KhojSansar

Khoj Sansar

650 Posts
भानुआटुमा शक्तिशाली भूकम्प

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी, १६ चैत २०८२ । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो, जसले क्षेत्रीय स्तरमा मध्यम कम्पन महसुस गराएको छ । भूकम्प भानुआटुको दोस्रो ठूलो सहर लुगानभिलबाट करिब ३५ किलोमिटर उत्तरपूर्वमा केन्द्रित थियो । प्रारम्भिक रूपमा ७.२ म्याग्निच्युड आँकलन गरिएको यस भूकम्पको परिमाण पछि बढाएर ७.३ निर्धारण गरिएको हो । प्रशान्त सुनामी चेतावनी सेन्टरका अनुसार यस भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिएको स्पष्ट पारिएको छ, जसले तटीय क्षेत्रमा सम्भावित जोखिमलाई कम गरेको छ । युएसजिएसले भूकम्पको गहिराइ करिब ११५.८ किलोमिटर रहेको जनाएको छ, जसका कारण सतहमा व्यापक विनाशको सम्भावना घटेको बताइएको छ । प्रारम्भिक मूल्याङ्कन अनुसार ठूलो मानवीय क्षति वा आर्थिक नोक्सानी भएको सङ्केत छैन । भानुआटु भूकम्पीय दृष्टिले सक्रिय क्षेत्र प्यासिफिक रिङ अफ फायरभित्र पर्ने भएकाले यस्ता घटना यहाँ सामान्य मानिन्छन् ।  करिब तीन लाख २० हजार जनसङ्ख्या रहेको यस द्वीप समूहमा समय-समयमा शक्तिशाली कम्पन हुने गरेका छन् । गत महिना पनि एस्पिरिटु सान्टो टापु नजिक ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले स्थानीय बासिन्दालाई त्रसित बनाए पनि उल्लेखनीय क्षति भने पुर्याएको थिएन । यस पटकको भूकम्प पनि तुलनात्मक रूपमा कम जोखिमपूर्ण देखिएको छ, यद्यपि निगरानी भने जारी राखिएको छ । -रासस/एएफपी 
पूरा पढ्नुहोस् ...
बेमौसमी वर्षा र हिमपातले पर्यटनमा असर

बेमौसमी वर्षा र हिमपातले पर्यटनमा असर

ताप्लेजुङ, १६ चैत २०८२। चैत पहिलो सातापछि सुरु भएको बेमौसमी वर्षाका कारण ताप्लेजुङको हिमाली भेगमा बाक्लो हिमपात भएको छ । पछिल्लो एक सातायता दिनहुँ वर्षा भइरहेको र वर्षाका कारण हिमाली भेगमा हिमपात भएको हो । हिमपातका कारण पर्यटनमा असर पुगेको व्यवसायी बताउँछन् । यसपटक उच्च भेगसँगै हिमाली बस्तीसम्म नै हिमपात भएको छ । बाक्लो हिमपात भएपछि हिमाली भेगका बासिन्दा र पर्यटक बढी प्रभावित भएका छन् । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा बस्ती, वडा ७ ओलाङ्चुङगोलाको याङ्मा र मौवाटार बस्तीमा बाक्लो हिमपात भएको छ । ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ शेर्पाका अनुसार गोला बस्तीसम्म नै सामान्य हिमपात भएको छ । चार हजार २०० मिटर उचाइ रहेको जिल्लाकै उच्च हिमाली बस्ती याङ्मा र मौवाटार क्षेत्रमा करिव आधा फिटसम्म हिउँ परेको स्थानीयले बताएका छन् । निरन्तरको बेमौसमी वर्षा र हिमपातका कारण स्थानीय प्रभावित बनेका छन् । हिमपातले गर्दा पशुपालन पेशासहित हिमाली भेगका बासिन्दाको दैनिकमा असर पुग्ने गरेको शेर्पाले बताउनुभयो । लेलेपको घुन्सा बस्तीमा शुक्रबार निकै बाक्लो हिउँ परेको सामुदायक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिनभयो । अध्यक्ष ओझाका अनुसार कञ्चनजङ्घा आधार शिविर जाने पदमार्गमा पर्ने पर्यटकीय वस्ती घुन्सामा गाउँ ढाक्नेगरी सेताम्मे हिउँ परेको छ । घुन्सा बस्तीसम्म नै हिमपात भएपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ ।   यस्तै पर्यटकीय मौसमसमेत सुरु भई सकेको…
पूरा पढ्नुहोस् ...
लमजुङको पर्यटकीय क्षेत्र घलेगाउँ

