KhojSansar

Khoj Sansar

716 Posts
उपहार र चिट्ठाको लोभमा गुमाउँदै पैसा

उपहार र चिट्ठाको लोभमा गुमाउँदै पैसा

मुक्तिनाथ (मुस्ताङ) २७ साउन २०८३, मुस्ताङमा अनलाइन तथा सामाजिक सञ्जालमार्फत ठगी हुने क्रम बढ्दै गएको छ । उपहार, चिट्ठा तथा सस्तो मूल्यमा महँगा सामान पाइने प्रलोभनमा परी सर्वसाधारणले रकम गुमाउने गरेका छन् । थासाङ गाउँपालिका–३ का राकेश गौचन आकर्षक उपहारको प्रलोभनमा परी २१ हजार रुपियाँ गुमाउनुभयो । तराईमा बस्ने अजयकुमार दासलाई पठाएको उक्त रकम अहिलेसम्म फिर्ता भएको छैन । थासाङ गाउँपालिका–५, ताक्लुङका अजय विकले सस्तो मूल्यमा विद्युतीय स्कुटर खरिद गर्ने भन्दै प्रतिमकुमार सिंहलाई आठ हजार पाँच सय रुपियाँ पठाउनुभयो । यस्तै, बागलुङको निसीखोला गाउँपालिका–३, बुर्तिबाङ घर भई हाल मुस्ताङमा बस्दै आएका विवश चौधरी आइफोन उपहार परेको भन्दै पाँच हजार रुपियाँ भन्सार शुल्क पठाएपछि सम्पर्कविहीन भएको भन्दै प्रहरीमा निवेदन दिनुभएको छ । उपहारका लागि उहाँलाई ५० हजार रुपियाँ पठाउनुपर्ने भनिएको थियो । चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा अनलाइन ठगीसम्बन्धी तीन वटा उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८२/८३ मा सामाजिक सञ्जाल, बैङ्किङ कारोबार, अनलाइन सपिङ तथा पेमेन्ट, चिट्ठा, स्क्याम र विभिन्न अनलाइन गेमका नाममा ३२ जना ठगीमा परी १० लाख रुपियाँभन्दा बढी गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा दुई वटा र आर्थिक वर्ष २०८१/८२ मा २१ वटा अनलाइन ठगीसम्बन्धी उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी…
पूरा पढ्नुहोस् ...
सरकारी कार्यालयका निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन स्वीकृत

सरकारी कार्यालयका निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन स्वीकृत

काठमाडौँ २७ साउन २०८३, सरकारले विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीले पेस गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायमा यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो। यो मार्गदर्शन लागू भएसँगै विभिन्न सरकारी कार्यालयबाट सेवा प्राप्त गर्न पेस गरिने निवेदनको ढाँचामा रहेको विविधता र अन्योल हटेर देशैभर एउटै र निश्चित ढाँचा कायम हुने भएको छ। यसले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिकमैत्री बनाउनुका साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः डिजिटल माध्यमबाट समेत प्रयोग गर्न सकिने गरी सूचना प्रविधिमा आधारित बनाउनेछ। यस व्यवस्थाको पूर्ण कार्यान्वयनसँगै अब नागरिकले सरकारी कार्यालयपिच्छे फरक–फरक तरिकाले निवेदन लेख्नुपर्ने वा अन्योलमा पर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ। साथै, आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एपमार्फत सहजै लिन सकिने बाटो खुलेको छ। यसले ‘डिजिटल नेपाल’को परिकल्पनालाई थप बल पुर्‍याउने विश्वास लिइएको छ। यसका साथै, सरकारी आवेदन भर्न सेवाग्राहीलाई हुने झन्झट अन्त्य गर्दै कार्यालय परिसरमा रकम असुल्ने उद्देश्यले हुने अनधिकृत सेवा सहजीकरणलाई निरुत्साहित गर्न पनि यो मार्गदर्शनले महत्त्वपूर्ण भूमिका खेल्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ। 
पूरा पढ्नुहोस् ...
बैंकिङ प्रणालीबाट ३० अर्ब निक्षेप संकलन

