KhojSansar

समाचार

प्रधानसेनापति ट्रफी–२०८२ मा उपत्यका पृतना र गोरख गण विजयी

प्रधानसेनापति ट्रफी–२०८२ मा उपत्यका पृतना र गोरख गण विजयी

काठमाडौँ, १० असोजः यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा पृतनातर्फ उपत्यका पृतना र गणतर्फ पुरानो गोरख गण प्रथम भएका छन् । प्रतियोगितामा १६ नम्बर बाहिनी अड्डा र जगदल गण द्वितीय घोषित भए । सेनाका १४ वटा टिम सहभागी उक्त प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश थियो । विजयी टिम र खेलाडीलाई प्रधानसेनापति अशोकराज सिग्देलसहित पूर्वप्रधानसेनापति, राष्ट्रिय खेलकुल परिषद्का सदस्य सचिव, बलाध्यक्ष रथी, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशकले ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । त्यसअवसरमा प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरुलाई पनि पुरस्कृत गरियो । प्रतियोगिता समापनका अवसरमा आज आयोजित फुटबल प्रतियोगितामा कालीबहादुर गणले देवीदल गणलाई ३–२ गोलले पराजित ग-यो । प्रतियोगिताअन्तर्गत बास्केट बल हेटौँडा, बक्सिङ पोखरामा भएको थियो भने बाँकी खेल काठमाडाँैमा भएका थिए । प्रतियोगिता समापनका अवसरमा नेपाली सेनाका बलाध्यक्षरथी प्रदीपजङ्ग केसीले सैनिक जीवनमा महत्त्वपूर्ण अङ्गका रुपमा रहेको खेलकुदले शारीरिक र मानसिक पक्षको विकास गरी स्वास्थ्य, अनुशासित, साहसिक र सक्षम नागरिक उत्पादन गर्न प्रेरणा प्रदान गर्ने बताउनुभयो ।
पूरा पढ्नुहोस् ...
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक

नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक

काठमाडौँ, १० असोजः नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकाङ्क्षासहित औपचारिक यात्रा सुरु गरेको हो । व्यवसाय, व्यक्तित्व र सरकारी निकायलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ । नेपाली आइटी विज्ञ युवाले आफ्नै लगानी र ज्ञानको उपयोग गर्दै सिर्जना गरेको यस प्लेटफर्ममा एआई सञ्चालित बुद्धिमत्तासँग, ग्लोबल डायरी विश्वसनीय जडान, सस्तो डिजिटल उपस्थिति र दिगो वृद्धि सुनिश्चित गरिएको ग्लोबल डायरीका प्रमुख कार्यकारी अधिकृत भगवानदास अग्रहरि बताउनुहुन्छ । उहाँका अनुसार ग्लोबल डायरी नेपालको माटोमै बनाइएको भए तापनि यसको उद्देश्य, कार्यशैली र पहुँच भने अन्तरराष्ट्रिय मापदण्डअनुसार तयार गरिएको छ । यस प्लेटफर्मले व्यक्तिगत प्रयोगकर्ता, व्यावसायिक संस्था तथा सरकारी निकायलाई एउटै डिजिटल संरचनामा जोडेर सम्पर्क, व्यापार, सेवा तथा अवसरलाई सजिलै पहुँचयोग्य बनाउने उद्देश्य बोकेको छ । नेपालको टुक्रिएको डिजिटल संरचनालाई सम्बोधन गर्दै एउटै एआई–सञ्चालित बहुपक्षीय प्लेटफर्ममार्फत सबै पक्षलाई सशक्त बनाउने लक्ष्यसहित ग्लोबल डायरीको निर्माण गरिएको उहाँको भनाइ छ । नेपालको टुक्रिएको डिजिटल प्रणालीलाई समाधान गर्नु र व्यक्तिहरू, व्यवसायहरू तथा सरकारी निकायलाई एउटै कृत्रिम बुद्धिमत्ता (एआई) चालित डिजिटल…
पूरा पढ्नुहोस् ...
मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

