KhojSansar

एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै

Khoj Sansar News

काठमाडौँ, २४ कात्तिक २०८३ ।  नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल अपराह्न ५:०० बजे सुरु हुने तालिका छ ।

आजको खेलमा सुदूरपश्चिम आफ्नो लय कायम राख्दै जित निकाल्ने योजनामा छ । पाँच खेल खेलेको सुदूरपश्चिमले तीनमा जित र दुईमा हार बेहोरेको छ । छ अङ्क जोडेको ऊ हाल तालिकाको तेस्रो स्थानमा छ ।

प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रने सुदूरपश्चिम आजको खेलमा जित निकाल्न चाहन्छ ।

यता जनकपुर पनि जितसहित पुनरागमन गर्ने योजनामा छ । पाँच खेल खेलेको जनकपुरले दुईमा जित र तीनमा हार बेहोरेको छ । चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरका लागि आजको खेल महत्वपूर्ण हुनेछ । जारी प्रतियोगितामा पनि आठ टोलीको सहभागिता रहेको छ । एनपिएल–३ मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । रासस

सम्बन्धित समाचारः

  • फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

  • एनपिएल : आज दुई खेल हुँदै

  • एनपीएलमा आज कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्ने

  • पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

  • एनपिएलले बढायो आर्थिक गतिविधि

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.