KhojSansar

लुम्बिनीमा सुरु भयो बुद्ध जयन्ती समारोह, प्रधानमन्त्रीद्वारा उद्घाटन

https://khojsansar.com/
  • बुद्ध जन्मस्थल लुम्बिनीमा २५६९औं बुद्ध जयन्ती समारोह सुरु भएको छ र यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।
  • समारोहमा विभिन्न देशका प्रतिनिधि, भिक्षु, र स्थानीय नागरिकहरू सहभागी भएका छन् र विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्।
  • लुम्बिनी विकास कोषले यस समारोहका लागि एक करोड रुपैयाँ खर्च गरेको छ र शोभा यात्रा समेत निकालिएको थियो।

२९ वैशाख, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोह सुरु भएको छ । समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य , संघीय र प्रदेश सांसद हरू , विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगाएतको उपस्थिति छ । बुद्ध जयन्तीअन्तर्गत आइतबारदेखि नै लुम्बिनीमा विभिन्न कार्यक्रम सुरू भएका थिए । आज सोमबार मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा भोलि मंगलबारसम्म विभिन्न कार्यक्रम गरिँदै छन् । बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड बजेट खर्च गर्दैछ । मूल समारोहअघि बिहान मायादेवी मन्दिर परिसरबाट कार्यक्रमस्थलसम्म शोभा यात्रा निकालिएको थियो ।

सम्बन्धित समाचारः

  • महँगी जोखिममा उपभोक्ता, ‘पर्ख र हेर’ मा सरकार

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.