मुस्ताङ, १० असोजः यसवर्ष मुस्ताङबाट करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको हो । केन्द्रका पशु चिकित्सक डा लालमणि अर्यालका अनुसार यहाँबाट निकासी भएका भेडाच्याङ्ग्रा र रमा(च्यालु)को औसत अनुमान गर्दा रु ३५ करोड बढीको च्याङ्ग्रा निकासी भएको हो । यसवर्ष निकासी भएका भेडाच्याङ्ग्रामध्ये सात हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा भेडाच्याङ्ग्रा डोल्पा, मुगु र जुम्लाका रहेका उहाँले बताउनुभयो । यसमा मुस्ताङको हिस्सा अनुमानित रु २० करोड रहेको छ । जिल्ला बाहिरका व्यापारीले किसानको खोरमै रोजेर लिने च्याङ्ग्राको मूल्य रु ३५ हजार, भेडाको रु २८ हजार र रमा (च्लालु) च्याङ्ग्राको मूल्य रु १२ हजार रहेको जनाइएको छ । यहाँबाट जिल्ला बाहिर निकासी गरिएका भेडाच्याङ्ग्रा अझै बढी हुनसक्ने स्थानीय जानकारहरूको भनाइ छ । विज्ञ केन्द्रले पशु निरोगिताको परीक्षण गर्दा च्याङ्ग्रा धनीले एकीन सङ्ख्या नबताउने भएकाले यो सङ्ख्या बढी हुनसक्ने उनीहरूको तर्क छ । -रासस
पूरा पढ्नुहोस् ...
‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

ढोरपाटन (बागलुङ), १० असोजः निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पुर्‍याउँदै आउनुभएको छ । पछिल्लो पाँच वर्षयता भने आयाति रङले घर पोत्ने चलन बढेपछि विकलाई दसैँ खर्च जोहो गर्न समस्या भएको छ । दसैँ आउनुभन्दा एक साताअगाडि नै घरका भित्ता, झ्याल र ढोका रङ्ग्याउने प्रचलन अझै छ, तर पहिलेजस्तो स्थानीयस्तरमा पाइने माटोले पोत्ने चलन भने हराउँदै भएको हो । “एक दशकअघिसम्म दसैँका बेला करिब १०० घरमा माटो पुर्‍याउने गरेको थिए, हाल १५ घरमा पनि माटोको माग हुँदैन । हिजोआज घरमा सिमेन्ट लगाएपछि माटो र कमेरो प्रयोगमा आउन छोडेको छ”, विकले भन्नुभयो,“जमाना फेरिए, गाउँका घरमा पनि धेरैले सिमेन्ट लगाउन थाले । पहिले कमेरो लगाउने भित्तामा हाल इनामेल र अरु रङ लगाउन थालिएको छ । पहिले एकैदिनमा रु सात सयसम्म पनि कमाई हुन्थ्यो, हाल पाँच दिनमा पनि सात सय हुँदैन ।” स्थानीय कलीकुमारी सुनारले पहिले रातोमाटो र कमेरोमाटो निकाल्ने ठाउँ हाल झाडीले ढाकिएको सुनाउनुभयो । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले माटोले पोत्न छोडेको उहाँको भनाइ छ । “माटो बेचेर दसैँका बेला रु १० देखि २० हजार कमाउने गरेकी थिए । पछिल्लो समय काम…
पूरा पढ्नुहोस् ...
सरकारको पुनर्निर्माण कोषमा सहयोग

सरकारको पुनर्निर्माण कोषमा सहयोग

गलकोट (बागलुङ), १० असोज : जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सघाउन बागलुङका एक फर्निचर व्यवसायीले रु एक लाख एक हजार १११ प्रदान गर्नुभएको छ । बागलुङको सृष्टि फर्निचार उद्योगका सञ्चालक ऋषिराम गौतमले आफ्नो व्यवसायको १५औँ वार्षिकोत्सवका अवसरमा सरकारलाई जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम कोषमा सहयोग गर्नुभएको हो । क्षतिग्रस्त सिंहदरबारसहित अन्य संरचना पुनर्निर्माणमा राज्यलाई सघाउन सामाजिक उत्तरदायित्वअन्तर्गत गौतमले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । “देश दुःखमा छ, धेरै भौतिक क्षति पुगेको छ, सबैलो सा–सानो सहयोग गरेर पुनर्निर्माण गर्नसके आर्थिक वृद्धि छिटो हुन्छ, हामीजस्ता व्यवसायलाई सघाउ पुग्दछ”, गौतमले भन्नुभयो, “४२ जना युवालाई स्वदेशमै रोजगारी प्रदान गरेको उद्योगले निरन्तरता पाउन राज्यकै सहयोग चाहिन्छ ।” गौतमले १५औँ वार्षिकोत्सवका अवसरमा रु पाँच करोड लगानीमा फर्निचर उद्योगको नयाँ शोरुम स्थापना गर्नुभएको छ । गौतमले फर्निचार र हार्डवेयरलगायत व्यवसाय गर्दै आउनुभएको छ । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले पुनर्निर्माण कोषको खातामा उक्त रकम जम्मा गर्ने बताउनुभएको छ । सरकारले क्षतिग्रस्त संरचना निर्माणका लागि ‘भौतिक संरचना पुननिर्माण कोष’ स्थापना गरेको छ । -रासस
पूरा पढ्नुहोस् ...
अझै कायम छ ‘बालीघरे प्रथा’ !

