KhojSansar

हलमा ६ चलचित्र, कमाइमा ‘कबड्डी ५’ को दबदबा

Khoj Sansar News

काठमाडौँ, १ मङ्सिर २०८३ । सिनेमा हलमा अहिले ६ वटा चलचित्र प्रदर्शनमा छन् । प्रदर्शनरत चलचित्रमध्ये ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले बक्स अफिसमा सर्वाधिक कमाइ गर्दै आफ्नो दबदबा कायम राखेको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्याङ्कअनुसार कात्तिक २९ गते राति १२ बजेसम्म यस चलचित्रले १२ करोड ९४ लाख रुपियाँभन्दा बढी आम्दानी गरेको छ ।

बोर्डको तथ्याङ्कअनुसार ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले १२ करोड ९४ लाख १५ हजार ४३७ रुपियाँ कमाएको छ । सार्वजनिक तथ्याङ्कमा समावेश चलचित्रमध्ये यो सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र बनेको छ ।

बक्स अफिस कमाइका आधारमा दोस्रो स्थानमा ‘पेन्सन पट्टा’ रहेको छ । यस चलचित्रले हालसम्म १० करोड ३५ लाख ७८ हजार ४७८ रुपियाँ आम्दानी गरेको छ । पहिलो र दोस्रो स्थानमा रहेका यी दुई चलचित्रको कमाइबिच दुई करोड ५८ लाख रुपियाँभन्दा बढीको अन्तर देखिएको छ ।

त्यस्तै, ‘आ बाट आमा २’ ले पनि बक्स अफिसमा राम्रो व्यापार गरेको छ । चलचित्रले कात्तिक २९ गते राति १२ बजेसम्म ६  करोड ९१ लाख ६७ हजार ३१२ रुपियाँ आम्दानी गरेको चलचित्र विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ । यससँगै यो चलचित्र सूचीको तेस्रो स्थानमा रहेको छ ।

यसैगरी, ‘छ माया छपक्कै २’ ले तीन करोड ४३ लाख १७ हजार ४५ रुपियाँ कमाएको छ । उक्त चलचित्र बक्स अफिस कमाइका आधारमा चौथो स्थानमा रहेको छ ।

पाँचौँ स्थानमा रहेको ‘१२ गाउँ २’ ले दुई करोड ३२ लाख ९६ हजार ३७१ रुपियाँ आम्दानी गरेको छ । त्यस्तै, ‘पाँच पाण्डव’ ले ४३ लाख ५० हजार ४९३ रुपियाँ कमाएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । -विवेक रेग्मी

सम्बन्धित समाचारः

  • छहरे झरना

  • अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

  • सगरमाथा आरोहणको कथामा ‘जेरी अन टप’

  • प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

  • ‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.