KhojSansar

Khoj Sansar

651 Posts
‘डाइभर्सन’ नहुँदा मालबाहक ट्रली भन्सारमै थन्किए

‘डाइभर्सन’ नहुँदा मालबाहक ट्रली भन्सारमै थन्किए

मुस्ताङ, १७ असोज: यहाँको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भइसकेका सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन् । जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ट्रली मङ्गलबारदेखि भन्सार कार्यालय न्हेचुङमै थन्किएका हुन् । कोरलानाकाबाट ढुवानी गरी फर्किएका मझौला खालका मालबाहक कन्टेनरहरू मुश्किलले तल झारिए पनि ‘हेभी’ मालबाहक ट्रलीको भार अस्थायी पुलले थेग्न नसक्ने भएकाले भन्सार कार्यालयमा रोकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । अब दसैँपछि व्यवसायी र आयोजना मिलेर डाइभर्सन निर्माण गरी समस्या समाधान गरिने उहाँले बताउनुभयो । लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आए पनि कोरला सडकको घमी खोलामा सडक डाइभर्सन नहुँदा समस्या भएको बताउनुभयो । व्यापारीसँग समन्वय गरी डाइभर्सन निर्माण गर्न पहल भइरहेको उहाँले बताउनुभयो । घमी खोलामा निर्माणाधीन पुल सात वर्ष भइसक्दासमेत सम्पन्न हुन सकेको छैन । पुल निर्माणका लागि विसं २०७५ रु छ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्टक्सनसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीलाई आयोजनाले दैनिक हर्जानासमेत लगाइरहेको भए पनि काम अझै अघि बढ्न सकेको छैन । एक स्पानको ४० मिटर लामो पुल बनाउने भनिएकामा हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको…
पूरा पढ्नुहोस् ...
हाल देशभर मनसुनी वायुको प्रभाव

हाल देशभर मनसुनी वायुको प्रभाव

काठमाडौँ, १७ असोजः हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग र मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
पूरा पढ्नुहोस् ...
सालको पात बेचेर चाडपर्व खर्चको जोहो

सालको पात बेचेर चाडपर्व खर्चको जोहो

धरान (सुनसरी), १७ असोजः यहाँको इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी यस वर्षका चाडपर्वका लागि खर्च जुटाइरहनुभएको छ । उहाँले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाइरहुनभएको हो । हुन त अरु बेला पनि यो उहाँका लागि आम्दानीको मुख्य स्रोत हो । हरेक हप्ताजसो गाईघाट गएर पात सङ्कलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने हटिया बजारमा बिक्री गर्दै आएको विकले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु बेला पनि यो काम गरिरहेकी छु, तर चाडपर्वलगायत विशेष समयमा बढी बिक्री हुन्छ । अरु समयमा ज्यालामजदुरी कामसमेत गर्छु, तर चाडपर्वको समय आएपछि भदौ महिनादेखि मङ्सिरसम्म यही काम गर्छु । यसबेला पात बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ ।” धेरैजसो चाडपर्वमा यही पात बेचेरै आफुनो खर्च जुटाउने गरेको बताउँदै विकले एक हप्तामा रु आठ हजारदेखि रु १० हजारसम्मको पात बिक्री हुने गरेको सुनाउनुभयो । सालको पातको माग चाडपर्व, एकादशी, छठपूजालगायत धार्मिक अवसरमा अत्यधिक हुने गर्छ । यसबेला ठेलागाडामा कोला र तरकारी बेच्ने व्यापारीहरूले समेत पात बेच्ने गर्छन् । यसले केही समस्या हुने गरेको पात बचेर खर्च जुटाउनेहरूको गुनासो छ । इटहरी उपमहानगरपालिका–७ कि इन्द्रदेवी घिमिरे पनि विगत चार वर्षदेखि सालको पात बेच्दै आउनुभएको छ । उहाँले पनि गाईघाटबाट पात सङ्कलन गरेर बिक्री गरिरहेको बताउनुभयो । घिमिरेका अनुसार भदौ, असोज र…
पूरा पढ्नुहोस् ...
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

महोत्तरी, १७ असोजः यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिनुभयो । दुर्घनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका र सबैको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
पूरा पढ्नुहोस् ...
राति यात्रा नगर्न सडक विभागको अनुरोध