बैंकिङ प्रणालीबाट ३० अर्ब निक्षेप संकलन

काठमाडौं २७ साउन २०८३, नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक महिनाको लागि ३० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्ने भएको छ । बैकिङ प्रणालीमा अधिक तरलता भएका कारण सो रकमबराबरको निक्षेप संकलन गर्न लागेको हो । यसअघि साउन २२ गते पनि राष्ट्र बैंकले प्रणालीबाट ६० अर्ब रुपैयाँको एक महिने निक्षेप संकलन गरेको थियो । बैंक प्रणालीमा १५ खर्ब रुपैयाँ अधिक लगानीयोग्य पूँजी (तरलता) रहेकोले राष्ट्र बैंकले यसलाई पटक–पटक मौद्रिक उपकरणमार्फत प्रशोचन गर्दै व्यवस्थापन गरेको हो । कर्जाको माग नबढ्दा लामो समयदेखि यही स्थिति देहोरिँदै आएको छ । जारी उक्त उपकरणको बोलकबोल र निष्कासन असार ३ गते हुनेछ र सोको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ  । यसको साँवा तथा ब्याज भुक्तानी २०८३ भदौ ३१ गते हुनेछ । यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरू, विकास बैंकहरू र वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।
पूरा पढ्नुहोस् ...
भैरहवामा नेपाल वायुसेवाको ‘अपरेटिङ बेस’ राख्ने तयारी

भैरहवामा नेपाल वायुसेवाको ‘अपरेटिङ बेस’ राख्ने तयारी

बुटवल २७ साउन २०८३, नेपाल वायुसेवा निगमले रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो एउटा जहाजको ‘अपरेटिङ बेस’ राख्ने तयारी अघि बढाएको छ । त्यसैको तयारीस्वरूप निगमले विमानस्थलबाट एयरबस ए–३२० को ‘बेस ट्रेनिङ फ्लाइट’ सञ्चालन गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको हो । कार्यालयका अनुसार, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनबमोजिम निगमले २०८३ वैशाख २७ गतेदेखि जेठ ३ गतेसम्म विमानस्थलबाट आफ्ना फर्स्ट अफिसर पाइलटहरूलाई एयरबस ए–३२० विमानमा बेस ट्रेनिङ गराइरहेको विमानस्थलका प्रवक्ता इन्जिनियर कुमार सुजखुले विज्ञप्ति जारी गर्दै जनाए । बेस ट्रेनिङअन्तर्गत पाइलटहरूलाई वास्तविक विमानमै उडानसम्बन्धी व्यावहारिक अभ्यास गराइन्छ । यसअघि पनि नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एयरबस ए–३२० पाइलटहरूको बेस ट्रेनिङ सञ्चालन गरेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनको दृष्टिले थप प्रभावकारी बनाउने तथा नेपाल वायुसेवा निगमको नियमित उपस्थिति बढाउने तयारीका रूपमा यसलाई हेरिएको छ । विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार, निगमको अपरेटिङ बेस राख्ने तयारीसँगै यहाँबाट हुने उडान गतिविधि थप विस्तार हुने अपेक्षा गरिएको छ ।
पूरा पढ्नुहोस् ...
कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौं २७ साउन २०८३, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले  कालोबजारी गर्ने पेट्रोलपम्पतथा ग्यास डिलरको इजाजत खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।  बुधबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। यस्तै, समितिले अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापन गर्न पनि सरकारलाई भनेको छ । समिति सभापति रहबर अन्सारीले कालोबजारी गर्नेलाई कानुनी दायरामा ल्याउन निर्देशन दिए । सभापति अन्सारीले पेट्रोलियम पदार्थसम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।   उनले  होटल तथा रेस्टुरेन्टमा पाम तेलमा रासायनिक पदार्थ मिसावट गर्ने प्रवृत्ति देखिएको भन्दै अनुगमनलाई प्रभावकारी बनाउँदै कारबाही गर्न पनि निर्देशन दिएका छन् । रासस
पूरा पढ्नुहोस् ...
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ २७ साउन २०८३, धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक शून्य दशमलव ५५ अङ्कले बढेर दुई हजार छ सय ४२ दशमलव ४० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ३९ अङ्कले बढेर चार सय ६३ दशमलव ६१ मा पुगेको छ । त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव २० अङ्कले बढेर एक सय ८१ दशमलव ५६ तथा सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ४८ अङ्कले बढेर एक सय ५६ दशमलव ९६ मा पुगेको छ । आज विभिन्न कम्पनीका ८७ लाख एक हजार नौ सय ४४ कित्ता सेयर रु तीन अर्ब ५३ करोड २१ लाख पाँच हजार पाँच सय १८ मूल्यमा खरिदबिक्री भएका छन् । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको सूचक बढेको छ भने सात उपसमूहको सूचक घटेको छ । आज एक सय दुई कम्पनीको सेयर मूल्य बढ्दा एक सय ६५ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । नेप्सेका अनुसार आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनी, इमर्जिङ नेपाल र एचआइडिसिएलका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, आइसिएफसी फाइनान्स डिबेञ्चर, अपर लोहोरे खोला हाइड्रोपावर तथा प्रभु बैंक डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् । -रासस
पूरा पढ्नुहोस् ...
लुम्बिनी प्रदेश सरकार गठनमा तीन कम्युनिस्ट पार्टीबिच सहमति

