KhojSansar

मनोरञ्जन

सगरमाथा आरोहणको कथामा ‘जेरी अन टप’

सगरमाथा आरोहणको कथामा ‘जेरी अन टप’

काठमाडौँ, ९ भदौः तिहारलाई लक्षित गर्दै आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जेरी अन टप’को श्रव्यदृश्य (टिजर) सार्वजनिक गरिएको छ । आज यहाँस्थित एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका अभिनेता अनमोल केसीले आफूले देखेको सपनालाई चलचित्रमार्फत पर्दामा ल्याउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पटकथा पढ्दादेखि नै देखेको एउटा सपनालाई पर्दामा ल्याएको छु । यसका लागि छायाङ्कनसहित तीन वर्ष मेहनत गरेका छौँ । यो नेपालको सौन्दर्य देखिने र पर्यटन प्रवर्द्धन गर्ने चलचित्र बनेको छ ।” उहाँले धेरै समयपछि आफ्नै पिता अभिनेता भुवन केसीसँग चलचित्रमा काम गर्नुभएको छ । “मैले बुवा (भुवन केसी) सँग पहिला पनि छिटपुट काम गरेको थिएँ, यसपटक भने बाबु र छोराकै भूमिकामा चलचित्रमा काम गरेका छौँ । बुवाको काम गर्ने शैली, ऊर्जा र लगनशीलताले सधैँ मलाई प्रेरणा दिन्छ”, अभिनेता केसीले भन्नुभयो । चलचित्रकी अभिनेत्री आँचल शर्माले आफूले श्रेया नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “श्रेया निडर र एक स्वाभिमानी युवती हुन् । उनले गर्ने निर्णयले उनको क्षमतालाई प्रष्ट्याउँछ । मैले यो पात्रलाई पर्दामा देखाउन पाउँदा निकै उत्साहित छु । हिमालका विषयमा बनेको चलचित्रले युवापुस्तालाई आन्तरिक पर्यटक बन्न प्रेरित गर्ने विश्वास छ ।” अनन्या फिल्मसले निर्माण गरेको चलचित्र ‘जेरी अन टप’ मा अभिनेता केसी र अभिनेत्री शर्मासँगै जसिता गुरुङ,…
पूरा पढ्नुहोस् ...
प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ हुनुभएको छ । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुवैजनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही रु एक करोड नगद पुरस्कारसहित रु २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटका साथमा विभिन्न पुरस्कार प्राप्त गरेका छन् । मेरो डान्स युनिभर्सको फस्ट रनरअप भई अमृता राईले रु २५ लाख नगदसहित सिटिजन्स लाइफबाट रु २० लाखबराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ । सेकेन्ड रनरअप भई सीतु महर्जनले रु १० लाखसहित सिटिजन्स लाइफबाट रु १५ लाखबराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ । थर्ड रनरअप सुरज सिंजाली मगरले रु छ लाख नगदसहित सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा तथा फोर्थ रनरअप सुशना कोइरालाले रु पाँच लाख नगद, सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ । फिप्थ रनरअफ साजन पाख्रिन तामाङले नगद रु चार लाख र सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ । यसैगरी मेरो भ्वाइस युनिभर्सको फस्ट रनरअप भई टोपराज तामाङले रु २५ लाख नगदसहित रु २० लाखबराबरको जीवन बिमा तथा सेकेन्ड रनरअप जुनु प्रसाईँले रु १० लाख…
पूरा पढ्नुहोस् ...
‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