राति यात्रा नगर्न सडक विभागको अनुरोध

काठमाडौँ, १७ असोज: जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ । साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
पूरा पढ्नुहोस् ...
‘जडीबुटीको मूल्य पाइएन’

‘जडीबुटीको मूल्य पाइएन’

भोजपुर, १७ असोजः यहाँका कृषकले उत्पादित जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भए पनि बजार मूल्य नपाएको किसानको गुनासो छ । स्थानीयस्तरमा जडीबुटीको बजार मूल्यबारे ज्ञान नहुने र सरकारले समेत मूल्य नतोक्ने हुँदा विचौलियाले त्यसको लाभ लिइरहेको अधिकांशको भनाइ छ । स्थानीय जडीबुटी कृषक निमा शेर्पाले चिराइतो, सतुवा, अलैँचीलगायतको व्यावसायिक खेती गरिए पनि मूल्यका लागि विचौलियाकै भर पर्नुपर्दा घाटा भइरहेको सुनाउनुभयो । जिल्लाको माथिल्लो भेगका किसानले चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बालगायत जडीबुटीको खेती गर्दै आएका छन् । चिराइतोको मूल्य बढेपछि किसान यसतर्फ आकर्षित भएका छन्, तर सरकारले मूल्य नतोक्दा विचौलियाको बोलीका आधारमा बेच्नु परिरहेको कृषक पासाङ शेर्पाको गुनासो छ । उहाँले भन्नुभयो, “गाउँमा हल्लाको भरमा मूल्य तोकिने गरेको छ । त्यही मूल्यमा बेच्छौँ, पछि थाहा हुन्छ कि हामीले त घाटामा बेचेका रहेछौँ । यसले मारमा छौँ ।” यस्तो समस्या समाधानका लागि सरकारी निकायले मूल्य तोकेर बजार बिस्तारका लागि सहजीकरण गरिदिनुपर्ने किसानहरूको माग छ ।
पूरा पढ्नुहोस् ...
पर्यटनको केन्द्र बन्दै ‘गणेशपुर पार्क’

पर्यटनको केन्द्र बन्दै ‘गणेशपुर पार्क’

तुलसीपुर (दाङ), १७ असोजः दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा पर्यटकको आकर्षण बढ्न थालेको छ । त्यहाँ राखिएको शान्तिका अग्रदुत गौतमबुद्धको मूर्ति हेर्न र वनजङ्गलसहितको सुन्दर वातावरणमा रमाउन धेरै जना यहाँ पुग्ने गरेका छन् । उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले भन्नुभयो,“यो ठाउँ आफैँमा सुन्दर छ, सामुदायिक वन दृश्य हेर्न लायक छ” । त्यसैमा गौतमबुद्धको मूर्ति निर्माण गरेर शोभा बढाएपछि पर्यटकको आकर्षण पनि बढेको छ ।” त्यहाँ पानीको फोहोरा, कृतिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका बाघ, बाँदर, उल्लु, खरायोका बच्चा, चित्तललगायत जनवारसँग पनि छन् । त्यसैले पनि पर्यटकलाई रमाउन सहज भएको छ । यहाँ रहेको पोखरीमा डुङ्गाको व्यवस्था छ । तीन वटा डुङ्गामा सयर गर्ने व्यवस्था गरिएको छ । पोखरीमा माछा पालन गरिएको छ, जहाँ हाल पाँच हजार माछा रहेका अध्यक्ष भण्डारीले बताउनुभयो । त्यहाँ रहेको हात्ती, गैँडाको प्रतिमाले पनि उत्तिकै रौनक थपेको उहाँले बताउनुभयो । हाल रङ्गौली गार्डेन र पिङ निर्माणको कार्य भइरहेको छ । त्यो निर्माण भएमा अझै आकर्षण बढ्ने अध्यक्ष भण्डारीको विश्वास छ । “हामीले यहाँ घोडा पनि व्यवस्था गरेका छौँ । भित्र विभिन्न प्रजातिका फूलहरू छन् । त्यसले पनि सौन्दर्य थपिरहेको छ । चिल्ड्रेन पार्कमा पनि मानिसहरू उत्तिकै झुमिएका देखिन्छन् । पिङ, स्वीमिङदेखि बच्चाहरूले खेल्ने हरेक सामग्री राखेका छौँ”, उहाँले भन्नुभयो । भण्डारीका…
पूरा पढ्नुहोस् ...
मनाङ–लमजुङ सडकमा रातिमा सवारीसाधन चलाउन रोक

