KhojSansar

समाचार

‘मिस वर्ल्डमार्फत पञ्च प्रणालीको भाष्य विश्वले सुनोस् भन्ने चाहन्छु’

‘मिस वर्ल्डमार्फत पञ्च प्रणालीको भाष्य विश्वले सुनोस् भन्ने चाहन्छु’

काठमाडौं । ७ देखि ३१ मेसम्म भारतको तेलांगनास्थित हैदराबादमा हुन लागेको ७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान बुधबार त्यसतर्फ प्रस्थान गरेकी छन् । जलवायु अभियन्ता समेत रहेकी २५ वर्षिय सृच्छा मिस वर्ल्डको फिनालेलाई लिएर उत्साहित छिन् । मिस नेपालको ताज जितेको २ वर्षपछि अन्ततः उनले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिताको मौका पाइन् । भारत प्रस्थान गर्नुअघि अनलाइनखबरको स्टुडियोमा सृच्छा उत्साहित सुनिइन् । शारिरीक र मानसिक तयारीबारे कुरा गरिन् । मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ अ पर्पस’मा उनले ‘पञ्च प्रणाली’को अवधारणा प्रस्तुत गर्दैछिन् । सभ्यताको उत्पतिसँग जोडिएको यो वातावरणीय र आध्यात्मिक अवधारणाको मूल्यलाई उनले ‘पञ्च प्रणाली’को रुपमा ब्याख्या गरेकी छन् । ‘मलाई नेपालको न्यारेटिभ सिफ्ट गर्न मन छ । यसकारण यो अवधारणा अघि सार्दैछु’ भन्छिन्, ‘पञ्च प्रणाली’ भन्ने परियोजना होइन, यो ‘पहलकद्मी’ हो । यसको प्रभाव तत्काल देखिँदैन तर आगामी पुस्तामा देखिनेछ ।’ ‘यसपटक ब्युटी विथ पर्पसमा केही फरक गर्दैछौं हामी । समुदायको विशेषता के छ त भन्ने कुरामा फोकस छौं । कुनै समुदायलाई सिकाउन हैन, समुदायबाट के सिक्न सक्छौं भन्ने भाष्य बनाउन केन्द्रित छु । जोखिम पनि छ । तर, प्रतिस्पर्धाभन्दा पर हामी जानुपर्छ’ उनी भन्छिन् ।अघिल्ला मिस नेपालहरू समुदायमा आधारित शिक्षा, स्वास्थ्य, विकास र पर्यटनको विषयमा प्रोजेक्ट पेश गरेका थिए । सृच्छाले भने अवधारणा प्रस्तुत गर्न लागेकी…
पूरा पढ्नुहोस् ...
वर्षाले नारायणगढ–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

वर्षाले नारायणगढ–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

२१ वैशाख, काठमाडौं । वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । शनिबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक हिलाम्मे भएर चिप्लो भएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । सडकमा गाडि नै चिप्लिने भएकाले यो सडक भएर यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । सडक विस्तारको क्रममा रहेको दाउन्ने खण्डमा पानी पर्दा हिलो र नपर्दा धुलो हुने हुँदा यात्रा कष्टकर हुने गरेको छ । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि वर्षाका कारण सडक बन्द भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । कान्ति लोकपथ सडक अवरुद्ध त्यसैगरी, गएरातिदेखि परेको वर्षाका कारण बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा काठमाडौं–हेटौंडा जाने कान्तिलोकपथ पनि अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोलामा डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.