KhojSansar

Khoj Sansar

650 Posts
कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

काठमाडौं, २३ चैत २०८२ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौस विज्ञान विभागले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । विभागका अनुसार, सोमबार (चैत २३) दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । राति, देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 
पूरा पढ्नुहोस् ...
दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास कति प्रभावकारी होला ?

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास कति प्रभावकारी होला ?

काठमाडौं, २३ चैत २०८२ । अमेरिका-इरानयुद्ध र त्यसबाट सिर्जिन इन्धन संकटको अवस्थामा सरकारले दुई दिन सार्वजनिक बिदाको घोषणा गरेको छ । हप्ताको छ दिनको साटो पाँच दिन कार्यालय खुल्ने तर अवधि भने लम्ब्याउने रणनीतिका साथ सरकारले आज (सोमबारदेखि) नै लागू हुने गरी कार्यालय समय परिवर्तन र सार्वजनिक विदाको घोषणा गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, शैक्षिक संस्थाबाहेक अरुका हकमा उक्त कार्यालय समय लागू हुनेछ । उनले भने, ‘शैक्षिक संस्था बाहेक कार्यालय समय बिहान ९ देखि बेलुकी ५ बजेसम्म कायम गरिएको छ ।’ नेपालमा सार्वजनिक र सेवा क्षेत्रमा सातामा ४० घण्टासम्म काममा लगाउने अभ्यास चलिरहेको छ । अहिले दैनिक ७ घण्टा र शुक्रबार ५ घण्टा गरी ४० घण्टा कार्यालय समय तोकिएको थियो । अब भने दैनिक ८ घण्टाका दरले पाँच दिन काम गरे हुने व्यवस्था गरिएको हो । सरकारले निर्णय गरेसँगै देशभरका न्यायालयहरुले पनि सोमबारदेखि विहान ९ बजे नै कार्यालय खुल्ने सूचना निकालेका छन् । सुरक्षा निकाय र त्यहाँबाट हुने औपचारिक कामकारबाहीको समयतालिका पनि अब बदलिनेछ । सेवामूलक निजी क्षेत्रले पनि समय तालिका परिवर्तन गर्नेछन् । तर, शैक्षिक निकायहरुको बारेमा भने स्पष्ट खाका आइसकेको छैन । अनौपचारिक प्रकृतिको श्रम खपत गर्ने क्षेत्रमा हुने समय व्यवस्थाको टुंगो लागिसकेको छैन । तीन दशकमा दोस्रो प्रयास २०५६ सालयताका अभ्यास हेर्ने…
पूरा पढ्नुहोस् ...
हावाहुरीका कारण फेवातालमा फसेका ११ जनाको उद्धार

हावाहुरीका कारण फेवातालमा फसेका ११ जनाको उद्धार

पोखरा, २३ चैत २०८२ । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको आइतबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । अचानक आएको हावाहुरीका कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ गरिरहेका उनीहरू तालको बीच भागमा फसेका थिए । दिउँसो करिब सवा ४ बजे उनीहरू तालमा फसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीअन्तर्गत फेवा रेस्क्यु टावरमा खटिएको टोली परिचालन भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक विशाल घमको नेतृत्वमा रहेको टोलीले उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो । उद्धार गरिएकाहरूमा तनहुँको शुक्लागण्डकी नगरपालिका–२ का १९ वर्षीय सागर भुजेल र २० वर्षीय सुमन चौधरी, पोखरा–३३ बागमाराकी २१ वर्षीया सलिना पुन, म्याग्दीको अन्नपूर्ण–३ की २१ वर्षीया सन्जिता पुन, २० वर्षीया सुमिना तामाङ, २२ वर्षीया सुष्मा पुन, २० वर्षीया संजिता मगर र १९ वर्षीया रिया मगर रहेका छन् । त्यसैगरी, भारतको नयाँ दिल्ली घर भएका २८ वर्षीय आयान, २८ वर्षीय अश्लाम र २६ वर्षीय स्याडबको पनि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 
पूरा पढ्नुहोस् ...
सवारीसाधन विद्युतीय बन्ने अवसर