अझै कायम छ ‘बालीघरे प्रथा’ !

a, १० असोजः ग्रामीण क्षेत्रका गाउँघरमा अहिले पनि ‘बालीघरे प्रथा’ (चलन) कायम छ । यहाँका ४० प्रतिशत हारहारीमा दलित सामुदायका मानिस अहिले पनि बालीघरे प्रथामा काम गर्दै आएको नगर दलित सञ्जालले जनाएको छ । ग्रामीण क्षेत्रमा सीपमूलक काम गरेबापत दलित समुदायले ज्यालाका रूपमा नगदको विकल्पमा बाली (अन्न) लिने चलनलाई बालीघरे भन्ने बुझिन्छ । यहाँका दलितका लागि योबाहेक अर्को विकल्प नभएकाले पनि यसलाई निरन्तरता दिनु उनीहरूको बाध्यता हो । बालीघरे प्रथामा वर्षभर काम गरेको ज्यालाका रूपमा अन्न लिने चलन हुन्छ । यसअन्तर्गत गाउँघरमा हुने फलाम कुट्ने, फलामका सामग्री अर्जप्ने (धारे लगाउने), कपडा सिलाउने कामको जिम्मेवारी हुने गर्दछ । यो पेसामा लाग्नेलाई जीवन निर्वाह गर्न समस्या छ । कपडा सिलाउने काम गरेबापत वर्ष दिनको प्रतिघर १० पाथीदेखि एक मुरी (२० पाथी) अन्न, चाडपर्वमा भाग भनेर मासु, चामल नुन, सेलरोटी दिने चलन अहिले पनि गाउँघरमा कायम नै छ । देशमा धेरै सामाजिक तथा राजनीतिक परिवर्तन भए पनि गाउँघरमा अहिले पनि बालीघरे चलन रहिआएको नगरस्तरीय दलित सञ्जालका अध्यक्ष दुर्गा रणपहेलीले जानकारी दिनुभयो । बाउबाजेले गरी आएको काम भएकाले अहिले पनि गाउँघरका केही दलित समुदायले बालीघरेमा काम गर्दै आएको उहाँको भनाइ छ । उहाँका अनुसार, गाउँघरमा अहिले पनि बालीघरे प्रथा कायम नै छ । सामाजिक सचेतनाका काम भइरहेका छन् । तर यहाँ अझै पनि धेरै…
पूरा पढ्नुहोस् ...
देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १० असोजः हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ । साथै देशका अधिकांश भागको मौसम सफा रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत देशको पहाडी भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
पूरा पढ्नुहोस् ...
देशभर स्थानीय वायुको आंशिक प्रभाव रहने

देशभर स्थानीय वायुको आंशिक प्रभाव रहने

काठमाडौँ, ९ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका केही, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा तथा बाँकी एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
पूरा पढ्नुहोस् ...
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते

गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते

गुल्मी, ९ असोजः गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने-५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली विक घाइते हुनुभएको छ । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको जनाउँदै सारूले यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको बताउनुभयो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त वलीको नेतृत्वमा टोली आज बिहानै घटनास्थल पुगिसकेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस् ...
पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा

पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा

कास्की, ८ असोज : नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी प्रदेश कार्यालयको परिसरमा पम्प बनाएको हो । सो पम्पबाट आजदेखि पेट्रोल र डिजेल बिक्रीवितरण सुरु गरिएको गरिएको प्रहरी प्रदेश कार्यालयका पोखराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । “प्रहरी कल्याण कोषबाट स्थापित पम्पबाट नियमित रुपमा इन्धन बिक्री वितरण सुरु गरेका छौँ । नेपाल आयल निगमले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेका छौँ, यहाँबाट २४सै घण्टा नै सेवा दिनेछौँ”, उहाँले भन्नुभयो । नेपाल प्रहरीको यो पम्प गण्डकीमा दोस्रो हो । यसअघि नवलपरासीमा प्रहरीले पेट्रोल पम्प चलाएको छ । सूचना अधिकारी सापकोटाका अनुसार रु नौ करोड ९६ लाख ६५ हजार लागतमा पेट्रोल पम्प निर्माण गरिएको हो । पम्प निर्माण कार्य एक वर्षअघि सुरु भएको थियो । पम्प निर्माणको जिम्मा ‘एनसी अल्फा हेक्स तेजस्वी जेभी’ले पाएको थियो । नागरिक समाजको विरोधका कारण केही समय पम्प निर्माण रोकिएको थियो । सरकारी कार्यालय रहेको क्षेत्रमा पम्प निर्माण गर्न नहुने भन्दै नागरिक समाजकातर्फबाट अदालतमा रिट दाएर भएको थियो । पछि अदालतले सो रिट खारेज गरेपछि निर्माण कार्य पुनःसुरु भएको थियो । -रासस
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.