KhojSansar

नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता

Khoj Sansar News

नवलपुर (नवलपरासी), १३ साउनः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन् ।

एक जना आज बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता हुनुभएको हो । “साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ”, उहाँले भन्नुभयो, “बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ ।”

बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिनुभयो । -रासस

सम्बन्धित समाचारः

  • आज महिला हिंसा उन्मूलन दिवस : प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या

  • धनकुटामा छुर्पी व्यवसाय, माग धान्न मुस्किल

  • देशभर चिसो बढ्दै

  • कर तिर्नु असल नागरिकको पहिचान

  • कोप–३१ को पहिलो साताः हिमाली मुद्दामा सकारात्मक उपलब्धि

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.