५ महिना अगाडि
५ महिना अगाडि
काठमाडौं । पहिलोपटक ‘भ्वाइस अफ नेपाल’को कोचको जिम्मेवारी सम्हालेका खेम सेन्चुरीको पछिल्लो दुई महिना उतारचढावपूर्ण रह्यो । खुट्टाले बजर थिचेपछि उत्पन्न विवाद र समर्थनको किस्सा होस् या आफ्नो समूहका प्रतियोगी प्रोसेस पाण्डे विजेता घोषित हुँदासम्मको यात्रा होस् । भ्वाइसको स्टेजबाहिर खेम र शान्तिश्री परियारबीचको असन्तुष्टिपूर्ण सम्बन्धबारे धेरै गसिप लेखिए । यसरी हेर्दा, लोकसंगीत क्षेत्रका यी चर्चित संगीतकारको पछिल्ला दुई महिनाको यात्रा कुनै फिल्मको पटकथाभन्दा कम छैन । पहिलोपटक भ्वाइसको कोचको रुपमा उनको यात्राको सुखद अन्त्य भयो । उनको टीमका पाण्डेले शुक्रबार छैटौं सिजनको उपाधि उचालेसँगै खेमको कोचिङको पनि प्रशंसा भएको छ । आफ्नो टीमका प्रतियोगीको जितमा कोच खेमले शनिबार सामाजिक संजालबाट प्रतिक्रिया दिएका छन् । उनले प्रोसेस पाण्डेको जितलाई अठोटको जितको रुपमा ब्याख्या गरेका छन् । फरक क्षमता भएकाहरू पनि संगीतको सगरमाथा उक्लन सक्छन् भन्ने प्रमाण प्रोसेसको जित रहेको खेमको भनाई छ । उनी भन्छन्- ‘द भ्वाइसमा आबद्ध हुने गरि मैले हस्ताक्षर गर्दै गर्दा सोचेको थिएा, यी औंलाहरूलाई विश्वास गरेर समाउनेलाई म गन्तव्यमा पुर्याउने नै छु । म झैं बारम्बार लड्दै, पछारिँदै, घाउचोट सहँदै, उठ्दै हिँड्नु पर्नेछैन । हो, त्यो अठोटको आज विजय भएको छ ।’ उनी थप भन्छन्- हाम्रो टिम खेमबाट बावु प्रोसेस पाण्डेले ‘भ्वाइस अफ नेपाल–सिजन ६’ को उपाधि उचालेका छन् । यो उपाधि मात्रै होईन, भरोसाको जीत हो…