KhojSansar

बालाचतुर्दशीः डोलेश्वर, ज्योतिर्लिङ्गेश्वर, गोकुलधाम र पुर्तिघाट घुमाउनेमा छरियो शतबीज

Khoj Sansar News खोज संसार न्युज

भक्तपुर, ३ मङ्सिरः डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर, गोकुलधाम र गुल्मी कालिगण्डकी गाउँपालिका स्थित पुर्तिघाट घुमाउनेमा शतबीज छर्नेको भीड लागेको छ ।    
    
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर जाग्राम बसी आज बालाचतुर्दशीका दिन शतबीज छर्नेको भीड लागेको हो । चाँगुनारायण र सूर्यविनायकका विभिन्न शिवालयमा पनि शतबीज छर्नेको भीड लागेको छ ।    
    
केही वर्ष अगाडिसम्म शतबीज छर्न पाशुपत क्षेत्र जाने गरेका यहाँका स्थानीय डोलेश्वर मन्दिरमा चौघेरा सत्तल र १०८ शिवलिङ्गको निर्माण भएसँगै डोलेश्वर महादेवको मूल दीपबाट बत्ती सल्काएर यहीँ महादीप बालेर शतबीज र्छन थालेका हुन् ।    
    
त्यसैगरी, चाँगुनारायण नगरपालिका–५गोकुलधाम एवं मच्छेनारायण मन्दिर, सूर्यविनायकको सिपाडोलस्थित आशापुरी महादेव गुण्डुको अनन्तलिङ्ेश्वर मन्दिर परिसरमा स्थानीयले शतबीज छरेका छन् ।

सम्बन्धित समाचारः

  • मनमोहक तनहुँको दुबुङ गाउँ   

  • अमाह सिमसार पर्यटकीय गन्तव्य

  • प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

  • रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

  • छहरे झरना

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.