KhojSansar

कृषि

कागती बिक्री गरेर तीन लाख आम्दानी

भोजपुर, ५ कात्तिकः यहाँको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागतीखेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । घिमिरेले कागती बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने बताउनुभयो । अहिले उहाँले करिब १० रोपनी क्षेत्रमा सानाठूला गरी ३५० बोट कागती रोप्नुभएको छ । “व्यावसायिक रूपमा कागतीखेतीमा लागेका छु”, उहाँले भन्नुभयो, “अहिले वार्षिक दुईदेखि तीन लाख रुपैयाँ आम्दानी लिँदै आएको छु । साना बिरुवा पनि विस्तार गरेको छु । ती हुर्किएपछि आम्दानी अझ बढ्नेछ ।” छ वर्षअघिबाट फलफूलखेती सुरु गर्नुभएका घिमिरेले कागतीसँगै सुन्तला र एभोकार्डोको पनि खेती पनि विस्तार गर्नुभएको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले बहुवर्षीय बालीखेतीमा जोड दिएको उहाँको भनाइ छ । “एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने बहुवर्षीय बाली खेती विस्तारमा जोड दिएको छु”, उहाँले भन्नुभयो, “कागतीसँगै सुन्तला, एभोकार्डोको पनि खेती गरिरहेको छु ।” फलफूलखेतीका लागि माटो र हावापानी उपयुक्त भएकाले पौवादुङमामा बहुवर्षीय खेती प्रणालीमा किसान आकर्षित भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले ‘एक घर, एक फलफूल’ कार्यक्रम सञ्चालन गरेर फलफूल खेतीमा लगानी गर्दै आएको छ । “पौवादुङमामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँ धेरै किसान बहुवर्षीय खेती प्रणालीमा जुटेका छन् । गाउँपालिकाले पनि आवश्यक प्रोत्साहन र सहयोग गर्दै…
पूरा पढ्नुहोस् ...
सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै महिला

सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै महिला

देउखुरी (दाङ), २४ असोज : पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर मनग्य आम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उहाँ जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुनुहुन्छ । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सोही वडामा २५ कट्ठा जमिन भाडामा लिएर आलु र प्याजखेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुईवटा टनेल बनाएर तरकारीखेती गरेका छौँ ।” कृषि ज्ञान केन्द्रले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ । सोही कार्यालयले २० जनालाई रु २० हजारका दरले बीउपुँजी सहयोग गरेको उहाँले बताउनुभयो । समूहमा आबद्ध भएपछि सरकारी कार्यालय र अन्य कार्यालयमा केके कार्यक्रम आउँछन्, त्यसका बारेमा जानकारी हुने गरेको र अनुदानका लागि फारम भरेको उहाँले बताउनुभयो । समूहका अध्यक्ष देउकुमारी चौधरीले आफ्नो र भाडामा लिएको जमिनमा सामूहिक खेती गरेको बताउनुभयो । घरको जमिनमा गरेको खेती घरमै राख्ने तर सामूहिक गरेको खेतीको आम्दानी समूहमा राख्ने गरेको बताउनुभयो । गत वर्ष सामूहिक खेती गरेको धान बिक्री गरेर रु ६० हजार, आलु बिक्रीबाट रु २० हजार, ब्रोकाउली बिक्रीबाट रु १२ हजार १५०, तरकारीका बेर्ना बिक्रीबाट आठ हजार ३००,…
पूरा पढ्नुहोस् ...
भोजपुरमा वर्षाले धानबालीमा क्षति

भोजपुरमा वर्षाले धानबालीमा क्षति

भोजपुर, २० असोजः जिल्लामा लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ । बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् । जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली परिपक्व अवस्थामा पुगेको भउ पनि यसपटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको किसानको भनाइ छ । जिल्लाको बोखिम, पोखरे, दावालगायत धेरै ठाउँमा धानबालीमा क्षति पुगेको छ । जिल्लाका सबै स्थानीय तहमा धानको खेती हुने गरेको छ । वर्षासँगै आएको हावाले धानबालीमा क्षति पु¥याएको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान रूपनारायण फुयाँलले बताउनुभयो । बोखिम क्षेत्रका धेरै किसानको धानबालीमा बर्सातले क्षति पु¥याएको उहाँको भनाइ छ । “भारी बर्सातका कारण धानबालीमा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “पसाउँदै गरेको धान खेतमा ढलेर सखाप भएको अवस्था छ, अझै यस्तै अवस्था रहेमा धानबालीमा ठूलो क्षति हुने अवस्था छ ।”
पूरा पढ्नुहोस् ...
‘जडीबुटीको मूल्य पाइएन’

