KhojSansar

भियतनामका उपराष्ट्रपतिबाट पाटन र बौद्धनाथ क्षेत्रको अवलोकन

Khoj Sansar News

काठमाडौँ, ९ भदौः नेपालको औपचारिक भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भोथि आन सुआनले आज विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्वायर र बौद्धनाथ क्षेत्रको अवलोकन गर्नुभएको छ ।

उहाँलाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो । उहाँले पाटन दरबार क्षेत्रका विभिन्न सम्पदा, हस्तकला, मूतिकलाको अवलोकन गर्नुभयो ।

यसअघि उपराष्ट्रपति सुआनले आजै बौद्ध धर्मावलम्बीको पवित्र स्थल बौद्धनाथ क्षेत्रको पनि अवलोकन गर्नुभयो । उहाँलाई बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा र कार्यकारी निर्देशक मोहनकुमार तामाङले स्वागत गर्नुभएको थियो ।

उपराष्ट्रपति सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका सिलसिलामा शनिबार काठमाडौँ आउनुभएको हो । भ्रमणका दौरान उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

उहाँले आफ्ना नेपाली समकक्षी रामसहायप्रसाद यादवसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो भने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उहाँसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । नेपाल भ्रमण सम्पन्न गरी उहाँ आजै राति काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ । -रासस

सम्बन्धित समाचारः

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

  • कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.