KhojSansar

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

Khoj Sansar News

काठमाडौं २७ साउन २०८३, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले  कालोबजारी गर्ने पेट्रोलपम्पतथा ग्यास डिलरको इजाजत खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । 

बुधबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। यस्तै, समितिले अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापन गर्न पनि सरकारलाई भनेको छ । समिति सभापति रहबर अन्सारीले कालोबजारी गर्नेलाई कानुनी दायरामा ल्याउन निर्देशन दिए ।

सभापति अन्सारीले पेट्रोलियम पदार्थसम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।  

उनले  होटल तथा रेस्टुरेन्टमा पाम तेलमा रासायनिक पदार्थ मिसावट गर्ने प्रवृत्ति देखिएको भन्दै अनुगमनलाई प्रभावकारी बनाउँदै कारबाही गर्न पनि निर्देशन दिएका छन् । रासस

सम्बन्धित समाचारः

  • बैंकिङ प्रणालीबाट ३० अर्ब निक्षेप संकलन

  • भैरहवामा नेपाल वायुसेवाको ‘अपरेटिङ बेस’ राख्ने तयारी

  • नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

  • लुम्बिनी प्रदेश सरकार गठनमा तीन कम्युनिस्ट पार्टीबिच सहमति

  • सामुदायिक वन : समृद्धिका लागि स्थायी पुँजी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.