KhojSansar

लाप्राकमा भद्रा मारेर खुशियाली मनाइयो

Khoj Sansar News

गोरखा, २ भदौः गुरुङहरूको मात्र बसोबास रहेको उत्तरी गोरखाको लाप्राकका बासिन्दाले हरेक वर्षजस्तै यस वर्ष पनि हिउँद लागेकामा भद्रा मारेर खुशियाली मनाएका छन् । धार्चे चार लाप्राकका बासिन्दाले एक ठाउँमा भेला भई काँक्रोलाई भद्राको स्वरुप बनाइ बलि चढाएर उत्सव मनाएका हुन् । यहाँ एक ठाउँमा ७०० घर रहेका छन् ।

लाप्राक घाँटु समिति तथा तमु प्ले ल्हु सङ्घ लाप्राकका अध्यक्ष बिसबहादुर गुरुङले यहाँ भदौ लागेपछि बर्खा सकिएर हिउँद लाग्यो भनेर खुशियाली मनाउने पुरानो चलन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काँक्रोमा सिङ, पुच्छर, खुट्टा जोडेर राक्षसको स्वरुप बनाउँछौँ । अनि त्यसलाई खुकुरीले मार हानेर बलि चढाउँछौँ । त्यसैलाई भद्राको प्रसाद भनेर गाउँले बाँडेर खान्छौँ ।”

सोही अवसरमा लाप्राक गाउँका संस्थापक खम्बो र पैसापको पूजाआजा गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । खम्बो र पैसापले आठसय वर्षअघि लाप्राक गाउँ स्थापना गरेको जनश्रुती छ । बर्खा यामभरि जेजस्ता दुःख र सास्ती खेप्नु परे पनि हिउँदयाम सुखद होस् भनेर पर्व मनाउने चलन रहेको जानकारहरू बताउँछन् । -रासस

सम्बन्धित समाचारः

  • मनमोहक तनहुँको दुबुङ गाउँ   

  • अमाह सिमसार पर्यटकीय गन्तव्य

  • प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

  • बालाचतुर्दशीः डोलेश्वर, ज्योतिर्लिङ्गेश्वर, गोकुलधाम र पुर्तिघाट घुमाउनेमा छरियो शतबीज

  • रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.