KhojSansar

Khoj Sansar

650 Posts
बन्दीपुरमा नेपालकै पहिलो ‘होमस्टे सर्किट’ घोषणाको तयारी

बन्दीपुरमा नेपालकै पहिलो ‘होमस्टे सर्किट’ घोषणाको तयारी

तनहुँ, ३ चैत २०८२ । गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ यस वर्षको ‘गाउँ पर्यटन मार्ट २०८३’ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा आगामी वैशाख १८ र १९ गते यो महोत्सव हुन लागेको हो । ग्रामीण पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्र चलायमान बनाउन र मौलिक संस्कृतिको जगेर्ना गर्न यो मार्ट कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार पोखरामा लगातार तीन संस्करण सम्पन्न भएपछि यसपटक नयाँ ग्रामीण गन्तव्यलाई प्रवर्धन गर्ने लक्ष्यसहित चौथो संस्करण बन्दीपुरमा आयोजना गर्न लागिएको हो । नेपालकै पहिलो होमस्टे सर्किट मार्टको अवसरमा बन्दीपुरले ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’लाई समेत विशेष प्राथमिकताका साथ अघि सारेको छ । करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको यो सर्किटले १४ वटा होमस्टे (घरबास) सहित २० वटा गाउँलाई समेट्नेछ । यसलाई नेपालकै पहिलो होमस्टे सर्किटको रूपमा विकास गर्ने योजना बनाइएको छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले यस सर्किट विकासका लागि तीन चरणका कार्यक्रम तय गरेको छ । पहिलो चरणअन्तर्गत चैत १४ र १५ गते पर्यटन तथा संस्कृतिविद्, व्यवसायी र प्राविधिक टोलीले समग्र सर्किटको अध्ययन अवलोकन गर्नेछन् । स्थानीय उत्पादन र संस्कृतिको सङ्गम मार्टमा गण्डकी प्रदेशका सामुदायिक होमस्टे, पर्यटकीय कृषि फार्म (फार्म स्टे), पर्यटन…
पूरा पढ्नुहोस् ...
राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बिमा सेवा

राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बिमा सेवा

काठमाडौँ, ३ चैत २०८२ । राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बिमा सेवा उपलब्ध हुने भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेबिच आज राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बिमा सेवा प्रवाह गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लले समझादारीअनुसार राष्ट्रिय परिचयपत्र नम्बरमार्फत नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरी स्वास्थ्य बीमा प्रणालीलाई अझ सुरक्षित, छिटो, विश्वसनीय बनाइने बाउनुभयो । “अहिलेको सम्झौताअनुसार बोर्ड र विभागको तथ्याङ्कलाई एकीकृत गर्नेछौँ”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्नेछौँ ।” उहाँले आगामी चैत २५ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारका दर्ता र नवीकरण हुने बताउनुभयो । स्वास्थ्य बिमा बोर्डमा अहिले एक करोड दुई लाख विमित आबद्ध रहेका छन् । अहिले नागरिकता र चालक अनुमतिपत्रका आधारमा स्वास्थ्य बिमा गर्ने गरिएको छ । सूचना अधिकारी मल्लले राष्ट्रिय परिचयपत्रले बिमा दर्ता, नवीकरण तथा सेवा प्राप्त प्रक्रियालाई सरल बनाउँदै तथ्याङ्क एकीकरण, दोहोरो दर्ता नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताउनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
नेपालको समृद्धि साझा लक्ष्य

नेपालको समृद्धि साझा लक्ष्य

काठमाडौँ, ३ चैत २०८२ । प्रधानमन्त्री सुशीला कार्कीले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको नेपाल नयाँ राजनीतिक परिवेशअनकूल मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जागृत भएको बताउनु भएको छ ।  गैरआवासीय नेपाली सङ्घको १२ औँ महाधिवेशन तथा विश्व सम्मेलन समापन समारोहलाई सोमबार सम्बोधन गर्दै उहाँले यसअनुरूप लगानी र सहकार्यका विभिन्न अवसरमा सक्रिय सहभागिताका लागि गैरआवासीय नेपालीलाई आह्वान गर्नुभएको छ । एनआरएनएको योगदानले देशको दिगो विकास, पर्यावरणीय संरक्षण र आर्थिक समृद्धिलाई सुदृढ बनाउने उहाँको भनाइ छ । नेपाललाई समृद्ध, अवसरयुक्त र उन्नतिशील राष्ट्र बनाउनु सबैको साझा लक्ष्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालमै अवसर सिर्जना गर्ने, नेपाली युवालाई आशावादी बनाउने र नेपाल विश्वका पर्यटकका लागि सुरक्षित तथा आकर्षक गन्तव्य हो भन्ने सन्देश फैलाउने काममा तपाईंहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने छ ।” वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने, गैरआवासीय नेपालीको पुँजी सुरक्षित र पारदर्शी ढङ्गले परिचालन गर्ने तथा दीर्घकालीन लगानी संरचना निर्माण गर्ने नीति अबको प्राथमिकतामा रहने छ भन्नेमा विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले बताउनुभयो । एनआरएनएहरू वास्तवमा नेपालको सद्भावना दूत भएको भन्दै उहाँले भन्नुभयो, “विश्वसामु कस्तो नेपाल प्रस्तुत गर्ने भन्ने कुरा तपाईंहरूको आचरण, व्यवहार र योगदानमा पनि निर्भर हुन्छ । तपाईंहरू जहाँ बस्नुहुन्छ, त्यहाँ नेपालको गौरव, पहिचान र संस्कृति विश्वसामु परिचित गराइरहनुभएको पनि छ । यसका लागि म तपाईंहरू सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।” नेपालको संविधानले गैरआवासीय नेपालीलाई…
पूरा पढ्नुहोस् ...
कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, ३ चैत २०८२ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान र बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने  तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना  रहेको महाशाखाले  जनाएकोछ ।
पूरा पढ्नुहोस् ...
महत्वपूर्ण दस्ताबेज संरक्षणका लागि ‘डिजिटल आर्काइभिङ’