‘जडीबुटीको मूल्य पाइएन’

भोजपुर, १७ असोजः यहाँका कृषकले उत्पादित जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भए पनि बजार मूल्य नपाएको किसानको गुनासो छ । स्थानीयस्तरमा जडीबुटीको बजार मूल्यबारे ज्ञान नहुने र सरकारले समेत मूल्य नतोक्ने हुँदा विचौलियाले त्यसको लाभ लिइरहेको अधिकांशको भनाइ छ । स्थानीय जडीबुटी कृषक निमा शेर्पाले चिराइतो, सतुवा, अलैँचीलगायतको व्यावसायिक खेती गरिए पनि मूल्यका लागि विचौलियाकै भर पर्नुपर्दा घाटा भइरहेको सुनाउनुभयो । जिल्लाको माथिल्लो भेगका किसानले चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बालगायत जडीबुटीको खेती गर्दै आएका छन् । चिराइतोको मूल्य बढेपछि किसान यसतर्फ आकर्षित भएका छन्, तर सरकारले मूल्य नतोक्दा विचौलियाको बोलीका आधारमा बेच्नु परिरहेको कृषक पासाङ शेर्पाको गुनासो छ । उहाँले भन्नुभयो, “गाउँमा हल्लाको भरमा मूल्य तोकिने गरेको छ । त्यही मूल्यमा बेच्छौँ, पछि थाहा हुन्छ कि हामीले त घाटामा बेचेका रहेछौँ । यसले मारमा छौँ ।” यस्तो समस्या समाधानका लागि सरकारी निकायले मूल्य तोकेर बजार बिस्तारका लागि सहजीकरण गरिदिनुपर्ने किसानहरूको माग छ ।
पूरा पढ्नुहोस् ...
महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

मध्यविन्दु (नवलपरासी ब सु पू), १५ असोज: यहाँको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ । यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो । संस्थामार्फत वर्षभरि नै खसीबोका सङ्कलन तथा बिक्री गरिने भए पनि चाडपर्वलाई लक्षित गरी बढी सङ्ख्यामा बिक्री भएको हो । “गत वर्षको दसैँमा १५ सय खसीबोका बिक्री गरिएको थियो, त्यसबापत करिब रु दुई करोड ५० लाखको कारोबार भएको थियो”, परियारले भन्नुभयो,“यस वर्ष भने पहिलेजति बिक्री भएन । दसैँपछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौँ ।” गाउँमा उत्पादित खसीबोका बजारसम्म पुर्‍याउनका लागि सहकारीले विगत ११ वर्षदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ । कृषकहरूले भनेको समयमा बिक्री गर्न र उत्पादनअनुसार मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषिउपजको बजारीकरण गर्दै आएको छ । गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले जानकारी दिनुभयो । “असोज ६ गतेदेखि खसीबोका सङ्कलन र बिक्री सुरु गरेका थियौँ । हालसम्म ३५० वटा खसीबोका बिक्री गरेका छौँ”, उहाँले भन्नुभयो,“प्रतिकिलो ज्युँदो सरदर रु ५७० सम्म बिक्री गरिएको छ ।” यसरी सहकारीले घरबाट नै खरिद गरेर बजारीकरण…
पूरा पढ्नुहोस् ...
मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

