KhojSansar

Gyanu Kunwar

12 Posts
अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

मेलबर्न,२७ मङ्सिर (रासस/सिन्ह्वा) : अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन् । यो प्रतिबन्ध बुधबारदेखि लागू भएको हो । उमेर समूहअनुसार समर्थन फरक देखियो । १८–२४ वर्षका युवाहरूमा समर्थन ७२ प्रतिशत रहेको छ भने ५०–६४ वर्षका बीच ८० प्रतिशत र ६५ वर्षमाथिका समूहमा ८७ प्रतिशत पुगेको छ । मोनाश विश्वविद्यालयका प्रोफेसर मार्क आन्द्रेभिकका अनुसार, “यो प्रतिबन्ध मुख्यतया केही शक्तिशाली विदेशी प्लेटफर्मलाई लक्षित गरेको हो, जसले युवा प्रयोगकर्तालाई ट्र्याक गरेर विज्ञापनमार्फत लाभ उठाउँछन् ।” उहाँका अनुसार यी एपहरूले युवा प्रयोगकर्तालाई अनियमित विज्ञापन, गलत सूचना र मनोवैज्ञानिक रूपमा प्रभावित गर्ने एल्गोरिदममार्फत शोषण गर्ने आरोपमा छन् । समर्थकहरूले यस प्रतिबन्धले युवाको मानसिक स्वास्थ्य, धम्की, चरमपन्थी सामग्री, गलत सूचना र यौन अपराधीबाट हुने जोखिम घटाउने बताएका छन् । विरोधकहरूले भने यसले अभिभावक अधिकारमा हस्तक्षेप गर्ने र सामाजिक जडानमा बाधा पु¥याउने आरोप लगाएका छन् । यो कदमले दुईपक्षीय समर्थन पाएको छ र विश्वव्यापी ध्यान आकर्षित गरेको छ, किनभने अन्य देशहरू पनि समान कानुन विचार गरिरहेका छन् । तर, रेडिटले उच्च अदालतमा चुनौती दायर गरेको छ । यसले आफ्नो प्रौढ प्रयोगकर्ता केन्द्रित फोरमहरूमा प्रतिबन्ध लागू नहुने…
पूरा पढ्नुहोस् ...
हिक भिजन ‘ब्राण्ड’ को वार्षिक वितरक भेला सुरु

हिक भिजन ‘ब्राण्ड’ को वार्षिक वितरक भेला सुरु

चितवन, २७ मङ्सिर : सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला २०२५’ यहाँ सुरुआत भएको छ । पछिल्लो दिनमा हिक भिजन चीनबाट ‘सिसिटिभी सर्भिलेन्स’ सम्बन्धी ‘सिरिज’ घरायासी प्रयोजनदेखि पसल कार्यालय, विद्यालय, सभाहल टोल सार्वजनिकस्थललगायत आदिमा प्रयोग गर्न मिल्ने क्षमताको ‘सिसिटिभी’, हाजिरी उपस्थिति उपकरण, ‘स्मार्ट इन्टरआक्टिभ बोर्ड’, ‘लक सिस्टम’, ‘गेट ब्यारिअर’ , ‘अलार्म सिष्टम’, ‘फायर स्मोक’ लगायतका ‘डिटेक्टर सिष्टम’, ‘अण्डर भेहिकल सर्भिलियन्स सिष्टम’ ‘एक्सरे मेसिन’ लगायत उपकरण उत्पादित छन् । यी उपकरण विश्वबजारमा लोकप्रिय छ । नेपालको आधिकारीक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिद्वारा आयोजित सो भेलामा देशभरका हिक भिजन ‘ब्राण्ड’को नेपालको आधिकारिक वितरक सहभागी भएका छन् । भेलामा हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक लियोन झि सहभागी हुनुहुन्छ । म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले भेलामा देशभरका हिक भिजन ‘ब्राण्ड’को नेपालको आधिकारी वितरकहरू सहभागी भएको जानकारी दिनुभयो । उहाँका अनुसार वितरक भेलामा सूचना प्रविधिका उद्यमी, वितरक साझेदारले नवीनतम विषय र हिक भिजनका उत्पादनसँग सम्बन्धित ‘फ्रेन्ड्लि सफ्टवेयर’का बारेमा जानकारी लिन सक्ने छन् । भेलामा आगामी सन् २०२६ को योजना, सन् २०२५ को समीक्षा र सन् २०२४ को डिलर पार्टनको तर्फबाट उत्कृष्ट १० डिलरलाई सम्मान तथा अन्य डिलरलाई सम्मान गरिने उहाँले बताउनुभयो । म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक मणिकुमार तामाङले…
पूरा पढ्नुहोस् ...
तस्बिर र टिकटक कैद गर्दै युवती

