KhojSansar

गुल्मी पुर्तिघाट तराई–मधेस सम्पर्क समाजद्वारा तीज मिलन कार्यक्रम–२०८२ भव्य रुपमा सम्पन्न

Khoj Sansar News

रुपन्देही, १ भदौ ः गुल्मी पुर्तिघाट तराई–मधेस सम्पर्क समाजले आयोजना गरेको तीज मिलन कार्यक्रम–२०८२ झन्डै एक सय बढी सदस्यहरुको सहभागितामा भव्य रुपमा सम्पन्न भएको छ । समाजका अध्यक्ष बाबुराम लुइटेल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक क्या. कुलमान थापा, विशिष्ट अतिथि आसा थापा, सल्लाहकार श्याम थापा र समाजसेवी रुप बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय गान पछि पानसमा बत्ति बालेर प्रमुख अतिथिद्वारा उद्घाटन गरिएको थियो । समाजका उपाध्यक्ष खेम थापाले स्वागत मन्तव्य, काेषाध्यक्ष र सदस्य अशोक ठकुरीलगायत अन्य अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सह–सचिव होमनाथ शर्माले गरेका थियो । कार्यक्रममा समाजसेवी रुप बहादुर थापाले रु. ५१,०००/- (अक्षेरुपी एकाउन्न हजार) र प्रमुख अतिथि कुलमान थापाले रु. १०,०००/- (अक्षेरुपी दस हजार) सहयोग गर्नु भएको थियो ।

यसअघि, २०८२ साउन १० गते कालिगण्डकी गाउँपालिका वडा नं. ४ पुर्तिघाटवासीहरूको प्रथम भेलाबाट सम्पर्क समाजको औपचारिक रूपमा बाबुराम लुइटेल शर्माको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन भएको थियो। 

समाजको एकता, सम्बन्ध सुदृढीकरण तथा भावी गतिविधिलाई व्यवस्थित ढंगले अघि बढाउने जिम्मेवारीसहित गठन भएको यस समितिप्रति सम्पूर्ण पुर्तिघाटवासीले उच्च अपेक्षा व्यक्त गरेका छन्। नयाँ नेतृत्वले समाजभित्र आपसी सद्भाव, सहकार्य र गाउको मौलिकता जगेर्नामा सार्थक योगदान दिने विश्वास गरिएको छ।

सम्बन्धित समाचारः

  • तराई र उपत्यकामा तातो दिन

  • मूल्यवृद्धिको प्रभावमा यातायात व्यवसायी महासंघले फेरि माग्यो भाडा समायोजन

  • देशभर ‘शून्य बाँकी फाइल’ अभियान

  • थन्किए लुम्बिनीका हरिया बस

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.