सवारीसाधन विद्युतीय बन्ने अवसर

काठमाडौँ, २३ चैत २०८२ । सरकारले पेट्रोलियम पदार्थको आयातलाई कम गर्न डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीयमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको बढ्दो आयात कम गर्नुका साथै वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको हो ।  नेपाल सरकारका प्रवक्ता एव शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले यो निर्णय गरेको जानकारी दिनुभयो । हाल पुराना इन्धनयुक्त सवारीसाधनलाई विद्युतीयमा परिवर्तन गर्दा दर्ता, नवीकरण र प्राविधिक मापदण्डका विषयमा स्पष्ट कानुनीव्यवस्था नहुँदा सवारीधनीले समस्या भोग्दै आएका थिए ।  सरकारको यो निर्णयसँगै अब पुराना गाडीलाई कवाडीमा फाल्नुको साटो कम खर्चमा वातावरणमैत्री बनाउन सकिने छ । विद्युतीय सवारीको प्रयोग बढाउँदा इन्धनको परनिर्भरता घटाउने छ भने अर्कातिर नेपालको नवीकरणीय ऊर्जा (विद्युत्) को खपत बढाउन मद्दत गर्ने छ ।  डिजेल/पेट्रोलबाट चल्ने गाडीभन्दा दीर्घकालीन रूपमा विद्युतीय गाडी सस्तो पर्ने र वातावरणमैत्री भएकाले पनि सरकारले यसको प्रयोगलाई जोड दिएको हो । पछिल्लो समय बजारमा विद्युतीय गाडीको प्रयोग बढ्दै गएको छ । विद्युतीय परिवर्तन उत्पादन तथा वितरण सङ्घका उपाध्यक्ष भरत पौडेलले पछिल्लो समय विद्युतीय सवारीसाधनको माग दोब्बरले बढेको जानकारी दिनुभयो ।…
पूरा पढ्नुहोस् ...
सरकारको सुशासन मार्गचित्र : सार्वजनिक निकायहरू खारेज, हस्तान्तरण र गाभिने

सरकारको सुशासन मार्गचित्र : सार्वजनिक निकायहरू खारेज, हस्तान्तरण र गाभिने

काठमाडौं, १६ चैत २०८२ । सुशासन मार्गचित्र सुझाव समितिले ११ वटा सार्वजनिक निकायलाई खारेज गर्न सुझाव दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा बनेको १५ सदस्यीय समितिले सार्वजनिक निकायहरूमा खारेज, गाभ्ने र हस्तान्तरण गर्न सकिने पहिचान गरेर सरकारलाई सुझाव दिएको हो । २०८२ पुस १४ गते प्रधानमन्त्रीस्तरीय निर्णय अनुसार, सुशासन मार्गचित्र तयार गर्न समिति गठन गरिएको थियो । उक्त समितिलाई तीन तहका सरकारले कार्यसम्पादन गर्ने क्रममा हुनसक्ने भ्रष्टाचार पहिचान गर्दै सुशासन, विकास व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा गर्नुपर्ने नीतिगत, संस्थागत, प्रक्रियागत व्यवस्थाको सुझावसहित प्रतिवेदन पेश गर्ने कार्यादेश थियो । विगतमा भएका अध्ययन प्रतिवेदनहरूको सिफारिस समेतको आधारमा कार्की नेतृत्वको समितिले थप अध्ययन गरी सरकारलाई सुझाव दिएको हो । सरकारले विगतमा बनाएका निकायमा कार्य गर्न नसकेका वा अनावश्यक व्ययभार थपेका निकायलाई खारेज गर्न सिफारिस गरिएको छ । कार्यप्रकृति मिल्ने संस्थालाई एक आपसमा गाभ्ने, कामको दोहोरोपना हटाउने गरी संयोजन गर्न सुझाव दिइएको छ । प्रदेश तथा स्थानीय तहले गर्नसक्ने कार्यका लागि थप निकाय आवश्यक नभएको समितिको ठहर छ । ‘कुनै कालखण्डमा निश्चित प्रयोजनका लागि गठन भएका संस्थाहरू बदलिँदो परिस्थितिमा सान्दर्भिक नहुँदा खारेज गरी सरकारको वित्तीय र प्रशासनिक व्ययभार घटाउन उपयुक्त हुन्छ,’ सुशासन कार्यविधिमा भनिएको छ । समितिले प्राप्त गरेको कार्यादेशमा पेश गरिएको प्रतिवेदन अनुसार ११ वटा सार्वजनिक निकायलाई खारेज…
पूरा पढ्नुहोस् ...
गुराँस फुलेर रङ्गियो घोडेपानी