मनाङ–लमजुङ सडकमा रातिमा सवारीसाधन चलाउन रोक

मनाङ, १७ असोजः मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज २० गतेसम्म ठूलो वर्षा हुने सूचना जारी भएको छ । मौसम विज्ञान विभागले वर्षा हुने सूचना जारी गरेसँगै मनाङ–लमजुङ सडकमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । ठूलो वर्षा भएमा जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सम्भावित बाढीपहिरो र भू–स्खलनको जोखिमलाई मध्यनजर गर्दै यातायात व्यवस्थापनमा कडाइ गरिएको जनाएको छ । निश्चित समयमा मात्र सवारीसाधन सञ्चालन गर्न पाइने र तोकिएको समय बाहिर आवागमन गर्न रोक लगाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालद्वारा जारी सूचनामा उल्लेख छ । बेलुका ६ः३० देखि बिहान ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रजिअ पौड्यालले बताउनुभयो । प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय तहका उद्धार टोलीलाई सतर्क अवस्थामा राखिएको तथा तत्काल परिचालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउन जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको छ । “सम्भावित विपद् व्यवस्थापनका लागि सबै स्थानीय तह र स्थानीय विपद् व्यवस्थापन समिति, सरकारी निकाय, निजी क्षेत्र र गैह्र सरकारी संस्थाले स्वीकृत मनसुनकार्य योजनाअनुरुप आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि आ–आफ्नो विषयमा क्षेत्रगत तयारीमा रहन प्रशासनले अनुरोध गरेको छ”, प्रजिअ पौड्यालले भन्नुभयो । सम्भावित वर्षाको कारणले भू–क्षय, बाढीपहिरोको जोखिम रहेकाले मस्र्याङ्दी, नारखोला, दूधखोला, डोनाखोला…
पूरा पढ्नुहोस् ...
टी–२० विश्वकपका निम्ति खेलाडी छनोट

टी–२० विश्वकपका निम्ति खेलाडी छनोट

काठमाडौँ, १७ असोजः नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा वेस्ट इन्डिजविरुद्धको तीन शृङ्खला खेल्न गएको १६ सदस्यीय टोलीका सदस्यमध्ये साहब आलम भने टोलीबाट बाहिरिएका क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । त्यसैगरी, टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए । क्यानले उनलाई कारबाहीस्वरुप वेस्ट इन्डिजविरुद्धको अन्तिम दुई खेलमा निलम्बन गरेको थियो । छनोट खेलका निम्ति चयन भएका अन्य खेलाडीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंहऐरीसहित सन्दीप जोरा, सन्दीप लामिछाने, कुशल भूर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ शेख छन् । त्यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा तथा सोमपाल कामीलाई टोलीमा समेटिएको छ । प्रतियोगितामा भाग लिन उक्त टोली ओमान पुगिसकेको क्यानले जनाएको छ ।
पूरा पढ्नुहोस् ...
महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

मध्यविन्दु (नवलपरासी ब सु पू), १५ असोज: यहाँको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ । यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो । संस्थामार्फत वर्षभरि नै खसीबोका सङ्कलन तथा बिक्री गरिने भए पनि चाडपर्वलाई लक्षित गरी बढी सङ्ख्यामा बिक्री भएको हो । “गत वर्षको दसैँमा १५ सय खसीबोका बिक्री गरिएको थियो, त्यसबापत करिब रु दुई करोड ५० लाखको कारोबार भएको थियो”, परियारले भन्नुभयो,“यस वर्ष भने पहिलेजति बिक्री भएन । दसैँपछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौँ ।” गाउँमा उत्पादित खसीबोका बजारसम्म पुर्‍याउनका लागि सहकारीले विगत ११ वर्षदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ । कृषकहरूले भनेको समयमा बिक्री गर्न र उत्पादनअनुसार मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषिउपजको बजारीकरण गर्दै आएको छ । गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले जानकारी दिनुभयो । “असोज ६ गतेदेखि खसीबोका सङ्कलन र बिक्री सुरु गरेका थियौँ । हालसम्म ३५० वटा खसीबोका बिक्री गरेका छौँ”, उहाँले भन्नुभयो,“प्रतिकिलो ज्युँदो सरदर रु ५७० सम्म बिक्री गरिएको छ ।” यसरी सहकारीले घरबाट नै खरिद गरेर बजारीकरण…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.