KhojSansar

आज कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

Khoj Sansar News

काठमाडौँ, २२ वैशाख २०८३ । पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार कोशी र गण्डकी प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने छ ।  

त्यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा  साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने छ भने बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।  -रासस 

सम्बन्धित समाचारः

  • बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन

  • संवैधानिक निकायमा खुल्यो नियुक्तिको बाटो

  • जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

  • मौसममा तत्काल सुधार नआउने, यो साताभर वर्षाको सम्भावना

  • उपयोग र नियन्त्रणमा चुनौती

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.