लमजुङको पर्यटकीय क्षेत्र घलेगाउँ

लमजुङ, १४ चैत २०८२ । लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्टभिलेज घलेगाउँ  । अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमालको काखमा अवस्थित घलेगाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्छ । लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्टभिलेज । तस्बिरः रासस
पूरा पढ्नुहोस् ...
दुई तिहाइ नजिकको सरकारले के गर्न सक्छ ? के सक्दैन ?

दुई तिहाइ नजिकको सरकारले के गर्न सक्छ ? के सक्दैन ?

काठमाडौँ, ८ चैत २०८२ । प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले के–के गर्न सक्छ ? के–के गर्न सक्दैन ? धेरैको मनमा यो जिज्ञासा पैदा भएको छ । राष्ट्रियसभा विपक्षी दलहरूको नियन्त्रण रहँदा रास्वपाको सरकारले कुन–कुन काम सहजै गर्न सक्छ र कहाँ–कहाँ संवैधानिक अवरोधको सामना गर्नुपर्ने हुन्छ भन्ने विषय राष्ट्रिय बहसको केन्द्रमा छ । सरकारले बजेट पारित गर्ने र कानुन निर्माणमा एकलौटी निर्णय गर्न सक्ने सुविधा पाएको छ । प्रधानन्यायाधीश, न्यायाधीश र संवैधानिक अंगका पदाधिकारीहरुको खराब आचरणका हकमा सजिलै महाभियोग लगाउन सक्छ ।तर, संविधान संशोधन, राष्ट्रपति–उपराष्ट्रपतिविरुद्धको महाभियोग र संकटकाल घोषणा जस्ता गम्भीर विषयमा जटिलता देखिन्छ ।  प्रतिनिधिसभा निर्वाचन २०८२ ले प्रतिनिधिसभामा राजनीतिक दलहरूको हैसियत आनतान फरक पारिदिएको छ । यो चुनावले पुराना भनिएका दलहरूको जनमत नराम्ररी खुम्च्याइदिएको छ भने कतिपय क्षेत्रीय दललाई प्रतिनिधित्वविहीनताको अवस्थामा पुर्‍याइदिएको छ । रास्वपाले चुनावमा सार्वजनिक गरेको घोषणापत्र (वाचापत्र) मा उल्लेख गरेअनुरुप प्रत्यक्ष निर्वाचित कार्यकारी हुने गरी संविधान संशोधन गर्छ कि गर्दैन चासो बढेका छन् । त्यसबाहेक उनीहरूले सुशासनमा सुधारका लागि कानुन संशोधन र त्यसअनुरूपका काम गर्ला कि नगर्ला भन्ने चासो देखाएका छन् । चासो संविधानअनुसार सम्बोधन गर्न सम्भव छ ? यो संविधान खाका कोर्दै गर्दा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सक्रिय थिए । उनी संविधानका केही विषयबाहेक रास्वपाले शासकीय सुधारका लागि सबै काम गर्न…
पूरा पढ्नुहोस् ...
आज दुई प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आज दुई प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, ८ चैत २०८२ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै  कोशी, मधेश र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । -रासस
पूरा पढ्नुहोस् ...
दाउन्नेको अवरोधले सात किलोमिटरसम्म गाडीको जाम