काठमाडौँ, ६ भदौः ‘झर्‍यो भुँइमा टोपी हजुर निउरिदा शिर..., कसलाई सुनाउ, कहाँ सुनाउ हजुर कर्णालीको पिर, जुनि बित्यो हाम्रो हजुर मोटरबाटो कुरी, ज्यानलिन्छ भिरले हाम्रो, मन रुन्छ पिरले, कर्णाली पिरले’ प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए । गला अवरुद्ध भए । यो प्रतिनिधि गीत केवल गीत मात्रै थिएन । कलाकार रतन देवकोटाले गाएको यस गीतले कर्णालीका दुःख, पीडा, सङ्घर्ष र सफलताका भावनालाई बोलिरहेको थियो । हुड्केउली भाकामा पस्किएको गीतमा भोक, विदेशीयका व्यथा र बसाइँसराइका कथा गुँथिएका छन् । प्रेक्षालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्ति र खचाखच भरिएका दर्शकलाई कर्णालीका गाथा, व्यवस्था र विकास सम्भावना र उपलब्धि समेटिएका विविध प्रस्तुतिले मोहित तुल्यायो । सिस्नो पानी नेपालले बिहीबार प्रस्तुत गरेको ‘कर्णाली जुरुक्क’ ले सहभागीको ध्यानमात्रै खिचेन कर्णालीका दुःख, भोगाइ र पीडासँगै बेदनाका आँसु बगायो । त्यहाँका लागि गरिनुपर्ने जिम्मेवारीको आत्मबोध पनि गराएको आभाष भइरहेको थियो । साँच्चिकै जब कर्णालीको नाम आउँछ, त्यहाँ अभाव र पीडा छचल्किन्छ । भोक, अभाव र अत्यास त्यहाँको प्रतीक जस्तै बनेको छ । कर्णालीवासीले देशमा कैयौँ व्यवस्था बदलिए पनि त्यहाँको विम्ब बदल्न पर्याप्त प्रयास नगरिएको गुनसो गर्छन् । त्यही नबदलिएको विम्बलाई सिस्नोपानी नेपालले ‘जुरुक्क कर्णाली’ लाई सङ्घीय राजधानी काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा एकपटक पुनः स्मरण गराएको छ, जसले…
पूरा पढ्नुहोस् ...
चलचित्र ‘नालापानी’ को विशेष प्रदर्शनी सम्पन्न

चलचित्र ‘नालापानी’ को विशेष प्रदर्शनी सम्पन्न

काठमाडौँ, २३ साउन : नेपाली वीरताको कथामा आधारित चलचित्र ‘नालापानी’को विशेष प्रदर्शनी आज काठमाडौँमा सम्पन्न भएको छ । रिमेश अधिकारीद्वारा निर्देशन तथा निर्माण गरिएको चलचित्र प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको हलमा भएको विशेष प्रदर्शनीमा सङ्घीय संसद्का सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वसभामुख अग्नि सापकोटा, सांसदहरू, कलाकार तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो । चलचित्र हेरेपछि प्रतिक्रिया दिनुहुँदै सभामुख घिमिरेले चलचित्र ‘नालापानी’ले इतिहासलाई जीवन्त ढङ्गले प्रस्तुत गरेको बताउँनुहुँदै त्यो समयमा राष्ट्र, राष्ट्रियता र मातृभूमिका लागि गरिएको योगदानलाई गहिरो रूपमा महसुस गर्न सकिने अनुभव व्यक्त गर्नुभयो । “चलचित्रले राष्ट्रप्रेमले भरिएको कथा बोलेको छ, जसले कुनै पनि नेपालीको हृदय छुनेछ । सम्पूर्ण टिमलाई म धन्यवाद दिन चाहन्छु”, सभामुख घिमिरे भन्नुभयो । त्यस्तै राष्ट्रियसभाका अध्यक्ष दाहालले इतिहास र पहिचानसँग जोडिएका यस्ता विषयवस्तुलाई समेटेर राष्ट्रप्रेमले भरिएको चलचित्र बनेको बताउनुभयो । उहाँले यस्ता चलचित्रको विकासमा सरकार, सर्जक र सम्पूर्ण पक्षको ध्यान जानु आवश्यक रहेको बताउनुभयो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र ‘नालापानी’ राष्ट्रप्रेमलाई झकझक्याउन सघाउने बनेको बताउनुभयो । कालाकार श्रेष्ठ भन्नुहुन्छ, “नालापानी युद्धको समग्र पक्ष समेटिएको चलचित्र बनेको रहेछ । यो विशेषतः विद्यार्थीहरूलाई इतिहास बुझाउन अत्यन्तै उपयोगी हुनेछ ।” त्यस्तै अभिनेता जितु नेपालले ‘नालापानी’ नेपाली इतिहासको गौरवलाई देखाउने उत्कृष्ट प्रयास भएको उल्लेख गर्दै सबैले हेर्नुपर्ने चलचित्र भएको बताउनुभयो । “गोरखाली भनेर शिर उँचो पार्ने त्यो बेलाको…
पूरा पढ्नुहोस् ...
तीजलाई लक्षित गर्दै ‘टिकटकले भाइरल बनायो’ सार्वजनिक