लुम्बिनी प्रदेश सरकार गठनमा तीन कम्युनिस्ट पार्टीबिच सहमति

काठमाडौँ २७ साउन २०८३,  नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बिच लुम्बिनी प्रदेश सरकार गठन र समसामयिक राजनीतिक विषयमा सहकार्य गर्ने दुई बुँदे सहमति भएको छ। बुधबार तीन दलका शीर्ष नेताबिच भएको छलफलपछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गर्नुभएको छ। दुई बुँदे सहमति:  लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने। राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने। तीन दलको यो सहमतिसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ । 
पूरा पढ्नुहोस् ...
सामुदायिक वन : समृद्धिका लागि स्थायी पुँजी

सामुदायिक वन : समृद्धिका लागि स्थायी पुँजी

सामुदायिक वनमा आधारित उद्यमशीलता विकास गरेर गरिब वर्गको उत्थानका लागि विशेष कार्यक्रम ल्याउने सरकारको योजना छ । काठमाडौँ २६ साउन २०८३, विशुद्ध संरक्षणको भावना राखेर नेपालमा सामुदायिक वन संरक्षण अभियान सुरु गरेको आधा शताब्दीभन्दा बढी भयो । हुन त नेपालमा वनजङ्गल संरक्षण गर्ने परम्परा परापूर्वकालेदखि नै सुरु भएको मानिन्छ ।  बस्तीमाथिको उजाड डाँडाबाट बर्सेनि पहिरो बग्न थालेपछि सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाउँका बासिन्दाले २०३० सालतिर डाँडामा वृक्षरोपणको अभियान सुरु गरेका थिए । स्थानीयस्तरबाट सुरु भएको यो अभियानलाई तत्कालीन सरकारले पनि स्वीकृति दियो र सामुदायिक वन संरक्षणको थालनी भएको थियो ।  आधा दशकभन्दा बढीको यो समयमा नेपालको सामुदायिक वन व्यवस्थापनको मोडेलले संसारभरि प्रसिद्धि कमाएको छ । ‘हरियो वन: नेपालको धन’ भन्ने उक्तिलाई यो अभियानले सार्थकता पनि दिएको छ । बर्सेनि दर्जनौँ विदेशी अध्ययन अनुसन्धानकर्ता नेपालमा सामुदायिक वन व्यवस्थापनका मोडेल हेर्न आउँछन् । नेपालको सामुदायिक वन विषयमा विद्यावारिधि गर्ने विदेशी व्यक्तिको सङ्ख्या पनि कम छैन ।  हिजोका दिनमा नाङ्गो पाखाबारीबाट सुरु गरिएको संरक्षण अभियानले एक चरण पार गरिसकेपछि अब नेपालको वनस्रोतको सदुपयोग गर्ने बेला आएको विज्ञले बताएका छन् । हाल नेपालमा दुई हजार तीन सय सामुदायिक वनमार्फत वन व्यवस्थापनको काम भइरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालको कुल क्षेत्रफलको ४६ प्रतिशत वनजङ्गलले ढाकेको छ । यही कारण नेपालले कार्बन व्यापारमा अरू मुलुकको तुलनामा…
पूरा पढ्नुहोस् ...
गर्मीमा ताजा, झोलिलो र पोषिलो खाना खान चिकित्सकको सुझाव