महत्वपूर्ण दस्ताबेज संरक्षणका लागि ‘डिजिटल आर्काइभिङ’

काठमाडौँ, २ चैत २०८२ । सरकारले दीर्घकालीन महत्वका अध्ययन प्रतिवेदनको ‘डिजिटल अर्काइभिङ’ कार्य सुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले त्यस्ता ‘डिजिटल अर्काइभिङ’ कार्य सुरु गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले दीर्घकालीन महत्वका अध्ययन प्रतिवेदनको संरक्षण तथा आवश्यक परेका बेला सहजै उपलब्ध गराउने उद्देश्यले अध्ययन प्रतिवेदनको ‘डिजिटल अर्काइभिङ’ कार्य सुरु गरिएको जानकारी दिनुभयो । विभिन्न सङ्घीय मन्त्रालय तथा निकायबाट विभिन्न घटनाक्रममा बेला बेलामा भएका अध्ययनको महत्वलाई भविष्यका लागि समेत सुरक्षित राख्न तथा आवश्यक परेका बेलामा त्यस्ता अध्ययन प्रतिवेदन सहज ढङ्गले उपलब्ध होस्, प्रतिवेदनमा सुझाइएका सुझावको सहज कार्यान्वयन होस् भन्ने उद्देश्यसहित तिनीहरूको ‘डिजिटल अर्काइभिङ’ सुरु गरिएको बताउँदै प्रवक्ता अर्यालले त्यसका लागि मन्त्रालय र निकायलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पत्राचार भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय मन्त्रालय र निकायबाट अध्ययन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उपलब्ध भइसकेको छ । कतिपय मन्त्रालय र निकायबाट आउने क्रममा रहेको जानकारी प्राप्त भएको छ । प्राप्त भइसकेको प्रतिवेदनको ‘डिजिटल अर्काइभिङ’ कार्य सुरु भइसकेको छ । प्राप्त हुने सबै प्रतिवेदनको ‘डिजिटल अर्काइभिङ’ गरिने उहाँले जानकारी दिनुभयो । अध्ययन प्रतिवेदनको ‘डिजिटल अर्काइभिङ’ को विशेष महत्व रहेको बताउँदै उहाँले भन्नुभयो, “मुख्यतः मुलुकको शासकीय सुधारलाई सहज हुने, सेवा प्रवाहलाई प्रभावकारी बनाउनेलगायतका सबै प्रकृतिका अध्ययन प्रतिवेदनलाई ‘डिजिटल अर्काइभिङ’ गरेपछि ती अध्ययन प्रतिवेदनमा पहुँचको दृष्टिकोणले प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सुरक्षित छ भन्ने…
पूरा पढ्नुहोस् ...
राजनीतिक दलले बुझाए समानुपातिक सदस्यको सूची

