KhojSansar

देवघाटमा बोलबम मेलामा डेढ लाख भक्तजन

Khoj Sansar News

दमौली (तनहुँ), २६ साउनः तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा साउनको सोमबार लागेको बोलबम मेलामा एक लाख ५० हजार भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यस वर्ष साउनको चारवटा सोमबार एक लाख ५० हजार भक्तजनले बोलबम मेलामा स्नान गरेका हुन् ।

बोलबम मेला साउनको प्रत्येक सोमबार हुन्छ । बोलबममा देवघाटको वेणीसङ्गम र शिवालयहरूमा भक्तजनको घुँइचो लागेको थियो । साउनका अन्य बारमा पनि यहाँ दैनिक एक हजारभन्दा बढी भक्तजन आउने निर्देशक बरालले उल्लेख गर्नुभयो ।

चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा हरेक वर्ष साउनको सोमबार उत्सव मनाइने भएकाले पनि स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको आगमन वृद्धि हुने उहाँले बताउनुभयो । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।

साउनको हरेक सोमबार बिहानै स्नान गरेर निराहार व्रत बस्ने धार्मिक मान्यता छ । देवघाट क्षेत्र विकास समितिले यसवर्ष बोलबम मेलामा आउने भक्तजनको तथ्याङ्क राखेको हो । साउनमा त्रिशुली र कालीगण्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको समितिले जनाएको छ । -रासस

सम्बन्धित समाचारः

  • महँगी जोखिममा उपभोक्ता, ‘पर्ख र हेर’ मा सरकार

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.