KhojSansar

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

Khoj Sansar News

काठमाडौँ, १४ साउनः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ९३ अङ्कले घटेर दुई हजार ९५४ दशमलव १४ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५९ प्रतिशतको गिरावट हो ।

आज ३२७ कम्पनीको तीन करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर एक लाख ४१ हजार ५२० पटक खरिदबिक्री हुँदा रु १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ बराबरको कारोबार भएको हो । आजको कारोबारमा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक र लघुवित्त समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ ।

सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव चार प्रतिशतले घटेको छ । -रासस

सम्बन्धित समाचारः

  • शिव अङ्कित पहाडले तान्दै पर्यटक

  • बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन

  • कर्मचारीलाई १५ दिनमा तलब दिन सुरु

  • नौ महिनामै बाहिरियो ३४ अर्ब

  • ४४ लाख निष्कृय खाता ! साढे २० अर्ब रुपैयाँ निक्षेप

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.