तीजलाई लक्षित गर्दै ‘टिकटकले भाइरल बनायो’ सार्वजनिक

काठमाडौँ, १६ साउनः गायिका धनकुमारी थापा ‘सरु’ले हिन्दू महिलाहरू पर्व तीजलाई लक्षित गर्दै ‘टिकटकले भाइरल बनायो’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । हाँस्य कलाकार किरण केसी र दिपाश्री निरौला अभिनित उक्त गीतको श्रव्यदृश्य सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ गायक बमबहादुर कार्कीले गीतको अडियो र श्रव्यदृश्य पक्ष दुवै अब्बल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले समयअनुसारको गीत बनेको छ । पछिल्लो समय आइरहेको गीतका शैली र शब्दहरू समयअनुसार परिवर्तन भए पनि आफ्नो मौलिकता भने कायम राख्नुपर्छ, यो गीतले आफ्नो मौलिकपनसहित दर्शकको माया पाउनेमा विश्वस्त छु ।” कलाकार केसीले गीतले सबैको मन जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अभिनेत्री निरौलासँग गीतमा काम गर्न पाउँदा खुसी लागेको बताउदै श्रव्यदृश्य छायाङ्कन उत्कृष्ट बनेको बताउनुभयो । “दीपा बहिनीसँग काम गर्दा मलाई सधैँ ऊर्जा प्राप्त हुन्छ । हामीले गीतको भावलाई श्रव्यदृश्यमा प्रस्तुत गर्न सक्दो मेहनत गरेका छौँ । यो रमाइलो माहोललाई व्यक्त गर्ने गीत बनेको छ”, उहाँले भन्नुभयो । अभिनेत्री निरौलाले गीतको शब्द, सङ्गीत र स्वरका कारण आफू अभिनय गर्न तयार भएको बताउनुभयो । उक्त गीतमा गायिका थापासँगै मनोजसिंह धामीको स्वर रहेको छ । गीतमा धामीले शब्द र सङ्गीत दिनुभएको छ । प्रकाश भट्टले निर्देशन गर्नुभएको उक्त गीतको श्रव्यदृश्यलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । -रासस
पूरा पढ्नुहोस् ...
‘झरीपछिको इन्द्रेणी’ को छायाङ्कन शुभारम्भ

‘झरीपछिको इन्द्रेणी’ को छायाङ्कन शुभारम्भ

काठमाडौँ, १५ साउन ः टेलिभिजन कार्यक्रम ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्देशन गर्नुभएका अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ नामक चलचित्र बन्नेभएको छ । आज खीर खाने दिनको अवसर पारेर ललितपुरको धन्तेरी बाराही मन्दिरमा उक्त चलचित्रको छायाङ्कन सुरु गरिएको छ । चलचित्रका निर्देशक एवं हास्यकलाकार घिमिरेले आम मानिसको भोगाइलाई चलचित्रमा देखाइने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा घरपरिवारमा भइरहने घटनाक्रमलाई समेटेर चलचित्र तयार गर्दैछौँ । आफ्ना अग्रज एवं समकक्षीसँग मिलेर पहिलो चलचित्र बनाउँदै छु, हामीले देखिरहेका र सुनिरहेका तर नसोचिएको विषयलाई समेटेर चलचित्र निर्माण हुनेछ ।” ‘झरीपछिको इन्द्रेणी’ चलचित्रमा रमेश उप्रेती, दीपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारले अभिनय गर्नुहुनेछ । काठमाडौँ, ललितपुर र भक्तपुरमा छायाङ्कन हुने चलचित्रमा कुमार व्यञ्जनकार (कुमार बेन) ले कथा लेखन, अर्जुन घिमिरे र विशाल घिमिरेले पटकथा लेखन तथा बुद्ध थापाले छायाङ्कन गर्नुहुने छ । -रासस
पूरा पढ्नुहोस् ...
तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