राजनीतिक दलले बुझाए समानुपातिक सदस्यको सूची

काठमाडौँ, २ चैत २०८२ । राजनीतिक दलहरूले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सदस्यको सूची निर्वाचन आयोगमा बुझाएका छन् । प्राप्त सूचिमाथि निर्वाचन आयोगले रुजु गर्ने प्रक्रिया सुरु गरेको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टीले आइतबार आयोगसमक्ष समानुपातिक सदस्यको सूचि बुझाएका हुन् । रास्वपाले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ४८ महिला र नौ जना पुरुष गरी ५७ जना उम्मेदवारको नामावली निर्वाचन आयोगमा सिफारिस गरेको छ । आइतबार बसेको रास्वपा केन्द्रीय सचिवालय बैठकले सिफारिस गरेको नामावली निर्वाचन आयोगले प्रमाणीकरण नगर्दासम्म सार्वजनिक नगर्ने निर्णय गरेको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सचिवालय बैठकले खसआर्यतर्फ १७, जनजाति १६, दलित आठ, मुस्लिम तीन, मधेशी नौ, थारू चार जना गरी ५७ जनाको नाम आयोगमा बुझाउने निर्णय गरेको हो ।  निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सिफारिस गर्न दललाई आइतबारसम्मको समय दिएको थियो । जस अनुसार रास्वपाको केन्द्रीय कार्यालयले जिम्मेवारी तोकेका केही कर्मचारी र पार्टीका सचिवालय सदस्यको नेतृत्वमा निर्वाचन आयोगमा पुगी समानुपातिक नामावली बुझाएको हो । रास्वपाले आयोगमा बुझाएको सूची रुजु नभएसम्म सूचीमा समावेश भएका सदस्यको नाम सार्वजनिक नगर्ने जनाएको छ । पार्टीका प्रवक्ता मनिष झाले भन्नुभयो, “राजनीतिक र कानुनी प्रक्रिया अन्तर्गत जबसम्म निर्वाचन आयोगले सो नाम भेरिफाई गरी प्रमाणित गर्दैन, तबसम्म त्यसलाई हामीले हाम्रोतर्फबाट प्रस्तावित मात्रै मान्न सकिने भएकाले हामी नामहरू निर्वाचन आयोगतर्फबाट नै सार्वजनिक होस् भनेर त्यतिन्जेलसम्म कुर्ने…
पूरा पढ्नुहोस् ...
पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो

पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो

काठमाडौं, २ चैत २०८२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ । दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजल र मट्टीतेलको मूल्य १५१ पुगेको छ । त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ । निगमतले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । ‘यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ ।’
पूरा पढ्नुहोस् ...
विदेशी मुद्राको विनिमयदर

विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  १ चैत २०८२ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ६४ पैसा र बिक्रीदर १४८ रुपियाँ  २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ २८ पैसा र बिक्रीदर १६९ रुपियाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ७५ पैसा र बिक्रीदर १९६ रुपियाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपियाँ  ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ  ३३ पैसा र बिक्रीदर ११५ रुपियाँ  ८० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ  २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ  ४१ पैसा र बिक्रीदर २१ रुपियाँ  ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ  ३५  पैसा र बिक्रीदर ३९ रुपियाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५० पैसा र बिक्रीदर ४० रुपियाँ  ६६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको…
पूरा पढ्नुहोस् ...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  १ चैत २०८२ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।  यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४५, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु २५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ३५, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ४५ र भन्टा डल्लो प्रतिकिलो रु ५५ कायम भएको छ ।  त्यसैगरी,  बोडी (तने) प्रतिकिलो रु १२०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ४०, तिते करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ११०, घिरौँला प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु १०, हरियो…
पूरा पढ्नुहोस् ...
ग्यास अभावपछि इन्डक्सन प्रयोग गर्न आग्रह

ग्यास अभावपछि इन्डक्सन प्रयोग गर्न आग्रह

काठमाडौँ, १ चैत २०८२ । बजारमा खाना पकाउने एलपी ग्यास अभाव हुन थालेपछि त्यसको विकल्पमा विद्युतीय चुलो (इन्डक्सन) प्रयोग बढ्न थालेको छ । सरोकारवाला संस्थाले पनि उपभोक्तालाई इन्डक्सनकै प्रयोग आग्रह गरेका छन् ।  अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा देखिएको तनावबाट ग्यास आपूर्ति प्रभावित भइरहेको छ । आपूर्तिमा समस्या देखिन थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले उपभोक्तालाई यस्तो आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको खपत कम हुने गरी बिजुलीको प्रयोग बढाउन सकिने बताउनुभयो ।  इन्डक्सन, राइस कुकुर प्रयोग गर्दा वातावरणमैत्री पनि हुने र ग्यासभन्दा सस्तो पर्ने भएकाले विकल्पमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।  बजारमा माग अनुसार आयात नहुँदा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । निगमले बजारमा ग्यासको अभाव कम गर्न शुक्रबारदेखि आधा तौल भएको ग्यास सिलिन्डर बिक्री सुरु गरेको छ । निगमले ग्यासको सट्टा बिजुलीको खपत बढाउने, राइड सेयरिङको व्यवस्था गर्ने, विद्युत्का लागि जेनेरेटर नचलाउन उपभोक्तालाई आग्रह गरेको छ । ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न आमउपभोक्तालाई साल्ट ट्रेडिङ कर्पोरेसनले पनि आग्रह गरेको छ ।  मध्यपूर्वी देशमा देखिएको तनावले ग्यास आपूर्तिमा समस्या हुने धेरैको आशङ्का छ । नेपालले भारतबाट आपूर्ति गर्ने हुँदा मध्यपूर्वको समस्याले नेपालमा पनि प्रभाव पर्छ भन्ने डरमा आमउपभोक्तामा छ ।   बजारमा विभिन्न ब्रान्डका…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.