KhojSansar

Khoj Sansar

650 Posts
रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी, १ चैत २०८२ । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ । राष्ट्रिय राजमार्गअन्तर्गत उक्त सडकखण्डको सत्यवती गाउँपालिकास्थित सिस्ने भीरमा सडक स्तरोन्नति गर्ने काम सुरु भएसँगै चैत १ देखि ३० गतेसम्म सडक पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  सडक डिभिजन कार्यालय पाल्पाको पत्रअनुसार उक्त राजमार्गको अतिसंवेदनशील र साँघुरो स्थान सिस्ने भीरमा सडक कटिङ गर्ने क्रममा ढुंगा खस्ने जोखिम बढ्न सक्ने र दुर्घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैह्रेले जानकारी दिए ।  प्रशासनले उक्त सडक स्तरोन्नति गर्दा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गरी यातायात सञ्चालन र आवागमन गर्न आग्रह गरेको छ । कार्यालयले वैकल्पिक सडकका रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न अनुरोध गरेको छ ।  कार्यालयले उक्त कार्यमा आवश्यक सहयोग एवं सहजीकरणका लागि मुसीकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई समेत पत्राचार गरेको छ । प्रशासनले सार्वजनिक रूपमा सूचना जारी गरी उक्त सडक एक महिनाका लागि २४सै घण्टा बन्द रहने जनाएको हो ।  सडक डिभिजन कार्यालयले गत माघ २६ देखि फागुन १५ गतेसम्म २० दिन आंशिक रूपमा बन्द गरी सडक स्तरोन्नतिको काम गरेको थियो । जिल्लामा सबैभन्दा धेरै सवारीसाधन सञ्चालन हुने उक्त सडक गुल्मीको वामीटक्सारबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङको बुर्तिबाङसम्म सवारीसाधन ओहोरदोहोर गर्ने मुख्य सडकअन्तर्गत पर्छ…
पूरा पढ्नुहोस् ...
कार्बन सञ्चितिबाट प्राप्त लाभको उपयोगका लागि लगानी योजना माग

कार्बन सञ्चितिबाट प्राप्त लाभको उपयोगका लागि लगानी योजना माग

काठमाडौं, १ चैत २०८२ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले कार्बन सञ्चिति तथा उत्सर्जन न्यूनीकरणबाट प्राप्त लाभको बाँडफाँटसँग सम्बन्धित लगानी योजना पेस गर्न अनुरोध गरेको छ । यसका लागि केन्द्रले फागुन ३० गते सार्वजनिक सूचना जारी गर्दै चैत ८ गतेसम्ममा लगानी योजना पेस गर्न अनुरोध गरेको हो । तराई भू-परिधि क्षेत्रअन्तर्गतका १३ जिल्लाहरूका सामुदायिक वन उपभोक्ता समूहहरूलाई लक्षित गरी यो सूचना प्रकाशित गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, प्रभावित क्षेत्रहरूमा मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १३ जिल्लाहरू (रौतहट, बारा, पर्सा, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) यस कार्यक्रममा समेटिएका छन् । यी जिल्लाहरूका करिब २० लाख हेक्टर वन क्षेत्रमा सञ्चालित उत्सर्जन न्यूनीकरण कार्यक्रममार्फत पहिलो किस्तास्वरूप लाभको रकम प्राप्त भएको छ । राष्ट्रिय वन र मध्यवर्ती क्षेत्रका समुदायमा आधारित वन उपभोक्ता समूहहरूले तोकिएको ढाँचामा लगानी योजना तयार गरी सम्बन्धित डिभिजन वन कार्यालयमा रहेको रेड सेलमा २०८२ चैत ८ गतेभित्र बुझाउनुपर्नेछ । योजनामा समेटिने विषयहरूमा लगानी योजनामा उपभोक्ता समूहको स्वीकृत कार्ययोजनामा उल्लेख गरिएका वन व्यवस्थापन र जैविक विविधता संरक्षणसम्बन्धी क्रियाकलापहरू समावेश गर्न सकिनेछ । थप जानकारीका लागि इच्छुक समूहहरूले लगानी योजनाको ढाँचा रेड कार्यान्वयन केन्द्रको वेबसाइट वा सम्बन्धित डिभिजन वन कार्यालयको रेड सेलबाट प्राप्त गर्न सक्ने जनाइएको छ ।
पूरा पढ्नुहोस् ...
एघार महिनामा छ हजार विपद्का घटना

