KhojSansar

यस्तो छ आजको मौसम पूर्वानुमान

Khoj Sansar News

काठमाडौँ,  २७ कात्तिक २०८३ । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराई भेग, उपत्यका तथा खोँचमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी भागमा मुख्यतया मौसम सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति हिमाली तथा पहाडी भागमा आंशिक बदली हुने छ भने तराईमा मौसम  सफा रहनेछ ।  हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । -रासस

सम्बन्धित समाचारः

  • भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

  • कुहिरो र सूर्योदय हेर्न मानुङकोट

  • बहुआयामिक साझेदारीको मार्गचित्र कोरिने विश्वास

  • हरिबोधिनी एकादशीले झकिझकाउ बन्यो पशुपति क्षेत्र

  • मासु बिक्री गर्न छाप अनिवार्य

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.