KhojSansar

समानुपातिकमा ६० लाख बढी मत गणना : कुन दलले कति सिट पाउलान् ?

Khoj Sansar News

काठमाडौं, २४ फागुन २०८२ । प्रतिनिधिसभाको करिब ६० लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब ५० प्रतिशत मत पाएको छ । अहिलेसम्मको मतगणना कुल खसेको मतको ५४ प्रतिशत हो । प्रतिनिधिसभा निर्वाचनमा करिव एक करोड १० लाख मत खसेको थियो ।

शुरुमा गणना हुँदा कुल सदर मतको ६० प्रतिशतसम्म मत पाएको रास्वपाले अहिले २९ लाख ३० हजार मत पाएको छ । उसको त्यो मत अनुपात ४९ प्रतिशत मात्रै हो । उसले समानुपातिकमा करिब ६० सिट पाउने देखिन्छ ।

५९ लाख ७४ हजार मत गणना हुँदा कांग्रेसले ९ लाख ८३ हजार मत पाएको छ । यो अनुपात कायम रहे कांग्रेसले २० सिटसम्म पाउन सक्छ । कांग्रेसले पाएको यो मत साढे १६ प्रतिशत हो ।

एमालेले ८ लाख ४८ हजार मत पाएको छ । १४ प्रतिशत मत पाएको उसले करिब १८ सिट पाउने देखिन्छ ।

नेपाली कम्यूनिष्ट पार्टीको ४ लाख ८ हजार मत छ । करिव सात प्रतिशत मत पाएको नेकपाले ८ सिट पाउन सक्छ ।

राप्रपाले २ लाख १० हजार मत पाएको छ । साढे ३ प्रतिशत मत पाएको राप्रपाले ४ सिट पाउन सक्छ ।

श्रम संस्कृति पार्टीको एक लाख ६० हजार मत छ । साढे दुई प्रतिशतभन्दा कही बढी मत पाएको उसको ३ प्रतिशतको थ्रेसहाल्ड कटिसकेको छैन ।

सम्बन्धित समाचारः

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

  • कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.