मुस्ताङ, १० असोजः यसवर्ष मुस्ताङबाट करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको हो । केन्द्रका पशु चिकित्सक डा लालमणि अर्यालका अनुसार यहाँबाट निकासी भएका भेडाच्याङ्ग्रा र रमा(च्यालु)को औसत अनुमान गर्दा रु ३५ करोड बढीको च्याङ्ग्रा निकासी भएको हो । यसवर्ष निकासी भएका भेडाच्याङ्ग्रामध्ये सात हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा भेडाच्याङ्ग्रा डोल्पा, मुगु र जुम्लाका रहेका उहाँले बताउनुभयो । यसमा मुस्ताङको हिस्सा अनुमानित रु २० करोड रहेको छ । जिल्ला बाहिरका व्यापारीले किसानको खोरमै रोजेर लिने च्याङ्ग्राको मूल्य रु ३५ हजार, भेडाको रु २८ हजार र रमा (च्लालु) च्याङ्ग्राको मूल्य रु १२ हजार रहेको जनाइएको छ । यहाँबाट जिल्ला बाहिर निकासी गरिएका भेडाच्याङ्ग्रा अझै बढी हुनसक्ने स्थानीय जानकारहरूको भनाइ छ । विज्ञ केन्द्रले पशु निरोगिताको परीक्षण गर्दा च्याङ्ग्रा धनीले एकीन सङ्ख्या नबताउने भएकाले यो सङ्ख्या बढी हुनसक्ने उनीहरूको तर्क छ । -रासस
पूरा पढ्नुहोस् ...
यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १० असोजः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो नेपाली प्रतिकेजी रु ६५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ५२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३६, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकेजी रु ४०, प्याज सुकेको भारतीय प्रतिकिलो रु ४४, गाजर (लोकल) प्रतिकिलो रु १२५, गाजर (तराई) प्रतिकिलो रु ११०, लोकल बन्दा प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ८०, रातो मूला प्रतिकेजी रु ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु १४०, मकै बोडी प्रतिकिलो रु ११० कायम भएको छ । त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (राजमा) प्रतिकेजी रु २००, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु ११०, तीतो करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ७०, परबर (लोकल) प्रतिकिलो रु ७५, परबर (तराई) प्रतिकिलो रु ७५, चिचिण्डो प्रतिकिलो रु ४५, घिरौँला प्रतिकिलो रु…
पूरा पढ्नुहोस् ...
गुल्मीमा ३८ जातमा कफीको जातीय परीक्षण गरिँदै

गुल्मीमा ३८ जातमा कफीको जातीय परीक्षण गरिँदै

गुल्मी, १० असोजः गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो । कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले २०० रोपनीमा फैलिएको कार्यक्रममा जातीय परीक्षण भइरहेको बताउनुभयो । उक्त कार्यक्रममार्फत कफीका तीनवटा जात सिफारिसका लागि बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रमा प्रस्तावता तयार गरी पेस गरिएको उहाँको भनाइ छ । त्यसका अतिरिक्त कफीका अरु जातीय तथा रोगकिरा व्यवस्थापन परीक्षण भइरहेको छ । गौतमका अनुसार कफीको माउबोट, त्यसको हाँगा, बीउ छनोट गरी बीउअनुसारको माटो, बिरुवा, उत्पादन र गुणस्तरसम्मको अनुसन्धान गर्न कार्यालयमा अझै दक्ष जनशक्तिको अभाव छ । अनुसन्धान कार्यक्रममा वार्षिक १० हजारभन्दा बढी कफीका बीउ बेर्ना उत्पादन गर्नुका साथै १०० किलोसम्म कफीको स्रोत बीउ उत्पादन गरी वितरण भइरहेको कार्यालय प्रमुख गौतमले बताउनुभयो । अनुसन्धान कार्यक्रमले कफी बालीमा मलखाद व्यवस्थापन परीक्षण, छहारी व्यवस्थापन, कफी रोप्ने तरिका, सेतो गबाँरो तथा अन्य रोगकिरा व्यवस्थापनसम्बन्धी परीक्षणका साथै कफीको गुणस्तरबारेमा अध्ययन अनुसन्धान गर्दै आएको छ ।
पूरा पढ्नुहोस् ...
विदेशको अनुभव, स्वदेशमा उपयोग