दाउन्नेको अवरोधले सात किलोमिटरसम्म गाडीको जाम

नवलपुर, ७ चैत २०८२ । लगातारको वर्षाले चिप्लो बाटोमा गाडीहरू उक्लिन नसक्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार ७ किलोमिटरभन्दा लामो जाम परेको छ ।  शुक्रबार दिउँसोदेखि पानी परेर सडक चिप्लो भएपछि दाउन्ने खण्ड अवरुद्ध हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले केहीबेर खुल्ने गरेपनि फेरी अवरुद्द हुँदा सवारी साधन लामो जाममा परेका बताउनुभयो । पैसट्ठीमोड र विश्वकर्मा मन्दिर नजिक बढी समस्या देखिएको उहाँको भनाइ छ । यहाँ हिजो दिउँसोदेखि नै पानी परे पनि अहिले भने पानी पर्न रोकिएको छ । अव भने विस्तारै यात्रायाता सहज हुन सक्ने उहाँको भनाइ छ । सडक हिलाम्य र चिप्लो भएपछि हिजोदेखि तीन दिनसम्म रातिका लागि ठुला तथा मालबाहक सवारी साधन प्रतिबन्ध लगाइएको छ ।  सडक आयोजनाले शुक्रबार एक सूचना जारी गरी दाउन्नेमा लगातारको पानीले सडक हिलाम्य र चिप्लो हुँदा सवारी साधन आवत जावतमा समस्या भएकोले राति ठुला तथा मालवाहक सवारी साधन चैत्र ६ गतेदेखि ८ गते सम्मलाई प्रतिबन्ध लगाइएको हो । प्रहरी उपरीक्षक खड्काका अनुसार साना तथा ठुला सवारी साधनले अप्ठेरो बाटोमा पनि जबरजस्ती ओभरट्याक गर्न खोज्दा झन समस्या हुने गरेको छ। 
पूरा पढ्नुहोस् ...
मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुक्तिनाथ (मुस्ताङ), ७ चैत २०८२ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  हिमपात लगत्तै उपल्लो मुस्ताङमा विद्युत आपुर्ति अवरुद्ध तथा सडक सञ्जालमै बाक्लो हिउँका कारण घुम्न गएका पर्यटक तथा तिर्थालु प्रभावित भए पनि शनिबार मौसममा सुधार आएसँगै क्रमशः स्थिति सामान्य भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउनुभयो ।  हिमपात रोकिएपछि मौसममा आएको सुधारले बेनी–जोमसोम–कोरला सडक, कागबेनी–मुक्तिनाथ सडकमा साना, ठुला सवारीसाधन सहज रुपमा आवत–जावत गरिरहेको सूचना अधिकारी बस्यालको भनाइ छ ।  मुस्ताङबाट बाहिरिने र भित्रिने सवारी साधनलाई सडकमा कुनै समस्या छैन भने तापक्रममा समेत सुधार भएकाले पर्यटक र तिर्थालुले समेत राहत महशुस गरेका छन् । मुस्ताङमा यो सिजनको छैठौ पटकको हिमपातले विभिन्न रोगको प्रकोप समेत न्यूनीकरणमा समेत सघाएको भन्दै कृषक समेत उत्साहित छन् ।  फागुन, चैत्र महिनामा हुने हिमपात र बर्षाले एक बाली हुने उपल्लो क्षेत्र र पर्याप्त सिँचाइको अभावका कारण नियमित उत्पादनमा ह्रास आउने अवस्थामा समग्र जिल्लाभर उत्पादन बृद्धि हुने कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले बताउनुभयो ।  बर्षा र हिमपातले कृषि, पशुपालन तथा वातावरणीय दृष्टिकोणले समेत मुस्ताङलाई सहज भएको स्थानीयको बुझाइ छ । चरन क्षेत्रमा घाँस पलाउने, आयुर्वेदिक औषधीय गुण भएका जडीबुटी यार्सागुम्बा, वन लसुन, जिम्बु र गुची च्याउ, निरमसी, जटामसी लगायतका…
पूरा पढ्नुहोस् ...
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, ४ चैत २०८२ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा पहाडी र तराईमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदुरपश्चिम, गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने छ ।   गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने छ भने  बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । -रासस 
पूरा पढ्नुहोस् ...
काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