एघार महिनामा छ हजार विपद्का घटना

काठमाडौँ,  १ चैत २०८२ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका छन् । विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।प्राधिकरणको विवरणअनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् ।  तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ ।सो अवधिमा बाढीका तीन सय १८, पहिरो पाँच सय ९०, भारी वर्षा चार सय २९, चट्याङ तीन सय ६७, सर्पदंश पाँच सय ९२, डढेलो दुई सय ४६ वटा घटना भएका छन् ।  त्यस्तै, हावाहुरीका दुई सय ९२, जनावर आक्रमण चार सय ८८, लेक लागेका एक सय १९ घटना भए । हिमपहिरोका पाँच, भूकम्प सात, डुङ्गा पल्टेर दुईवटा घटना घटेका छन् ।  त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म कुल २९ विपद्का घटना भएका प्राधिकरणले जनाएको छ । -रासस
पूरा पढ्नुहोस् ...
दोस्रो सातामा नयाँ सरकार

दोस्रो सातामा नयाँ सरकार

काठमाडौँ, १ चैत २०८२ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित हुने सदस्यले चैत ५ गतेसम्म निर्वाचितको प्रमाणपत्र पाउँदै छन् । निर्वाचन आयोगको पत्राचार अनुसार छ वटा राजनीतिक दलका तर्फबाट निर्वाचित हुने सदस्यको नामावली आइतबारसम्म पठाउनुपर्ने छ । कार्यतालिकाबमोजिम काम सम्पन्न भएमा चैत ५ गतेसम्म प्रतिनिधि सभामा २७५ सदस्यै निर्वाचित हुने छन् । प्रत्यक्षतर्फ धनुषा–१ को विवादमा अदालतले यसअघिको परिणाम बदरको कुनै आदेश नगरेमा निर्वाचन परिणामले पूर्णता पाउने छ । आयोगको तयारी अनुसार चैत ५ गते नै अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाइने छ । आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस गरेसँगै उक्त जानकारी सङ्घीय संसद्मा पठाइने छ । परिणाम संसद् पुगेसँगै शपथको तयारी तथा राजनीतिक दलहरूबाट सरकार गठनको प्रक्रिया समानान्तर रूपमा अगाडि बढ्ने छन् । संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य नियमावलीको व्यवस्था अनुसार शपथका लागि ज्येष्ठ सदस्य निक्र्योल गर्ने छ । ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने व्यवस्था छ । सदस्यहरूको शपथपछि दलहरूले संसदीय दलको नेता चयन गर्ने छन् ।  निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकल बहुमत प्राप्त गरेकाले नेपालको संविधानको धारा ७६ (१) बमोजिम सरकार गठनको प्रक्रिया सुरु हुने छ । उक्त व्यवस्था अनुसार दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने छ । निर्वाचन आयोगले चैत ५ भित्रै अन्तिम प्रतिवेदन पेस गरेमा ढिलामा पनि चैत…
पूरा पढ्नुहोस् ...
रास्वपाको प्रत्यक्षभन्दा समानुपातिक मत बढी, अरु दल खस्किए

रास्वपाको प्रत्यक्षभन्दा समानुपातिक मत बढी, अरु दल खस्किए

काठमाडौं, ३० फागुन २०८२ । निर्वाचन क्षेत्रबाट उम्मेदवारले धेरै मत पाउँछ कि पार्टीले ? यसको यकिन जवाफ छैन । २१ फागुनमा भएको मतदानमा प्रत्यक्षतर्फ उम्मेदवारहरूले पाएको मत र समानुपातिकतर्फ दलहरूको मत एकनाशको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टी (श्रसंपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले भन्दा पार्टीले समानुपातिकमा पाएको मत धेरै छ । तर नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारले पाएको भन्दा समानुपातिकमा प्राप्त मत कम छ । १२५ क्षेत्रमा जित्न सफल रास्वपाले देशभरी १६३ क्षेत्रमा उम्मेदवारी दिएको थियो । प्रत्यक्षतर्फ उनीहरूले पाएका मत ४५ लाख ८७ हजार ९९५ छ । जबकि रास्वपाले समानुपातिकतर्फ ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको छ । राप्रपा र श्रसंपाका उम्मेदवारहरूले पाएको मतभन्दा समानुपातिकतर्फ पाएको मत बढी छ । श्रसंपाले प्रत्यक्षतर्फ १०९ क्षेत्रमा उम्मेदवार उठाएको थियो । यो पार्टीका सबै उम्मेदवारले पाएको मत जोड्दा ३ लाख ६९५ पुग्छ । जबकि समानुपातिकतर्फ पाएको मत ३ लाख ८५ हजार ९०२ छ । एउटा सिट जितेको राप्रपाको प्रत्यक्षतर्फ १६३ क्षेत्रमा उम्मेदवार थिए । यो पार्टीका सबै उम्मेदवारले पाएको मत जोड्दा २ लाख ७ हजार ६८ मत पुग्दछ । समानुपातिकतर्फ भने राप्रपाले ३ लाख ३० हजार ६८४ मत पाएको छ । कांग्रेस–एमाले–नेकपालाई प्रत्यक्षमा भन्दा समानुपातिक कम प्रत्यक्षमा १८ सिट जितेको…
पूरा पढ्नुहोस् ...
नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५ र ६ गते काठमाडौमा हुने, अध्यक्षमा सुनुवार, ह्योल्मो, राई र छन्त्यालको दावी