विदेशको अनुभव, स्वदेशमा उपयोग

भोजपुर, ७ असोजः वर्षौंदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाई र सन्तुष्टि नपाएका यहाँ का युवाहरू अहिले आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनमार्फत मनग्य आम्दानी गर्न थालेका छन् । विदेशको भोगाइ र अनुभवलाई सँगालेर थालेका व्यवसायबाट उनीहरूले मनग्य लाभ उठाइरहेका छन् । टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका प्रेमबहादुर बस्नेत त्यसको एक उदाहरण हुनुहुन्छ । लामो समय विदेशका विभिन्न देशमा पसिना बगाए पनि सोचेजस्तो आम्दानी नभएपछि बस्नेत गाउँ फर्किएर व्यवसायमा जोडिनुभएको छ । अहिले गाउँमा नै बाख्रापालन तथा जडीबुटीखेतीबाट राम्रै आम्दानी भइरहेको उहाँले बताउनुभयो । परिवारसँग बसेर गाउँमा गरिरहेको उद्यमबाट घरखर्च चलाउन कुनै समस्या नरहेको बस्नेतको भनाइ छ । “विदेशमा धेरै दुःख गरेँ, तर आम्दानी भनेजस्तो भएन”, बस्नेतले भन्नुभयो, “अहिले आफ्नै गाउँमा बसेर बाख्रापालनसँगै जडीबुटीखेती गरिरहेको छु । गाउँमा थालेको व्यवसायबाट विदेशमा भन्दा राम्रो आम्दानी भइरहेको छ । मेहनत गरे यही राम्रो आम्दानी हुने रहेछ भन्ने अनुभूति भयो ।” विदेश जान चाहनेहरूका लागि गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यका साथ कृषि कर्ममा जुटिरहेको उहाँको भनाइ छ । व्यवसायमा निरन्तरता दिन सक्ने हो भने त्यसबाट क्रमिक रूपमा लाभ लिन सकिने उहाँले अनुभव सुनाउनुभयो । “हामी छोटो समयमा धेरै लाभ लिन सोच लिन्छौँ”, उहाँले भन्नुभयो, “तर व्यवसायबाट आम्दानी लिन केही समय धैर्य राख्न सक्नुपर्छ । निरन्तर आफ्नो कर्ममा जुट्ने हो भने सफलता पाइने रहेछ…
पूरा पढ्नुहोस् ...
तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

भजनी (कैलाली), ५ असोज : टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीको दुई महिना अगाडिको समय निकै सकसपूर्ण थियो । दिनभर घरायसी काममा व्यस्त देखिने उहाँको कामबाट परिवार पनि सन्तुष्ट थिएन । उहाँ घरमा जति काम गरे पनि त्यसबाट आम्दानी नहुने भएपछि मानसिक तनाव हुने गरेको बताउनुहुन्छ । जुगरानीलाई सहकारी संस्थाले तालिमका लागि सिफारिस गरेर सिकेको २५ दिने तालिमले उहाँको जीवन फेरिएको छ । एक संस्थाले २५ दिनसम्म दिएको तालिमले उहाँ उद्यममा जोडिन सफल हुनुभएको हो । पच्चीस दिनको निःशुल्क तालिमसहित ५० प्रतिशत अनुदानमा कपडा बुन्ने उपकरण सहयोग गरेपछि जुगरानीसहितका महिला उद्यममा जोडिन सफल भएका छन् । जुगरानीले अहिले केराको रेसाबाट काँचो कपडा बुन्ने काम थाल्नुभएको छ । आजभोलिको दैनिकी कपडा बनाउने काममै बित्ने गरेको छ । “खेर जाने केराको बोट (थाम) बाट कपडा हुन्छ भन्ने विश्वास गर्न नसकेकी म आफँै कपडा बनाउन थालेकी छु”, उहाँ भन्नुहुन्छ, “आजभोलि परिवारले पनि विश्वास गर्न थालेको छ । आफूलाई पनि आत्मनिर्भर भएको महसुस हुन्छ ।” टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आठ जना सदस्यलाई तालिममा सहभागी गराएर कपडा उत्पादन गर्ने सुरु गरेपछि महिला आत्मनिर्भर बन्दै गएका छन् । तालिमबाट आत्मनिर्भर बनेका महिला काम पाएपछि निकै उत्साहित भएर काम गरिरहनुभएको छ । “सीप भएपछि पैसा कमाउन समस्या नहुँदोरहेछ ।…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.