पोखरा, १४ साउन : रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेर महिला हामी एक भई उठौँ जागेर ... गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्नुहुन्छ उहाँ । उहाँका तीज गीतमा पनि महिलाका दुःख, पीडा, बेदना, सङ्घर्षका कथाका साथै हक र अधिकारका विषय उठान गरिएको पाइन्छ । नारीहरुको महान् पर्व तीज नजिकिँदै गर्दा उहाँले जस्तै बजारमा तीजका गीत ल्याउने क्रम सुरु भइसकेको छ । केही गीतमा मौलिकता झल्किन्छ भने केही गीत आधुनिक शैलीका छन् । पछिल्लो समय तीजका गीतमा आधुनिकता हावी हुँदा यसको मौलिकता हराउने पो हो कि भन्नेमा गायिका कोइराला चिन्ता व्यक्त गर्नुहुन्छ । त्यसै सिलसिलामा उहाँले यस पटक पनि ‘उठाँै जागेर’ बोलको तीज गीत ल्याउनुभएको छ । कोइरालाको आफ्नै स्वर, शब्द र लयमा सजिएको यस गीत तीजको मर्म र महिलामाथि भइरहेको प्रहारविरुद्धलाई उठान गरिएको छ । गीतमार्फत महिलालाई अधिकार र सम्मानका लागि एकजुट हुन आह्वान गरिएको छ । तीज गीतमा बढ्दो विकृतिप्रति चिन्तित कोइरालाले हरेक वर्ष मौलिक भाकाका गीतहरू सिर्जना गर्दै आफ्नो कर्मलाई निरन्तरता दिँदै आउनुुभएको छ । यो वर्षको ‘उठाँै जागेर’ उहाँको पहिलो प्रस्तुति हो । बाँकी तीन गीतको रेकर्डिङ सकिएको र…
पूरा पढ्नुहोस् ...
पुरानो रीतिरिवाज र संस्कृति जोगाउन भोजपुरका युवा सक्रिय

पुरानो रीतिरिवाज र संस्कृति जोगाउन भोजपुरका युवा सक्रिय

टक्सार (भोजपुर), ११ साउनः स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखेनाचसहित मौलिक परम्परालाई निरन्तरता दिइने भएको छ । रीतिरिवाज, वेषभूषा र संस्कृति जोगाउन यहाँको युवाको सक्रियता बढ्दै गएको हो । नेवार समुदायको मात्र लाखेनाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा परम्परागत संस्कार जोगाउने अभियान सुरु गरिएको स्थानीय युवा नवीन बुढाथोकीले बताउनुभयो । नागपञ्चमीका दिनदेखि सुरु हुने लाखेनाचलाई जिल्लामा व्यवस्थित बनाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि नेवारी समुदायको बसोबास रहेको क्षेत्रमा यो नाच निकाल्ने गरिएकामा पछिल्लो समय परम्परा जोगाउने उद्देश्यले सामूहिक सहभागितामा जोड दिँदै यसको विस्तार गर्न थालिएको बुढाथोकीले बताउनुभयो प्रत्येक वर्ष निकालिने लाखेनाचको तयारीमा आफूहरू जुटेको बताउँदै युवा विकल श्रेष्ठले भन्नुभयो, “विगतको परम्परागत संस्कृतिलाई निरन्तरता दिने काम युवाले गर्नुपर्छ, यसले पुस्तान्तरण हुनुका साथै परम्पराको संरक्षण र प्रवर्द्धनमासमेत टेवा दिन्छ ।” उहाँका अनुसार केही ठाउँमा गठे मङ्लदेखि लाखेनाच सुरु हुने भए पनि भोजपुरमा नागपञ्चमीदेखि नचाउने प्रचलन छ । स्थानीय युवाको पहलमा परम्परादेखि चल्दै आएका संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न थालिएको स्थानीय अगुवा किशोर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार परम्परा र संस्कृति जर्गेनामा भूमिका निर्वाह गर्नुभएका अगुवालाई यसवर्ष सम्मानको समेत कार्यक्रम राखिएको छ । जिल्लाका स्थानीय मठमन्दिरमा नागपञ्चमीका दिन पूजाअर्चना गरिएसँगै लाखेनाच सुभारम्भ हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लाखेनाचमा विभिन्न…
पूरा पढ्नुहोस् ...
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

