KhojSansar

रुपन्देहीमा ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइदै, प्रमुख अतिथिमा उपाध्यक्ष रेशम गुरुङ

Khoj Sansar News

बुटवल, २२ साउन २०८३ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् रुपन्देहीले ३२औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २४ गते बुटवलमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।

बुटवल उपमहानगरपालिका–४ स्थित थकाली समाज सेवा भवनमा बिहान ११ः३० बजेदेखि सुरु हुने कार्यक्रममा आदिवासी जनजाति समुदायका प्रतिनिधि, विभिन्न जातीय संस्थाका अगुवा, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहनेछ।

 “Honouring Indigenous Midwives, Safeguarding Life And Well-being” -“प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता” भन्ने अन्तर्राष्ट्रिय नारासहित दिवस मनाइँदैछ।

कार्यक्रममा विभिन्न आदिवासी जनजातिका सांस्कृतिक झाँकी, मौलिक कला–संस्कृतिको प्रस्तुति, शुभकामना आदान–प्रदान तथा आदिवासी जनजातिका अधिकार, पहिचान, समावेशीता र समसामयिक विषयमा अन्तरक्रिया समेत गरिने आयोजकले जनाएको छ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.