KhojSansar

नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता

Khoj Sansar News

नवलपुर (नवलपरासी), १३ साउनः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन् ।

एक जना आज बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता हुनुभएको हो । “साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ”, उहाँले भन्नुभयो, “बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ ।”

बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिनुभयो । -रासस

सम्बन्धित समाचारः

  • मौसममा तत्काल सुधार नआउने, यो साताभर वर्षाको सम्भावना

  • एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

  • पश्चिमी वायु प्रभावले देशभर बदली

  • तराईमा तातो दिन, अन्यत्र बादल

  • एसइईको नतिजा वैशाख अन्तिम साता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.