KhojSansar

साहित्य

सीमा आभासको उपन्यास ‘महायुग’ सार्वजनिक

सीमा आभासको उपन्यास ‘महायुग’ सार्वजनिक

काठमाडौँ, ३ असोज : साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ आज सार्वजनिक गरिएको छ । सो उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँढीसम्मका चार पुस्तामा चित्राङ्कन गरिएको जनाइएको छ । पुस्तकबारे लेखिका आभासले भन्नुभयो, “हाम्रो समाजले आफू अनुकूलको बन्धनभित्र स्त्रीलाई राख्ने गरेको छ तर स्त्रीभित्र जुन दबिएको स्त्री–शक्ति छ, त्यसलाई जागृत गराई बाँच्न चाहेको परिकल्पनामा मैले उपन्यास लेखेकी हुँ । स्त्रीको चेतनाअनुरुप नै यस उपन्यासमा एक महायुगको निर्माण गरेकी छु ।” बुकहिल सो पुस्तक प्रकाशन गरेको हो । “एक जिम्मेवार प्रकाशन संस्था भएकाले अहिलेको जेनजी पुस्ताले समेत नेपाली साहित्य पढून् भन्ने उद्देश्यले यो उपन्यास सार्वजनिक गरिएको हो । पुस्तक अवश्य पनि पाठकप्रिय बन्नेछ”, बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले भन्नुभयो । कथा र कवितामा कलम चलाइरहहनुभएकी विद्रोही चेतलाई आफ्नो लेखनमा मुखरित गर्ने सीमा आभासको यस उपन्यासमा युगीन नारी हुङ्कारलाई प्रस्तुत गरिएको जनाइएको छ । ३६० पृष्ठको पुस्तकको बजार मूल्य ६९९ रहेको छ ।
पूरा पढ्नुहोस् ...
स्याङ्जामा ‘अन्त्य’ लघुकथा कृति विमर्श तथा वाचन समारोह भव्य रूपमा सम्पन्न

स्याङ्जामा ‘अन्त्य’ लघुकथा कृति विमर्श तथा वाचन समारोह भव्य रूपमा सम्पन्न

स्याङ्जा, २८ असार । लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा कृति ‘अन्त्य’ को विमर्श एवम् लघुकथा वाचन समारोह-२०८२ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैठौं वार्षिकोत्सवको सन्दर्भसँगै आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको सन्दर्भमा वैकल्पिक बाटो, पृथक पाइला सिर्जनात्मक अभियान - २०७६ स्याङ्जाको ३४ औँ पाइलाको रुपमा स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक आयोजना गरिएको लघुकथा कृति विमर्श एवम् एकल लघुकथा वाचन समारोह शनिबार दिउँसो वालिङ–६, मिर्मीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा ‘अन्त्य’ लघुकथा कृतिसँगै लघुकथा विधाको भविष्य र स्याङ्जाको साहित्यमा नारी स्रष्टाहरुको लेखनमाथि केन्द्रित रहेर वक्तात्रय अनन्त अर्याल, शम्भु अर्याल, इन्दु श्रेष्ठ, लघुकथाकार लक्ष्मी रेमी खनालसँग मिलन समीरको संयोजनमा विमर्श गरिएको थियो । विमर्शको निष्कर्षमा वक्ताहरूले नवोदित नारी स्रष्टाको लघुकथा लेखन सशक्त भएको र आगामी दिनमा अझै सशक्त भएर आउने बलियो सम्भावना रहेको एवं लघुकथाको भविष्य राम्रो रहेको बताउनु भयो । कार्यक्रम कृतिमाथि नै केन्द्रीकृत भएर प्यानल डिस्कसन अर्थात् समुहगत छलफलको मोडलमा गरिएको थियोे ।  पुतलीबजार–१३ स्याङ्जामा जन्मिएकी युवा लघुकथाकार लक्ष्मी रेमी खनाल हाल वालिङमा रहेर सिर्जना कर्ममा क्रियाशील छिन् । स्नातकसम्मको औपचारिक अध्ययन पूरा गरेकी लक्ष्मीको `अन्त्य´ लघुकथा कृति पहिलो साहित्यिक कृति हो । उनी विभिन्न समयमा भएका लघुकथा विधा केन्द्रित प्रतियोगिताहरुमा पुरस्कृत भइसकेकी छिन् । अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.