KhojSansar

Khoj Sansar

716 Posts
मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २४ साउन २०८३, । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । देशका पहाडी भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका साथै कर्णाली प्रदेशको पहाडी भाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेस प्रदेश साथै कर्णाली प्रदेशको पहाडी भाग तथा बागमती प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका साथै…
पूरा पढ्नुहोस् ...
भाटभटेनी ‘अन्तर्राष्ट्रिय मोडल’ मा २४ सै घण्टा सञ्चालनको तयारीमा, भक्तपुर स्टोरबाट हुँदैछ सुरुवात

भाटभटेनी ‘अन्तर्राष्ट्रिय मोडल’ मा २४ सै घण्टा सञ्चालनको तयारीमा, भक्तपुर स्टोरबाट हुँदैछ सुरुवात

काठमाडौं, २२ साउन २०८३ । भाटभटेनीले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनको तयारी गरेको छ । पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गर्न लागिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका सञ्चालक कल्याण गुरुङका अनुसार बुधबारदेखि भक्तपुर २४ सै घण्टा खुला गर्ने तयारी गरिएको छ । त्यसो हुँदा केही समयपछि ग्राहकलाई राति १० बजेसम्म सेवा प्रदान गर्न सकिनेछ । “ग्लोबली ट्रेन्ड पनि यस्तै छ, हामीले त्यहीअनुसार अघि बढ्ने योजना बनाएका छौँ,” गुरुङले खोज ससार सँग कुरा गर्दै भने । अहिलेसम्म बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म खुला रहँदै आएको भए पनि २४ सै घण्टा खुला राख्दा ग्राहकलाई नै सहज हुने भाटभटेनीको विश्वास छ । “हामीले भक्तपुरलाई पाइलट प्रोजेक्टका रुपमा बुधबारदेखि २४ सै घण्टा खुला राख्ने तयारी गरेका छौँ,” उनले भने, “अहिले बिहान खुला भएपछि मात्र सामान राख्ने, कमी भएको ठाउँमा थप गर्ने, मिलाउनेलगायतका व्यवस्थापकीय कामले ग्राहकलाई केही अप्ठेरो परेको महसुस हामीलाई भयो । हामीले अब ती सबै काम रातभरमा सकेर ग्राहकलाई कुनै अप्ठेरो नहुने योजना बनाएका हौँ ।” उनका अनुसार रातिमा काम गर्ने एउटा ‘कोर टिम’ तयार पारिएको छ । जसले नियमित तलबभन्दा २५ प्रतिशत बढी रकम प्राप्त गर्नेछन् । राति चिया खाजाको पनि व्यवस्था गरिएको छ । त्यो उनीहरुका लागि विशेष सुविधा उपलब्ध गराइएको हो । भाटभटेनी मुलुकको सबैभन्दा…
पूरा पढ्नुहोस् ...
एआई पूर्वाधारबाट भारतीय उद्योगलाई ठूलो अवसर

