KhojSansar

पैँतीस प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

Khoj Sansar News

काठमाडौँ, २१ साउन : प्रहरी महानिरीक्षक दीपक थापाले पदोन्नति भएका ३५ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

गृहमन्त्रीस्तरको यही साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको यही साउन २१ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ११ र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा १३ प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।

दर्ज्यानी चिन्ह प्राप्त गर्नेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू तुलबहादुर कार्की, राकेश सिंह, राजीबबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाँल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल रहेका छन् ।

त्यसैगरी प्रहरी उपरीक्षकहरू अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का तथा प्रहरी नायव उपरीक्षकहरू बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजङ्ग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेल छन् ।

दर्ज्यानी चिन्ह प्रदान समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सङ्गठनको बृहत्तर हितमा थप कटिबद्ध र जिम्मेवार भई सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । -रासस

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.