KhojSansar

चीनका ठूला उद्योगको नाफामा गिरावट

बेइजिङ, ११ साउन, चीनका प्रमुख औद्योगिक कम्पनीहरूको नाफा सन् २०२५ को पहिलो छ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले घटेको छ भन्ने तथ्याङ्क सार्वजनिक भएको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार, वार्षिक मुख्य व्यापार आम्दानी कम्तीमा दुई करोड युआन वा सोभन्दा बढी हुने औद्योगिक कम्पनीहरूको संयुक्त नाफा जनवरीदेखि जुन महिनासम्मको अवधिमा तीन खर्ब ४४ अर्ब युआन पुगेको छ ।

उक्त अवधिमा ती कम्पनीहरूको कूल आम्दानी भने अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले बढेको देखिएको छ । जुन महिनामा मात्र हेर्दा, ती ठूला औद्योगिक कम्पनीहरूको नाफा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ४.३ प्रतिशतले घटेको छ । यद्यपि, यो गिरावट मे महिनाको तुलनामा केही कम भएको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.