एआई पूर्वाधारबाट भारतीय उद्योगलाई ठूलो अवसर

मुम्बई,२२ साउन २०८३ । कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार विस्तारका लागि विश्वभर तीव्र गतिमा निर्माण भइरहेका डाटा सेन्टरले भारतका केबल, विद्युत प्रणाली, फाइबर-अप्टिक र कुलिङ उपकरण उत्पादक कम्पनीलाई उल्लेखनीय व्यावसायिक अवसर दिलाएका छन् ।  विश्वस्तरीय एआई मोडेल विकासमा भारत पछाडि परे पनि त्यसका लागि आवश्यक पूर्वाधार आपूर्ति गर्ने उद्योग भने तीव्ररूपमा लाभान्वित भइरहेका छन् । पश्चिम भारतस्थित स्टरलाइट टेक्नोलोजीको कारखानामा प्राविधिक चौबीसै घण्टा डाटा सेन्टरका लागि आवश्यक कपालभन्दा पनि पातलो फाइबर-अप्टिक केबल उत्पादनमा व्यस्त छन् । कम्पनीका प्रबन्ध निर्देशक अङ्कित अग्रवालले एआई पूर्वाधार विस्तारलाई आफ्नो उद्योगका लागि ‘जीवनमा एक पटक आउने अवसर’ भएको बताउनुभयो । उहाँका अनुसार विश्वका ठूला प्रविधि कम्पनीको बढ्दो मागले कम्पनीको व्यवसायको स्वरूप नै परिवर्तन गरिरहेको छ । विश्लेषकले यसलाई ‘पिक एन्ड शोभल’ रणनीतिसँग तुलना गरेका छन् ।  यस रणनतिमा सुन खोज्नेभन्दा आवश्यक उपकरण बेच्नेले बढी लाभ कमाउने अवस्था सिर्जना हुन्छ । भारतले अत्याधुनिक एआई चिप वा विश्वस्तरीय मोडेल विकासमा अग्रता नलिएको भए पनि त्यसका लागि आवश्यक केबल, ट्रान्सफर्मर, स्विचगियर, कुलिङ प्रणाली र विद्युत पूर्वाधार आपूर्ति गर्ने क्षेत्रमा बलियो उपस्थिति बनाएको छ । श्रीराम एएमसीका कोष प्रबन्धक प्रतीक निगुडकरका अनुसार भारतले एआई चिप उत्पादन वा मोडेल प्रशिक्षण नगरे पनि प्रत्येक डाटा सेन्टरका लागि आवश्यक उपकरण उत्पादन गर्ने क्षमता हासिल गरिसकेको छ । यही कारण भारतीय उत्पादक अहिले विश्वव्यापी आपूर्ति…
पूरा पढ्नुहोस् ...
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २२ साउन २०८३ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना  छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा साधारणतया बदली भएको छ । मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भेगमा आंशिक बदली भएको छ । बागमती र कर्णाली प्रदेशका केही  तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना  छ । तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान  छ । यसैगरी, राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै हिमाली भागका केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता विपद्को जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।…
पूरा पढ्नुहोस् ...
रुपन्देहीमा ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइदै, प्रमुख अतिथिमा उपाध्यक्ष रेशम गुरुङ

रुपन्देहीमा ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइदै, प्रमुख अतिथिमा उपाध्यक्ष रेशम गुरुङ

बुटवल, २२ साउन २०८३ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् रुपन्देहीले ३२औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २४ गते बुटवलमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। बुटवल उपमहानगरपालिका–४ स्थित थकाली समाज सेवा भवनमा बिहान ११ः३० बजेदेखि सुरु हुने कार्यक्रममा आदिवासी जनजाति समुदायका प्रतिनिधि, विभिन्न जातीय संस्थाका अगुवा, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहनेछ।  “Honouring Indigenous Midwives, Safeguarding Life And Well-being” -“प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता” भन्ने अन्तर्राष्ट्रिय नारासहित दिवस मनाइँदैछ। कार्यक्रममा विभिन्न आदिवासी जनजातिका सांस्कृतिक झाँकी, मौलिक कला–संस्कृतिको प्रस्तुति, शुभकामना आदान–प्रदान तथा आदिवासी जनजातिका अधिकार, पहिचान, समावेशीता र समसामयिक विषयमा अन्तरक्रिया समेत गरिने आयोजकले जनाएको छ।
पूरा पढ्नुहोस् ...
काठमाडौंको खुलामञ्चमा आदिवासी पहिचानको महासंगम, ३५ हजार जनसहभागी हुने

काठमाडौंको खुलामञ्चमा आदिवासी पहिचानको महासंगम, ३५ हजार जनसहभागी हुने

५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा काठमाडौं, २० साउन २०८३। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा अभूतपूर्व सहभागिताका साथ मनाउने तयारीलाई तीव्र बनाएको छ । महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु प्रस्तुत गर्ने ऐतिहासिक अभियान का रूपमा मनाउन लागेको जनाएको छ । नेफिनका अध्यक्ष निमा ह्योल्मो लामाले खुलामञ्चमा करिब ३५ हजार आदिवासी जनजातिको सहभागिता गराई दिवसलाई अधिकार प्राप्तिको सशक्त आन्दोलनका रूपमा स्थापित गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार यो कार्यक्रमले नेपालका आदिवासी जनजातिको एकता, विविधता र साझा अधिकारको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउनेछ । यो पटकको विश्व आदिवासी दिवस नेपालले मात्र हर्ने नभइकन विश्वलाई एउटा सन्देश दिने किसिमले तयारी गरिरहेका छौं, उपाध्यक्ष तथा प्रचार तथा प्रसार समितिका संयोजक अमृत बहादुर सुनुवारले भने । उहाँका अनुसार यस पटक आदिवासी दिवस साँस्कृतिक र खानाका परिकारहरुको महोत्सबको रुपमा आयोजना हुने बताए । महासंघका महासचिव विमल सारु मगरले यस वर्ष दिवसलाई नयाँ शैलीमा आयोजना गर्न खुलामञ्च रोजिएको बताए । काठमाडौं उपत्यकामा मात्रै करिब २० लाख आदिवासी जनजातिको बसोबास रहेको उल्लेख गर्दै उनले कम्तीमा ३५ हजार सहभागी उपस्थित गराउने लक्ष्यका साथ व्यापक तयारी भइरहेको जानकारी…
पूरा पढ्नुहोस् ...
तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन साउन २४–२७ काठमाडौंमा हुने

