KhojSansar

मनोरञ्जन

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

गलकोट (बागलुङ), ११ साउनः नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकोमा आर्थिक वर्ष २०८१÷८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार ६९२ पुगेको छ । जसमध्ये सार्क नागरिक १२ जना र विदेशी नागरिक २१३ जना मात्रै रहेका छन् भने अन्य पर्यटक आन्तरिक नै हुन् । ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ । उहाँका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै राजस्वमासमेत वृद्धि भएको छ । ढोरपाटन पुग्ने नेपाली पर्यटकले रु एक सय प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ । गत आवमा मात्रै २० लाख भन्दाबढी राजस्व पर्यटकको प्रवेश शुल्कबाट सङ्कलन भएको छ । “प्रचारप्रसार, पर्यटकीय पूर्वाधार थपिनु, बुकी र जलजलाको चर्चासँगै पदयात्रा गर्न आउनु र होटल तथा घरबासको व्यवस्थापनका कारण पर्यटकमा वृद्धि भएका छन्”, सुवेदीले भन्नुभयो । ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक…
पूरा पढ्नुहोस् ...
चर्चित गायक अनिश लिम्बु र सुनिता थेगिम लिम्बुको स्वर तथा मनिपाल राईको शब्द तथा संगीतमा “आकाशै राम्रो जुनले” सार्वजनिक

चर्चित गायक अनिश लिम्बु र सुनिता थेगिम लिम्बुको स्वर तथा मनिपाल राईको शब्द तथा संगीतमा “आकाशै राम्रो जुनले” सार्वजनिक

काठमाण्डौं, ३१ असार २०८२ - नेपाली सांगीतिक क्षेत्रलाई थप रङ्गीन बनाउने प्रयासस्वरूप नयाँ गीत “आकाशै राम्रो जुनले“ सार्वजनिक भएको छ। समसामयिक भाव र परम्परागत लयलाई समेटेर बनाइएको यस गीतले श्रोता तथा दर्शकमाझ गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ । चर्चित गायक अनिश लिम्बु र गायिका सुनिता थेगिम लिम्बुले गीतमा स्वर भरेका छन्। दुवैको भावपूर्ण आवाजले गीतको भावलाई अझ सशक्त बनाएको छ। मनिपाल राईको शब्द तथा संगीत संयोजनले गीतलाई जीवन्तता प्रदान गरेको छ भने राजु कार्कीको मिक्सिङ र मास्टेरिङले प्राविधिक उत्कृष्टता सुनिश्चित गरेको छ। गीतको रेकर्डिङ राजा स्टुडियोमा गरिएको हो, जहाँ सुरेश राई र मनोज सामसुन राईले रेकर्डिस्टको भूमिका निभाएका छन् । गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक छ । भिडियोमा पूर्ण लिम्बू, सुहाङ्मा आङ्बुहाङ लिम्बु, सुरेश सापकोटा, अनिश नुमिहाङ राई, गंगा राई, कल्पना हाङ्खिम राई र सुनिता पन्त जस्ता कलाकारहरूको जीवन्त अभिनय देख्न पाइन्छ । भिडियो निर्देशन बिजय मगरले गरेका हुन् भने क्यामेरा, सम्पादन र पोस्टर आर्टको जिम्मेवारी अर्जुन खड्काले सम्हालेका छन्। प्रकाश संयोजन अनिल पराजुलीको रहेको छ, र मेकअप आर्टिस्टको रूपमा रबिना लिम्बुको योगदान रहेको छ ।उत्कृष्ठ लोक लय , दृश्य सौन्दर्य र सांस्कृतिक गन्धले भरिएको “आकाशै राम्रो जुनले“ नेपाली सांगीतिक बजारमा नयाँ तरङ्ग ल्याउने विश्वास लिइएको छ। गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://www.youtube.com/watch?v=vIvNsCbBTu4&list=RDvIvNsCbBTu4&start_radio=1
पूरा पढ्नुहोस् ...
प्रोसेस पाण्डेको जितमा खेम सेन्चुरी : यो जित कसको, लोकसंगीतको

प्रोसेस पाण्डेको जितमा खेम सेन्चुरी : यो जित कसको, लोकसंगीतको

काठमाडौं । पहिलोपटक ‘भ्वाइस अफ नेपाल’को कोचको जिम्मेवारी सम्हालेका खेम सेन्चुरीको पछिल्लो दुई महिना उतारचढावपूर्ण रह्यो । खुट्टाले बजर थिचेपछि उत्पन्न विवाद र समर्थनको किस्सा होस् या आफ्नो समूहका प्रतियोगी प्रोसेस पाण्डे विजेता घोषित हुँदासम्मको यात्रा होस् । भ्वाइसको स्टेजबाहिर खेम र शान्तिश्री परियारबीचको असन्तुष्टिपूर्ण सम्बन्धबारे धेरै गसिप लेखिए । यसरी हेर्दा, लोकसंगीत क्षेत्रका यी चर्चित संगीतकारको पछिल्ला दुई महिनाको यात्रा कुनै फिल्मको पटकथाभन्दा कम छैन । पहिलोपटक भ्वाइसको कोचको रुपमा उनको यात्राको सुखद अन्त्य भयो । उनको टीमका पाण्डेले शुक्रबार छैटौं सिजनको उपाधि उचालेसँगै खेमको कोचिङको पनि प्रशंसा भएको छ । आफ्नो टीमका प्रतियोगीको जितमा कोच खेमले शनिबार सामाजिक संजालबाट प्रतिक्रिया दिएका छन् । उनले प्रोसेस पाण्डेको जितलाई अठोटको जितको रुपमा ब्याख्या गरेका छन् । फरक क्षमता भएकाहरू पनि संगीतको सगरमाथा उक्लन सक्छन् भन्ने प्रमाण प्रोसेसको जित रहेको खेमको भनाई छ । उनी भन्छन्- ‘द भ्वाइसमा आबद्ध हुने गरि मैले हस्ताक्षर गर्दै गर्दा सोचेको थिएा, यी औंलाहरूलाई विश्वास गरेर समाउनेलाई म गन्तव्यमा पुर्‍याउने नै छु । म झैं बारम्बार लड्दै, पछारिँदै, घाउचोट सहँदै, उठ्दै हिँड्नु पर्नेछैन । हो, त्यो अठोटको आज विजय भएको छ ।’ उनी थप भन्छन्- हाम्रो टिम खेमबाट बावु प्रोसेस पाण्डेले ‘भ्वाइस अफ नेपाल–सिजन ६’ को उपाधि उचालेका छन् । यो उपाधि मात्रै होईन, भरोसाको जीत हो…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.