गुराँस फुलेर रङ्गियो घोडेपानी

म्याग्दी, १६ चैत २०८२ । वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक घोडेपानी पुग्न थालेका छन्। यसले यहाँको पर्यटन गतिविधि समेत बढाएको छ। होटलहरू भरिभराउ भएका छन् भने पर्यटन व्यवसायी उत्साहित भएका छन्। समुन्द्री सतहदेखि २,८०० मिटर उचाइमा रहेको घोडेपानी क्षेत्र वसन्त ऋतुको आगमनसँगै रमणीय बनेको हो। घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष जुली ठकुरी पुनका अनुसार दैनिक ३००–५०० पर्यटक यहाँ भ्रमणमा आउँछन्। अन्नपूर्ण गाउँपालिका–५, शिखका स्थानीय युवा सुरेन गुरुङले भन्नुभयाे, ‘‘वसन्तकालिन याम सुरु भएसँगै वनजङ्गलमा लालीगुराँस फुलेका छन्। डाँडापाखा रङ्गिएका छन् र फुलेको लालीगुराँसले पर्यटकलाई स्वागत गरेको जस्तो देखिन्छ। मौसम खुलेपछि घोडेपानी अझ सुन्दर देखिने छ।’’ पुनहिलमा चिया पसल र प्रवेश शुल्क सङ्कलन गर्ने व्यवसायी सुदीप पुर्जा अनुसार दैनिक ३०० भन्दा बढी आन्तरिक पर्यटक पुनहिलको भ्रमणमा आउँछन्। पुनहिलबाट धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ। घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ। स्थानीयहरूले गुराँस संरक्षणका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेका छन्।
पूरा पढ्नुहोस् ...
हराउँदै परम्परागत घुमाउने घर

हराउँदै परम्परागत घुमाउने घर

तनहुँ, १६ चैत २०८२ । तनहुँमा परम्परागत ‘घुमाउने घरहरू लोप हुँदै जान थालेका छन् । केही वर्ष अघिसम्म जिल्लाका दरै बस्तीहरूमा बाक्लै देखिने यस्ता मौलिक घरहरू अचेल फाट्टफुट्ट मात्रै देख्न पाइन्छ ।  गाउँ–गाउँमा सडक सञ्जाल पुगेसँगै इँटा, सिमेन्ट र जस्तापाताको प्रयोग बढेपछि दरै जातिको वास्तुकलाको नमुना मानिने यी घरहरू इतिहासमा सीमित हुने खतरा बढेको हो । व्यास नगर प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेत घुमाउने घर केवल बस्ने थलो मात्र नभई यो वातावरणमैत्री र उत्कृष्ट वास्तुशास्त्रको नमुना भएको बताउनुहुन्छ ।  बस्नेत भन्नुहुन्छ, “घुमाउने घर हाम्रो मौलिक इन्जिनियरिङको अद्भुत नमुना हो । पूर्व र पश्चिम धुरी हुने भएकाले यसमा सूर्यको प्रकाश उदाउँदादेखि अस्ताउँदासम्म परिरहन्छ, जुन स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक छ । रातो माटोले लिपपोत गरिएको र खरले छाइएका यी घरहरू ‘प्राकृतिक एयर कन्डिसनर’ जस्तै हुन्, जसले जाडोमा न्यानो र गर्मीमा शीतलता प्रदान गर्दछन् ।” बस्नेतका अनुसार वास्तुशास्त्र अनुसार उपयुक्त मानिने यी घरको माथिल्लो तलामा अन्न भण्डारण गर्ने र तल्लो तलामा ढिकी–जाँतोसहित चार वटा कोठा रहने विशिष्ट संरचना हुन्छ।  उहाँ स्मरण गर्नुहुन्छ, “केही समयअघि अमेरिकी नागरिकहरू समेत यसको विशेषता बुझ्न भादगाउँ आएका थिए । तर, विडम्बना हिजोका ती सबै घुमाउने घरहरू अहिले भत्काइएका छन्, नयाँ पुस्ताले बनाउन छाडेका छन् । हाम्रो पहिचान जोगाउन अब ढिला भइसकेको छ ।” आधुनिक जीवनशैलीप्रति युवा पुस्ताको बढ्दो आकर्षण…
पूरा पढ्नुहोस् ...
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुबै सदनको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुबै सदनको अधिवेशन आह्वान

