासहित अन्य सात जना गरी फार्ममा १२ जनाले नियमित रोजगारी पाएका जनाउँदै…
पूरा पढ्नुहोस् ...
कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

त्रिवेणी (नवलपरासी), १० साउन: नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु. आठ लाख सम्म आम्दानी लिने गर्नुभएको छ । तीन वटा बिरुवाबाट कौसीमा सुरुआत गरेको सो खेती हाल १३५ वटा गमलामा विस्तार गर्नुभएको छ । उहाँले बारीमा ४२४ वटा बोट रोप्नुभएको छ । घरमै खान भनी चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको हो । ‘युट्युब’बाट हेरेर प्रभावित भई उहाँले कौसीमा ड्रागन फल खेती सुरुआत गर्नुभएको थियो । सुरुमा मलेसियन सी भेराइटीको जम्मा तीन वटा बिरुवा रु दुई हजार एक सयमा पनौतीबाट ल्याएर लगाउनुभएको थियो । कौसीमा खेती सुरु गर्दा रु २५ हजार लगानी लागेको उहाँले बताउनुभयो । उहाँले फल मात्र होइन बिरुवा पनि बिक्री गरेर आम्दानी लिँदै आउनुभएको छ । “मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो, बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थालँे, अहिले मकहाँ धेरैजना बिरुवा लिन आउनुहुन्छ । यसपालि करिब रु दुई लाखको त बिरुवा नै बेचेँ”, जिसीले भन्नुभयो । गत असार पहिलो सातादेखि उत्पादन सुरु भएकामा तीन लट बिक्री गरी हाल चौथो लट टिप्न थाल्नुभएको छ । असार महिनामा मात्रै साढे तीन क्वीन्टल ड्रागन फल बिक्री गरिसक्नुभएको छ । बजारका लागि कुनै समस्या नभएको उहाँको भनाइ छ ।…
पूरा पढ्नुहोस् ...
गुल्मीमा चिया खेतीको सफल परीक्षणपछि क्षेत्र विस्तार : कृषि, पर्यटन र स्वरोजगारको नयाँ आशा

गुल्मीमा चिया खेतीको सफल परीक्षणपछि क्षेत्र विस्तार : कृषि, पर्यटन र स्वरोजगारको नयाँ आशा

गुल्मी, ११ असार २०८२ –  गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–७ धुँवाखोलामा चिया खेतीको परीक्षण सफल भएपछि त्यसको क्षेत्र विस्तार गर्न थालिएको छ । गत वर्ष इलामबाट ल्याइएका १२ हजार भन्दा बढी चियाका बिरुवाहरुको परीक्षण अत्यन्त उत्साहजनक भएको र बिरुवा राम्रोसँग हुर्किएपछि थप २० रोपनी जमिनमा पहिलेकै परिमाणमा चिया खेती विस्तार गरिएको हो । खालि रहेको भिरपाखाको बाँझिएको जमिनलाई उत्पादनमा ल्याउने उद्देश्यसहित तमु उद्यमशिल महिला समूहले यो पहल थालेको हो । समूहले विशेष उपसमिति गठन गरेर चिया खेतीको योजना, बिरुवा रोपण र अध्ययन कार्य अघि बढाएको छ । प्रारम्भिक चरणमा १७ रोपनी जमिनमा चिया रोपिएको थियो भने अब चिया खेतीको क्षेत्र क्रमशः बढाउँदैछ । धुँवाखोला चिया बगान खेतीमा समर्पित ३६ घर परिवारले सामूहिक रूपमा काम गर्दै आएका छन् । स्थानीय तमु टोल विकास संस्था, तमु युवा क्लव, धुँवाखोला चिया बगान संरक्षण उपभोक्ता समिति लगायतका संस्थाहरुले समेत चिया खेतीमा सहकार्य गरिरहेका छन् । धुँवाखोलामा सञ्चालनमा रहेको धुँवाखोला होमस्टे परियोजनालाई चिया खेतीसँग जोडेर पर्यटन प्रवर्द्धन र स्वरोजगार सृजना गर्ने योजना बनाइएको होमस्टेका अध्यक्ष राजु गुरुङले वताए । साथै धुँवाखोला चिया बगान समितिका संयोजक कर्णबहादुर गुरुङले चिया खेती र होमस्टेबाट युवाहरुलाई स्वदेशमै रोजगारी दिन सकिने विश्वास व्यक्त गरेका थिए । तमु उद्यमशिल महिला समूहकी अध्यक्ष जमुना गुरुङका अनुसार यो प्रयासले जमिन बाँझो बस्न नदिई उपयोगमा…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.