तस्बिर र टिकटक कैद गर्दै युवती

दमौली (तनहुँ), २७ मङ्सिरः तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा मौलिक वेषभूषामा सजिएर तस्बिर एवं टिकटक कैद गर्दै दुई युवती । विभिन्न जातजातिका वेषभूषा लगाएर टिकटक बनाउने, तस्बिर कैद गर्न आन्तरिक पर्यटकको आजभोलि घुइँचो लाग्ने गर्दछन् । तस्बिरः कृष्ण न्यौपाने÷रासस
पूरा पढ्नुहोस् ...
सूर्यज्योति लाइफ इन्स्योरेन्स, बागलुङ शाखाद्वारा एजेन्सी सम्मान तथा मोटिभेशन कार्यक्रम सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्स, बागलुङ शाखाद्वारा एजेन्सी सम्मान तथा मोटिभेशन कार्यक्रम सम्पन्न

बाग्लुङ, मंसिर १४, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, बागलुङ शाखाले आयोजना गरेको एजेन्सी सम्मान तथा उत्प्रेरणा (Motivation) कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा २०८१/०८२ को नयाँ एजेन्सी म्यानेजर नियुक्ति, अधिक्तम पोकोसी नवीकरण, टप ५ टिम बिजनेस, टप १० सेल्फ–कोड बिजनेस, क्लब अचिभर, स्टार अफ द मन्थ, कम्पनी स्किम अचिभर साथै कराेडपति एजेन्सी लगायतका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। बागलुङ शाखा प्रमुख ज्ञानु कुँवरकाे अध्यक्षता रहेकाे कार्यक्रममा धौलागिरी एरिया प्रमुख मेघराज खड्काकाे प्रमुख आतिथ्यता रहेकाे थियाे। त्यस्तै, मोटिभेशन सेसन खेमा एजुकेशन तथा ट्रेनिङ सेन्टरका एम.डि तथा मोटिभेशनल स्पिकर अशिश गुरुङले (Sales & Marketing) विषयमा महत्वपूर्ण प्रशिक्षण प्रदान गरेका थिए। सो कार्यक्रममा बेनी शाखा प्रमुख सङ्गीता कार्की बरुवाल, अपरेसन इन्चार्ज सुजन पुर्जा साथै एजेंसी म्यानेजरहरूको उपस्थिति रहेको थियो। एजेन्सी म्यानेजरहरूलाई लक्षित गरी व्यवसाय समीक्षा (Business Review) तथा स्किम प्रस्तुतीकरण प्रमुख अतिथि मेघराज खड्काले प्रस्तुत गरेका थिए। साथै, MDRT 2024 तथा चेयरम्यान क्लब अचिभर चुडामणि कँडेलले सम्पूर्ण अचिभरहरूको प्रतिनिधित्व गर्दै आफ्नो प्रेरणादायी विचार राखेका थिए। उक्त कार्यक्रमको सञ्चालन बागलुङ शाखाका अपरेसन इन्चार्ज झोकेन्द्र थापा मगरले गरेका थिए। अभिकर्ता तथा एजेन्सीहरूको सक्रिय सहभागिताले कार्यक्रम थप प्रभावकारी र उत्साहजनक बनेको थियाे। (१२ मंसिर २०८२)
पूरा पढ्नुहोस् ...

महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख सङ्कलन

बागलुङ, ३० कात्तिकः मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ समापन गरिएको छ । महायज्ञमा रु नौ करोड ६९ लाख सङ्कलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणका लागि आयोजित महायज्ञ शनिबार समापन गरिएको छ । महायज्ञमा शुक्रबार मात्र रु एक करोड ३४ लाख सङ्कलन भएको थियो । बिहीबार सबैभन्दा बढी रकम रु एक करोड ६२ लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले जानकारी दिनुभयो । महायज्ञमा रु १० करोड सङ्कलन गर्ने लक्ष्य राखिएकामा लक्ष्यको नजिक पुगेको बताउँदै अझै पनि अनलाइनमार्फत सहयोग आउनेक्रम जारी रहेको उहाँले बताउनुभयो । महायज्ञमा शनिबार सबैभन्दा बढी रकम बागलुङ नगरपालिका–४ उपल्लाचौरका ऋषिराम गौतम तथा सरिता गौतमले रु छ लाख नौ हजार सहयोग प्रदान गर्नुभयो । शनिबार आश्रमका चार कोठा निर्माणका लागि एकमुष्ट रु २० लाख सहयोग प्राप्त भएको छ । आश्रम एक कोठा निर्माणका लागि रु पाँच लाख ११ हजार संस्थागत रूपमा समेत प्राप्त भएको छ । –––
पूरा पढ्नुहोस् ...
छहरे झरना

