KhojSansar

ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार

Khoj Sansar News

गलेश्वर (म्याग्दी), १४ साउनः बेनी अस्पतालले ज्येष्ठ नागरिकका लागि सहुलियतमा उपचार सेवा प्रारम्भ गरेको छ । ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीतिअनुसार सहुलियत उपचार सेवा थालिएको हो ।

पचास शय्या क्षमताको यो अस्पतालमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकले अस्पतालद्वारा निर्धारित उपचार सेवामा ५० प्रतिशत छुट पाउनेछन् । सत्तरीदेखि ७९ वर्षसम्मकालाई ७५ प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी खत्रीले बताउनुभयो ।

असी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई अधिकांश सेवा निःशुल्क गरिएको छ । वार्षिक ६० हजारभन्दा बढी बिरामीले उक्त अस्पतालबाट सेवा लिने गरेका छन् । -रासस

सम्बन्धित समाचारः

  • तराई र उपत्यकामा तातो दिन

  • मूल्यवृद्धिको प्रभावमा यातायात व्यवसायी महासंघले फेरि माग्यो भाडा समायोजन

  • देशभर ‘शून्य बाँकी फाइल’ अभियान

  • थन्किए लुम्बिनीका हरिया बस

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.