KhojSansar

Gyanu Kunwar

21 Posts
प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन

प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन

२ साउन २०८२- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यस दिन नेप्सेले इन्स्योरेन्सको १८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ८०७ रुपैयाँ ८० पैसा कायम भएको छ ।  नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा इन्स्योरेन्सको अन्तिम शेयरमूल्य प्रतिकित्ता ९५३ रुपैयाँ २० पैसा कायम भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ । इन्स्योरेन्सले साउन २३ गते, शुक्रबार, प्रभु इन्स्योरेन्सको केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.