काठमाडौँ, १६ चैत २०८२ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।  उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार यही चैत १९ गते बिहीबार दिउँसो २ः०० बजे अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो ।  यसअघि, आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
पूरा पढ्नुहोस् ...
सहकारी क्षेत्रको सङ्कट समाधान गर्न ‘सुशासन मार्गचित्र’

सहकारी क्षेत्रको सङ्कट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौँ, १६ चैत २०८२ । सरकारले सहकारी क्षेत्रमा देखिएको सङ्कट समाधान गर्न ‘सुशासन मार्गचित्र, २०८२’ मार्फत बहुआयामिक सुधारको खाका सार्वजनिक गरेको छ ।  सार्वजनिक मार्गचित्रले बचतकर्ताको रकम फिर्ता, नियामकीय संरचना पुनर्गठन, कानुनी कडाइ र प्रविधिमैत्री निगरानी प्रणाली लागू गर्ने प्रबन्ध मिलाउन सिफारिस गरेको छ । सरकारबाट पछिल्लो समय देशभर समस्याग्रस्त सहकारीहरूमा अर्बौं रकम फसेको पृष्ठभूमिमा मार्गचित्रमार्फत यस्तो सुझाव आएको हो ।  सो मार्गचित्रअनुसार सरकारले सबैभन्दा पहिलो प्राथमिकता साना बचतकर्तालाई दिएको छ । समस्याग्रस्त सहकारीका बचतकर्ताहरूमध्ये पाँच लाख रुपैयाँसम्म बचत भएका सदस्यहरूको पहिचान गरी ‘बचत तथा कर्जा सुरक्षण कोष’मार्फत प्राथमिकताका आधारमा तत्काल बचत फिर्ता गर्ने प्रस्ताव गरिएको छ । यसका लागि निश्चित समयसीमा तोकेर सार्वजनिक सूचना जारी गर्ने र निक्षेप सुरक्षाको कानुनी प्रत्याभूति दिने उल्लेख छ । यदि असुल गरिएको सम्पत्तिबाट रकम फिर्ता हुन नसकेको अवस्थामा पनि सुरक्षण कोषबाट पाँच लाख रुपैयाँसम्मको रकम फिर्ता हुने ग्यारेन्टी गरिनुपर्ने मार्गचित्रमा उल्लेख छ । साना बचतकर्ताको रकम फिर्तालाई सहज बनाउन सरकारले आवश्यक परे सहकारी ऋणपत्र जारी गरी तरलता व्यवस्थापन गर्ने योजना पनि अघि सारेको छ । त्यस्तै, पाँच लाख रुपैयाँ भन्दामाथिको बचतका हकमा दामासाहीका आधारमा वितरण गरिनुपर्ने र निक्षेपकर्ताको प्राथमिकता सूची तयार गरिनुपर्ने उल्लेख छ । बचत फिर्ता नभएसम्म समस्याग्रस्त सहकारीका सञ्चालकहरूको अन्य व्यावसायिक कारोबार र आम्दानीमाथि समेत कानुनी निगरानी राखिने प्रावधान प्रस्ताव गरिएको छ…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.