KhojSansar

एसईई २०८१ कालिगण्डकीको नतिजा: उत्कृष्ट विद्यालय शुक्र मावि र उत्कृष्ट विद्यार्थी दिवस राना ३.७८ GPA

SEE 2081 Kaligandaki Rural Municipality Gulmi

गुल्मी, १४ असार २०८२ – गुल्मीको कालिगण्डकी गाउँपालिकाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा कुल २०२ जना विद्यार्थी सहभागी भएका थिए, जसमा १७९ जना साधारण धार र २३ जना प्राविधिक धारका थिए । नियमिततर्फ ७० जना विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् भने ग्रेड वृद्धि परीक्षामा ९३ जनामध्ये ४५ जना सफल भएका छन् । गाउँपालिकाको विभिन्न ९ वटा माध्यमिक विद्यालयहरूबाट सहभागी विद्यार्थीहरूमध्ये धेरैजसो विद्यालयले गत वर्षको तुलनामा नतिजामा राम्रो सुधार देखाएका छन् ।

नियमिततर्फ एसईई २०८१: विद्यालयगत ग्रेडेड (उत्तीर्ण) प्रतिशत र उत्कृष्ट विद्यार्थी विवरणः

क्र.स.विद्यालयसहभागीउत्तीर्ण (ग्रेडेड)उत्तीर्ण %उत्कृष्ट विद्यार्थीजीपीए (GPA)
श्री शुक्र मावि, लुङ७७.७८%कुशुम सलामी मगर३.१२
श्री हर्मिचौर मावि, हर्मिचौर१५१०६६.६७%भगवान पाण्डे३.६२
श्री भगवति मावि, अर्बेनी६६.६७%स्मृति न्यौपाने३.३५
श्री दुर्गाभवन मावि, छापचौर४५२९६४.४४%समिक्षा पुरी / इच्छा पौडेल३.५४ / ३.५०
श्री दभौखानी मावि, विसौना१६५६.२५%खुस्बु राना३.५५
श्री देउराली मावि, हर्मिचौर देउराली५५.५६%दिवस राना३.७८
श्री देउराली मावि, खड्गकोट१७४१.१८%विवेक ढकाल३.७५
श्री जनकल्याण मावि, फोक्सिङ३०२३.३४%जस्मिन गुरुङ३.७४
श्री जिवनोद्वार मावि, पुर्तिघाट५११५.६९%गोमा श्रीस३.३०
जम्मा२०१८८४३.७८%

कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापाले यस वर्षको एसईई नतिजा गत वर्षको तुलनामा क्रमिक सुधार भएको जानकारी दिए । अध्यक्ष थापाले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको समन्वय साथै मेहनतले यो सम्भव भएको बताउँदै उत्कृष्ट विद्यालय र विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै आगामी दिनमा थप गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहने प्रतिवद्धता समेत व्यक्त गरे ।

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा SEE पूरक/ग्रेड बृद्धि सम्बन्धी समय तालिकाः

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.