गर्मीमा ताजा, झोलिलो र पोषिलो खाना खान चिकित्सकको सुझाव

काठमाडौँ २६ साउन २०८३, अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, झाडापखाला, फुड पोइजनिङ, हैजा लगायत पेटसम्बन्धी रोगको जोखिम बढ्ने भएकाले ताजा, झोलिलो र पोषिलो खानेकुरा खान चिकित्सकको सुझाव छ । जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीले गर्मी मौसममा स्वास्थ्य जोगाउन पर्याप्त पानी र झोलिलो पदार्थ पिउनुका साथै ताजा र स्वच्छ खानेकुरा खानुपर्ने बताउनुभयो। उहाँका अनुसार गर्मीका कारण अत्यधिक पसिना बग्दा शरीरमा पानीको मात्र कमी हुन सक्छ। समयमै पानीको पूर्ति नभए बेहोस हुनेदेखि लु लाग्ने जोखिम हुने उहाँको भनाइ छ। विशेषगरी तराईका जिल्लामा गर्मी बढी हुने भएकाले दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन र प्रशस्त तरल पदार्थ सेवन गर्न उहाँले आग्रह गर्नुभयो। डा.उप्रेतीका अनुसार गर्मीमा धेरै समयसम्म राखिएको, बासी तथा झिङ्गा भन्किएको खानेकुरा खानुहुँदैन। यस्ता खानेकुरामा जीवाणु बढ्ने सम्भावना बढी हुने भएकाले फुड पोइजनिङ, झाडापखाला र हैजाजस्ता रोग लाग्न सक्छन्।  विशेषगरी खुला स्थानमा बिक्री हुने चाट, पानीपुरी तथा अन्य खुला खानेकुरा स्वादका लागि सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने उहाँले चेतावनी दिनुभयो। भोजभतेरमा धेरै समयअघि पकाइएका खानेकुरा लामो समयसम्म राखेर खाँदा पनि स्वास्थ्य जोखिम बढ्ने भएकाले सकेसम्म ताजा पकाएको खाना मात्रै खान उहाँले सुझाव दिनुभयो। गर्मी मौसममा शरीरमा पानीको सन्तुलन कायम राख्न मौसमी फलफूल, काक्रो, दही, मही, नरिवलको पानी, सत्तु, ओट्स, लस्सी, पुदिनायुक्त पानी तथा कागती मिसाएको पानी वा चिया उपयोगी हुने…
पूरा पढ्नुहोस् ...
भाषा मर्दा समुदायको ज्ञान र सीप सबै मर्दा रहेछन् : विज्ञहरु

भाषा मर्दा समुदायको ज्ञान र सीप सबै मर्दा रहेछन् : विज्ञहरु

काठमाडौँ २६ साउन २०८३,  सञ्चार माध्यममा प्रकाशन भएका समाचार अनुवादले मात्रै मातृभाषाको अर्थ नबोक्ने विज्ञहरुले बताएका छन् । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले सोमबार आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन – २०२६ अन्तर्गत आयोजना गरिएको ‘विश्वमा मातृभाषा पत्रकारिताको अवस्था र नेपाल’ विषयक छलफलमा उनीहरुले सो कुरा बताएका हुन् ।  विज्ञ डा. रघु मैनालीले मातृभाषा केवल सञ्चारको माध्यम मात्र नभइ यसबाट पुख्र्यौली ज्ञान, सीपको संरक्षण, भावना र विचार आदानप्रदान, अवसरको सिर्जना तथा सांस्कृतिक अभिव्यक्ति हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भाषा समाजको विविध चासो, अधिकारलाई सार्वजनिक बहसमा ल्याउने शक्तिशाली माध्यम रहेछ । मातृभाषा सञ्चारको माध्यम मात्रै होइन रहेछ । पहिचान, संस्कृति, स्मृति, ज्ञान, समग्रमा भन्दा सिङ्गो समुदायको आवाजसँग सम्बन्ध राख्दो रहेछ मातृभाषाले ।” “भाषा मर्‍यो भने शब्द मात्रै मर्दो रहेनछ । यसमा परम्परागत ज्ञान, विवेक र सीप मर्दा रहेछन् । प्रकृतिसँगको हाम्रो लामो अन्तरक्रियाबाट हासिल गरिएका चलन, तौरतरिकाहरु मर्दा रहेछन्” उहाँले भन्नुभयो, “समुदायको गरिमा र गौरव मर्दो रहेछ । पहिचान हराउँदो रहेछ । यसलाई युनेस्कोले पनि भाषिक विविधतालाई समाज र सांस्कृतिक ज्ञानसँग जोड्नुपर्छ भनेर पटक पटक आवाज उठाएको हामीले पायौं ।” उहाँले मातृभाषा भनेको केवल भाषामा बोल्न पाउनु मात्रै नभइ मातृभाषी नागरिकले आफ्ना जीवनका कथा, सङ्घर्ष, आकाङ्क्षाका कथा सुनाउन पाउने अवसर पत्रकारिता बन्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “अहिले जे मातृभाषाका…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.