KhojSansar

प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताहरूबीच छलफल

khoj sansar new

काठमाडौँ, १५ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता सहयात्री दुई प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्षनेताहरूबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं कांग्रेसका नेता रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी हुनुहुन्छ । (रासस)

सम्बन्धित समाचारः

  • तराईमा तातो दिन, अन्यत्र बादल

  • एसइईको नतिजा वैशाख अन्तिम साता

  • तराई र उपत्यकामा तातो दिन

  • मूल्यवृद्धिको प्रभावमा यातायात व्यवसायी महासंघले फेरि माग्यो भाडा समायोजन

  • देशभर ‘शून्य बाँकी फाइल’ अभियान

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.