काठमाडौं, ३ चैत २०८२ । अफगानिस्तानले पाकिस्तानमाथि देशको राजधानी काबुलमा रहेको एक लागुऔषध प्रयोगकर्ताहरूको अस्पतालमा गरेको आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको छ । २५० घाइते भएका छन् ।  यो घटना गत महिनाको अन्त्यतिर सुरु भएको द्वन्द्वको अर्को श्रृंखला हो, जहाँ बारम्बार सीमापार झडपका साथै अफगानिस्तानभित्र हवाई आक्रमणहरू भइरहेका छन् । युद्धविरामका लागि गरिएका अन्तर्राष्ट्रिय आह्वानहरूलाई बेवास्ता गरिएको छ । पाकिस्तानले अस्पतालमा आक्रमण गरेको आरोपलाई अस्वीकार गरेको छ । पूर्वी अफगानिस्तानमा गरिएका आफ्ना आक्रमणहरूले कुनै पनि नागरिक क्षेत्रलाई निशाना नबनाएको पाकिस्तानले बताएको छ । अफगानिस्तानका सरकारी उप–प्रवक्ता हमदुल्लाह फित्रतले एक्समा एक पोस्ट गर्दै स्थानीय समयअनुसार राति करिब ९ बजे गरिएको हवाई आक्रमणले अस्पतालमा क्षति पुर्‍याएको बताएका छन् । उनले दुई हजार बेड क्षमताको उक्त संरचनाका ठूला खण्डहरू ध्वस्त पारेको बताएका छन् । उनले मृत्यु हुनेको संख्या अहिलेसम्म ४०० पुगेको र करिब २५० जना घाइते भएको जानकारी दिएका छन् । स्थानीय टेलिभिजनहरूले एक्समा पोस्ट गरेका फुटेजहरूमा सुरक्षा बलहरूले टर्चलाइट प्रयोग गर्दै हताहत भएकाहरूलाई बोकिरहेको र अग्निनियन्त्रकहरूले भवनको भग्नावशेषमा सल्किएको आगो निभाउन संघर्ष गरिरहेको देखिन्छ । फित्रतले उद्धार टोलीहरू आगो नियन्त्रण गर्न र शवहरू निकाल्न खटिरहेको बताएका छन् । दुई छिमेकीहरूबीच वर्षौं यताकै घातक लडाइँ तेस्रो हप्तामा प्रवेश गरेको छ । सीमामा दुवै पक्षबीच गोली हानाहान भई अफगानिस्तानमा…
पूरा पढ्नुहोस् ...
युवा चेत र लोकतन्त्रको परीक्षा

युवा चेत र लोकतन्त्रको परीक्षा

कालिगण्डकी, ३ चैत २०८२, मंगलबार । प्रविधि–सुगमता र सूचना–बाढीसँगै युवामा आलोचनात्मक चेत घट्दै गएको विरोधाभास प्रस्ट देखिन्छ । मनोरञ्जनप्रधान डिजिटल संस्कृतिले विचार निर्माणको गहिराइ सतहमा झारेका बेला समाधान मिडिया–सूचना साक्षरता, तथ्य जाँचको अभ्यास र नीतिस्तरको दीर्घकालीन लगानीमा निहित छ । मिडिया तथा सूचना साक्षरतामा काम गर्ने क्रममा र विभिन्न तहका विद्यार्थीसँग नियमित अन्तक्रिया गर्दा बारम्बार एउटै विरोधाभास उभिन्छ, जति सहरी र प्रविधि सुगम परिवेश, त्यति कमजोर आलोचनात्मक चेत । हालै सम्पन्न निर्वाचनको रुझानलाई विद्यार्थीसँग सँगै बसेर नापजाँच गर्दा पनि यही निष्कर्ष थप स्पष्ट भयो । प्रविधिमाथिको दक्षता बढ्दै जाँदा आलोचनात्मक चेत पनि स्वतः परिपक्व हुन्छ भन्ने सहज मान्यता व्यवहारमा उल्टो देखिन थालेको छ । यो केवल निजी अनुमान होइन; विगतमा गरिएको अध्ययन, कक्षा अनुभव र अनुसन्धान पर्यवेक्षणले पनि यही तस्बिर चित्रित गर्छन् । राजधानीकेन्द्रित, महँगा कलेजमा अध्ययन गर्ने र स्रोतसाधनमा सहज पहुँच भएका युवामा कम्प्युटर, इन्टरनेट र एप्लिकेसन चलाउने व्यावहारिक सिप प्रशंसनीय भेटिन्छ तर प्रविधिद्वारा आउने सूचनालाई किञ्चित दुरीबाट हेरिने, स्रोत समालोचनासहित नापजाँच गरिने, एजेन्डा पहिचानसहित विश्लेषण गरिने क्षमतामा भने कमी देखिन्छ । समस्या प्रविधि आफैँमा होइन; त्यसमार्फत बग्ने सूचनाको चरित्र बुझ्न नसक्नु, सत्य असत्य छुट्याउन नसक्नु र प्रमाणमा आधारित तर्कबाट निष्कर्षमा पुग्न नसक्नुमा छ । आलोचनात्मक चेतको उल्टो सम्बन्ध हामी सहजै विश्वास गर्छौं कि प्रविधि सुगमता वा सहरी पहुँचको…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.