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन साउन २४–२७ काठमाडौंमा हुने

काठमाडौं, २० साउन २०८३। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०८३ आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। काठमाडौंको नयाँबजारमा बसेको तयारी बैठकले सम्मेलनको प्रारम्भिक कार्ययोजना तथा कार्यक्रमबारे छलफल गरेको हो। बैठकमा फोनिजका महासचिव समीर बलामीले सम्मेलनको अवधारणा, उद्देश्य र कार्यक्रम प्रस्तुत गर्दै विश्वका करिब ४० देशमा मातृभाषामा पत्रकारिता गरिरहेका पत्रकारहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य रहेको जानकारी दिए। सम्मेलनमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको मातृभाषा पत्रकारिताको उपलब्धिलाई प्रवर्द्धन गर्ने, विभिन्न देशका पत्रकारबीच अनुभव आदान–प्रदान गर्ने तथा मातृभाषा पत्रकारिताको सञ्जाललाई थप सुदृढ बनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ। त्यसैगरी सम्मेलनले भाषा, लिपि, संस्कृति, संस्कार तथा सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन र अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यसअघि नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा दुई पटक अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भइसकेका छन्। अघिल्ला सम्मेलनहरूमा सार्क जर्नलिस्ट फोरम र फोनिजले सहकार्य गरेका थिए। तयारी बैठकमा नेवाः पत्रकार राष्ट्रिय दबूका नृपेन्द्रलाल श्रेष्ठ, सुनिल महर्जन, सुरेन्द्र भक्त श्रेष्ठ, केके मानन्धर, राजु नापित, प्रजित शाक्य र तेज नारायण महर्जन तथा फोनिजका लक्की चौधरी, समीर बलामी, अर्जुनबहादुर तामाङ, प्रविण श्रेष्ठ, प्रदीप लेखी, अमिर लामा, राजु राजदेव बज्राचार्य र प्रविन किराती लगायतको सहभागिता रहेको थियो।
पूरा पढ्नुहोस् ...
पाँच जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध

पाँच जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध

काठमाडौँ, साउन २० गते । अविरल वर्षाका कारण आएको पहिरो र बाढीका कारण बुधबार देशका विभिन्न जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरी मुख्यालयका अनुसार काठमाडौँको नागर्जुन नगरपालिका–५ स्थित दहचोक क्षेत्रमा पहिरो खसेपछि त्रिभुवन राजपथको सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। कोशी प्रदेशअन्तर्गत भोजपुरको षडानन्द नगरपालिका–५ भीरगाउँमा बाढीका कारण मध्यपहाडी लोकमार्गमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। यस्तै, इलामको चुलाचुली गाउँपालिका–६ बान्सबोटेमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–भोक्सीखोला–भकुण्डेबेँसी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले बीपी राजमार्गमा बिहान १० देखि साँझ ५ बजेसम्म दैनिक रूपमा पूर्ण रूपमा यातायात बन्द गरिएको छ। वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी–भैँसे सडकखण्डमा कान्ति लोकपथ मर्मतका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म दैनिक रूपमा सवारी आवागमन रोकिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीले प्रभावित सडकखण्डमा यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
पूरा पढ्नुहोस् ...
पहिरोका कारण नारायणगढ–मुग्लिन अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन अवरुद्ध

चितवन,  साउन २० गते ।  नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरुआत गरिएको जानकारी दिनुभयो । यसका लागि डिभिजन सडक कार्यालयसँग समन्वय गरिएको छ । -रासस
पूरा पढ्नुहोस् ...
मनसुनको प्रभाव निरन्तरः तीन प्रदेशमा भारी वर्षा

मनसुनको प्रभाव निरन्तरः तीन प्रदेशमा भारी वर्षा

काठमाडौँ, साउन १९ गते । देशभर मनसुनी वायुको प्रभाव मङ्गलबार पनि कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भू–भाग केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागद्वारा जारी विज्ञप्तिका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली  भू–भागका केही स्थान तथा लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने कर्णाली प्रदेशका पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा  मेघगर्जनरचट्याङसहित…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.