KhojSansar

बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना

Khoj Sansar News

काठमाडौँ,९ कात्तिक २०८३ । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबार दिउँसोसम्म वर्षाको सम्भावना रहेको छ । 

महाशाखाका मौसमविद् रोजन लामिछानेले कात्तिक १२ गते बिहीबारदेखि पानी पर्नसक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहीबारदेखि पानी पर्न सक्ने सम्भावना छ । शनिबार बिहानसम्म वर्षा रहने र त्यसपछि मौसम सुधार हुने सम्भावना छ ।” 

उहाँले बङ्गालको खाडीमा चक्रवात बनिरहेकोले यसको प्रभाव नेपालसम्म पर्ने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “बङ्गालको खाडीमा चक्रवात बनिरहेको छ, भारतको आसपासको राज्यहरुबाट विस्तार भइ नेपालतर्फ आउने र यसको प्रभावको कारणले पानी पर्न सक्ने सम्भावना देखिएको हो ।”

भारतमा बनेको उक्त प्रणालीको सबैभन्दा बढी प्रभाव हिमाली र पहाडी भूभागमा हुने सम्भावना देखिएको उहाँको भनाइ छ । यससँगै तराई क्षेत्रहरुमा पनि यसको प्रभाव पर्ने देखिएको छ । 

उहाँ भन्नुहुन्छ, “सो अवधिमा मध्यम वर्षाको सम्भावना धेरै देखिन्छ । थोरै ठाउँमा भारी वर्षा, एक, दुई ठाउँमा अति भारी वर्षाको सम्भावना पनि देखिन्छ ।” 

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.