KhojSansar

तीजलाई लक्षित गर्दै ‘टिकटकले भाइरल बनायो’ सार्वजनिक

Khoj Sansar News

काठमाडौँ, १६ साउनः गायिका धनकुमारी थापा ‘सरु’ले हिन्दू महिलाहरू पर्व तीजलाई लक्षित गर्दै ‘टिकटकले भाइरल बनायो’ बोलको गीत सार्वजनिक गर्नुभएको छ ।

हाँस्य कलाकार किरण केसी र दिपाश्री निरौला अभिनित उक्त गीतको श्रव्यदृश्य सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ गायक बमबहादुर कार्कीले गीतको अडियो र श्रव्यदृश्य पक्ष दुवै अब्बल रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले समयअनुसारको गीत बनेको छ । पछिल्लो समय आइरहेको गीतका शैली र शब्दहरू समयअनुसार परिवर्तन भए पनि आफ्नो मौलिकता भने कायम राख्नुपर्छ, यो गीतले आफ्नो मौलिकपनसहित दर्शकको माया पाउनेमा विश्वस्त छु ।”

कलाकार केसीले गीतले सबैको मन जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अभिनेत्री निरौलासँग गीतमा काम गर्न पाउँदा खुसी लागेको बताउदै श्रव्यदृश्य छायाङ्कन उत्कृष्ट बनेको बताउनुभयो । “दीपा बहिनीसँग काम गर्दा मलाई सधैँ ऊर्जा प्राप्त हुन्छ । हामीले गीतको भावलाई श्रव्यदृश्यमा प्रस्तुत गर्न सक्दो मेहनत गरेका छौँ । यो रमाइलो माहोललाई व्यक्त गर्ने गीत बनेको छ”, उहाँले भन्नुभयो ।

अभिनेत्री निरौलाले गीतको शब्द, सङ्गीत र स्वरका कारण आफू अभिनय गर्न तयार भएको बताउनुभयो । उक्त गीतमा गायिका थापासँगै मनोजसिंह धामीको स्वर रहेको छ । गीतमा धामीले शब्द र सङ्गीत दिनुभएको छ । प्रकाश भट्टले निर्देशन गर्नुभएको उक्त गीतको श्रव्यदृश्यलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । -रासस

सम्बन्धित समाचारः

  • छहरे झरना

  • अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

  • सगरमाथा आरोहणको कथामा ‘जेरी अन टप’

  • प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

  • ‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.