गलकोट (बागलुङ), ११ साउनः नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकोमा आर्थिक वर्ष २०८१÷८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार ६९२ पुगेको छ । जसमध्ये सार्क नागरिक १२ जना र विदेशी नागरिक २१३ जना मात्रै रहेका छन् भने अन्य पर्यटक आन्तरिक नै हुन् । ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ । उहाँका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै राजस्वमासमेत वृद्धि भएको छ । ढोरपाटन पुग्ने नेपाली पर्यटकले रु एक सय प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ । गत आवमा मात्रै २० लाख भन्दाबढी राजस्व पर्यटकको प्रवेश शुल्कबाट सङ्कलन भएको छ । “प्रचारप्रसार, पर्यटकीय पूर्वाधार थपिनु, बुकी र जलजलाको चर्चासँगै पदयात्रा गर्न आउनु र होटल तथा घरबासको व्यवस्थापनका कारण पर्यटकमा वृद्धि भएका छन्”, सुवेदीले भन्नुभयो । ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक…
पूरा पढ्नुहोस् ...
चर्चित गायक अनिश लिम्बु र सुनिता थेगिम लिम्बुको स्वर तथा मनिपाल राईको शब्द तथा संगीतमा “आकाशै राम्रो जुनले” सार्वजनिक

चर्चित गायक अनिश लिम्बु र सुनिता थेगिम लिम्बुको स्वर तथा मनिपाल राईको शब्द तथा संगीतमा “आकाशै राम्रो जुनले” सार्वजनिक

काठमाण्डौं, ३१ असार २०८२ - नेपाली सांगीतिक क्षेत्रलाई थप रङ्गीन बनाउने प्रयासस्वरूप नयाँ गीत “आकाशै राम्रो जुनले“ सार्वजनिक भएको छ। समसामयिक भाव र परम्परागत लयलाई समेटेर बनाइएको यस गीतले श्रोता तथा दर्शकमाझ गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ । चर्चित गायक अनिश लिम्बु र गायिका सुनिता थेगिम लिम्बुले गीतमा स्वर भरेका छन्। दुवैको भावपूर्ण आवाजले गीतको भावलाई अझ सशक्त बनाएको छ। मनिपाल राईको शब्द तथा संगीत संयोजनले गीतलाई जीवन्तता प्रदान गरेको छ भने राजु कार्कीको मिक्सिङ र मास्टेरिङले प्राविधिक उत्कृष्टता सुनिश्चित गरेको छ। गीतको रेकर्डिङ राजा स्टुडियोमा गरिएको हो, जहाँ सुरेश राई र मनोज सामसुन राईले रेकर्डिस्टको भूमिका निभाएका छन् । गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक छ । भिडियोमा पूर्ण लिम्बू, सुहाङ्मा आङ्बुहाङ लिम्बु, सुरेश सापकोटा, अनिश नुमिहाङ राई, गंगा राई, कल्पना हाङ्खिम राई र सुनिता पन्त जस्ता कलाकारहरूको जीवन्त अभिनय देख्न पाइन्छ । भिडियो निर्देशन बिजय मगरले गरेका हुन् भने क्यामेरा, सम्पादन र पोस्टर आर्टको जिम्मेवारी अर्जुन खड्काले सम्हालेका छन्। प्रकाश संयोजन अनिल पराजुलीको रहेको छ, र मेकअप आर्टिस्टको रूपमा रबिना लिम्बुको योगदान रहेको छ ।उत्कृष्ठ लोक लय , दृश्य सौन्दर्य र सांस्कृतिक गन्धले भरिएको “आकाशै राम्रो जुनले“ नेपाली सांगीतिक बजारमा नयाँ तरङ्ग ल्याउने विश्वास लिइएको छ। गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://www.youtube.com/watch?v=vIvNsCbBTu4&list=RDvIvNsCbBTu4&start_radio=1
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.