KhojSansar

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५ र ६ गते काठमाडौमा हुने, अध्यक्षमा सुनुवार, ह्योल्मो, राई र छन्त्यालको दावी

Khoj Sansar News

काठमाडौं, २९ फागुन २०८२ । नयाँ नेतृत्व छनौट गर्ने एजेन्डा सहित नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन यही चैत ५ र ६ गते काठमाडौंमा हुने भएको छ । महाधिवेशनको चैत ५ गते अपरान्ह नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमाको सभा भवनमा  उद्घाटन  कार्यक्रम तय भएको छ । 

नेपाल आदिवासी जनजाति महासंघले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महाधिबेशन आयोजक समितिका अध्यक्ष गेल्जे लामा शेर्पाले सो जानकारी दिनु भएको  हो । 

महाधिबेशको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने कार्यक्रम रहेको महासंघले जनाएको छ । राष्टप्रमूखबाट नेपाल आदिवासी जनजाति महासंघको महाधिबेशन उद्घाटन कार्यक्रम भएको यो पहिलो पटक हो । 

महाधिबेशनले अध्यक्ष सहित  २१ जनाको सचिवलय गठन निर्वाचित गर्ने छ । महासंघको बिधान अनुसार अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७ (महिला ३ अनिवार्य), महासचिव १, उपमहासचिव १, विभागीय÷विषयगत सचिव ८ (महिला ४ अनिवार्य) र कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ गरी २१ जना निर्वाचित गर्ने प्रावधान छ । 

नेपाल आदिवासी जनजाति महासंघमा ५६ जातीय संस्थाले संगठन सदस्यता प्राप्त गरेका छन् । 

यस महाधिबेशनमा अध्यक्षको दावेदारका रुपमा चार जनाले प्रचार अभियान सुरु गर्नू भएको छ । अध्यक्षका प्रमूख दावेदारहरुमा सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, पूर्व प्रदेश मन्त्री समेत रहनु भएका निमा ह्योल्मो, किरात राइ यायोक्खाका अध्यक्ष जीवन हातोछा राई र छन्त्याल संघका पूर्व अध्यक्ष मोहन छन्त्याल हुनु हुन्छ । 

महासंघको विधान अनुसार  सचिवालय सदस्य बन्न सदस्य संगठनले मात्र पाउने छन् । र त्यस्तो संगठनमा रहेका कुनै पादधिकारी वा केन्दीय सदस्यका एक कार्यकाल काम गरिसकेको हुनु पर्ने छ । 

यस अघि अध्यक्ष-महासचिव पदमा एक पटक निर्वाचित भइसकेका सदस्य संगठन (जाति) बाट उक्त पदहरूमा उम्मेदवारी दिन नपाउने विधानमा उल्लेख छ । यस अनुसार महासंघको अध्यक्षमा तामाङ, लिम्बु, कुमाल, थारु र शेर्पाले दावी गर्न नसक्ने पवधान रहेको छ ।  

महाधिबेशनको कार्यक्रम अनुसार चैत ५ गते  बिहान राजधानीको भृकुटीमण्डपबाट आदिवासी जनजाति समुदायका विभिन्न जातीय पोशाक, सांस्कृतिक झाँकी, नाचगान तथा र्यालीसहितको विशाल नगर परिक्रमा गरिनेछ ।

नगर परिक्रमा भृकुटीमण्डपबाट सुरु भई भद्रकाली मन्दिर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल र घण्टाघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ । महाधिवेशनको मूल नारा ‘प्राकृतिक स्रोत जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानका आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर’ तय गरिएको छ ।

महाधिवेशनको बन्द सत्र चैत ६ गते काठमाडौंको स्वयम्भू स्टार ब्याङ्केटमा हुने महासंघले जनाएको छ । बन्द सत्रमा महासंघका संघीय सचिवालयका पदाधिकारी, सल्लाहकार, संघीय परिषद सदस्य, जातीय घटक संस्था, सम्बन्धन संगठन, प्रवास संगठन तथा प्रदेश र जिल्ला समन्वय परिषद्बाट ५०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने अपेक्षा गरिएको छ ।
महाधिवेशनलाई सफल बनाउन महासंघले विभिन्न उपसमिति गठन गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार, खाद्य तथा आवास, आर्थिक व्यवस्थापन, लजिस्टिक, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक व्यवस्थापन, अतिथि सत्कार लगायतका उपसमितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन् ।

२०४७ सालमा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ नेपालका आदिवासी जनजातिहरूको छाता संगठन हो । महासंघले आदिवासी जनजातिहरूको सामूहिक अधिकार, प्राकृतिक स्रोतमा अग्राधिकार, पहिचान, भूमिअधिकार तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा निरन्तर आवाज उठाउँदै आएको जनाएको छ ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.