छहरे झरना

म्याग्दी, ३० कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रहेको छहरे झरना । रमणीय र मनमोहक छहरे झरना पर्यटक र पूर्वाधारको पर्खाइमा छ । तस्बिर: सन्तोष गौतम/रासस
पूरा पढ्नुहोस् ...

२५ स्थानीय तह बजेटविहीन

काठमाडौँ, ३० कात्तिकः चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकारले र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्नुपर्दछ । चालु आवको एक चौमासिक बित्दासमेत मधेस प्रदेशका कुल एक सय ३६ स्थानीय तहमध्ये एक सय १२ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २४ स्थानीय तहले प्रस्तुत गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, सप्तरीको राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका ,बलान बिहुन गाउँपालिका, कल्याणपुर नगरपालिकाले बजेट प्रस्तुत गरेका छैनन् । यस्तै, सिराहाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको क्षिरेश्वर नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गर्न सकेका छैनन् । त्यस्तै, धनुषाको धनौजी गाउँपालिका,महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका र चन्द्रनगर गाउँपालिका तथा रामनगर गाउँपालिका, रौतहटको कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाइ गाउँपालिका, बाराको महागढीमाई नगरपालिका, विश्रामपुर गाउँपालिका र पर्साको पकाहा मैनपुर गाउँपालिकाले चालु आवको बजेट हालसम्म प्रस्तुत नगरेको पाइएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिकाले हालसम्म चालु आवको बजेट प्रस्तुत…
पूरा पढ्नुहोस् ...
करेन्ट लागेर एक कामदारको मृत्यु

करेन्ट लागेर एक कामदारको मृत्यु

महोत्तरी, २९ कात्तिकः विद्युत् बिस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ । यहाँको गौशाला नगरपालिका–९ र १० को भरतपुर र बटुवा बस्तीमा काम गरी रहेका जिल्लाकै सोनमा–३ गोबरैयाका २८ वर्षीय जयकुमार यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको परिवारजनले बताएका छन् । निर्माण कम्पनी टाटा सप्लाईको विद्युत् बिस्तारमा ज्यालादारी कामदार रहेका यादवको विद्युत् लाइन काटिएको सूचनाका आधारमा शुक्रबार तार तान्दै गर्दा विद्युतीय झट्का (करेन्ट) लागेको थियो । उहाँलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पु¥याइएकामा उपचार सम्भव नभएपछि जनकपुर प्रादेशिक अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेका थिए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मृतकका परिवारले विद्युत् प्राधिकरण कार्यालय गौशाला र टाटा सप्लाईको बर्दिबासस्थित कार्यालयले उचित क्षतिपूर्ति दिने लिखित प्रतिबद्धता गरेपछि मात्र अन्तिम संस्कार गर्ने बताएकाले क्षतिपूर्तिको व्यवस्थाका लागि पहल थालिएको बताउनुभयो । ---
पूरा पढ्नुहोस् ...
नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ

नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ

कात्तिक २८ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३२ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।
पूरा पढ्नुहोस् ...
बीमा क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गर्ने सूर्यज्योति लाइफ पहिलो कम्पनी

बीमा क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गर्ने सूर्यज्योति लाइफ पहिलो कम्पनी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। योसँगै बीमा क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गर्ने सूर्यज्योति लाइफ पहिलो कम्पनी बनेको छ। वित्तीय विवरणअनुसार चालु वर्षको असोजसम्ममा सूर्यज्योति लाइफले १२ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असोजसम्ममा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ११ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड १९ लाख रुपैयाँ र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्ममा महाविपत्ति कोषमा ४१ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९३ करोड ३८ लाख रुपैयाँ र अन्य इक्विटीमा ३१ करोड ५६ लाख रुपैयाँ थियो। चालु वर्षको पहिलो ३ महिनामा कम्पनीको जीवन बीमा कोषमा ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा जीवन बीमा कोषमा ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २१.६० प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्ममा कम्पनीले २ अर्ब ९५ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.