KhojSansar

सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

Khoj Sansar News

काठमाडौँ, ११ कात्तिक : अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।

गत आइतबार एकै दिन प्रतितोला रू ११ हजार छ सयले घटेर रू दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रू दुई हजार घटेर रू दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो । आज फेरि प्रतितोला रू दुई हजार ९०० घटेपछि रू दुई लाख ३७ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला रू ६० घटेर रू दुई हजार ९२० मा किनबेच हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचारः

  • शिव अङ्कित पहाडले तान्दै पर्यटक

  • बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन

  • कर्मचारीलाई १५ दिनमा तलब दिन सुरु

  • नौ महिनामै बाहिरियो ३४ अर्ब

  • ४४ लाख निष्कृय खाता ! साढे २० अर्ब रुपैयाँ निक्षेप

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.