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५ र ६ गते काठमाडौमा हुने, अध्यक्षमा सुनुवार, ह्योल्मो, राई र छन्त्यालको दावी

काठमाडौं, २९ फागुन २०८२ । नयाँ नेतृत्व छनौट गर्ने एजेन्डा सहित नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन यही चैत ५ र ६ गते काठमाडौंमा हुने भएको छ । महाधिवेशनको चैत ५ गते अपरान्ह नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमाको सभा भवनमा  उद्घाटन  कार्यक्रम तय भएको छ ।  नेपाल आदिवासी जनजाति महासंघले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महाधिबेशन आयोजक समितिका अध्यक्ष गेल्जे लामा शेर्पाले सो जानकारी दिनु भएको  हो ।  महाधिबेशको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने कार्यक्रम रहेको महासंघले जनाएको छ । राष्टप्रमूखबाट नेपाल आदिवासी जनजाति महासंघको महाधिबेशन उद्घाटन कार्यक्रम भएको यो पहिलो पटक हो ।  महाधिबेशनले अध्यक्ष सहित  २१ जनाको सचिवलय गठन निर्वाचित गर्ने छ । महासंघको बिधान अनुसार अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७ (महिला ३ अनिवार्य), महासचिव १, उपमहासचिव १, विभागीय÷विषयगत सचिव ८ (महिला ४ अनिवार्य) र कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ गरी २१ जना निर्वाचित गर्ने प्रावधान छ ।  नेपाल आदिवासी जनजाति महासंघमा ५६ जातीय संस्थाले संगठन सदस्यता प्राप्त गरेका छन् ।  यस महाधिबेशनमा अध्यक्षको दावेदारका रुपमा चार जनाले प्रचार अभियान सुरु गर्नू भएको छ । अध्यक्षका प्रमूख दावेदारहरुमा सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, पूर्व प्रदेश मन्त्री समेत रहनु भएका निमा ह्योल्मो, किरात राइ यायोक्खाका अध्यक्ष जीवन हातोछा राई र छन्त्याल संघका पूर्व अध्यक्ष मोहन छन्त्याल हुनु…
पूरा पढ्नुहोस् ...
महँगी जोखिममा उपभोक्ता, ‘पर्ख र हेर’ मा सरकार

महँगी जोखिममा उपभोक्ता, ‘पर्ख र हेर’ मा सरकार

काठमाडौं, २८ फागुन २०८२ । इजरायल-अमेरिका र इरानबीच बढ्दो सैन्य तनावले विश्व राजनीतिको तापक्रम मात्र बढाएको छैन, आयातमा निर्भर नेपालजस्तो देशको अर्थतन्त्रमा समेत संकटको संकेत देखाएको छ । उक्त सैन्य मुठभेडले विश्वव्यापी आपूर्ति शृङ्खला खल्बलाउँदा पूर्णरूपमा आयातमा निर्भर नेपालमा खाना पकाउने एलपी ग्यास, चामल, दाल, खानेतेल, तरकारी, फलफूल र इन्धन मूल्य अस्वाभाविक रूपमा बढ्ने र उपभोक्ताले त्यसको महँगो मूल्य तिर्नुपर्ने जोखिम देखिएको छ । नेपाली उपभोक्ताले दुई महिनादेखि ग्यास अभाव झेलिरहेका छन् । खाडी तनावको सिधा असर बुधबार अन्तर्राष्ट्रिय बजारमा देखिएको छ । कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ अमेरिकी डलर छ । यस्तै रेड सी (लाल सागर) र हर्मुज जलसन्धिमा सिर्जना भएको अवरोधका कारण खानेतेलको कच्चा पदार्थ आयात गर्ने ढुवानी खर्च प्रतिटन १ सय ५० डलरसम्म बढेको छ । यसले नेपाली बजारमा खानेतेलको मूल्य महँगो बनाउने निश्चित देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा कति छ मूल्य ? अन्तर्राष्ट्रिय बजारमा इन्धन, खानेतेल र ग्यासको मूल्यमा नयाँ उतारचढाव देखिएको छ । पछिल्लो तथ्यांक अनुसार इन्धनतर्फ ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८२ देखि ८५ डलर बीचमा छ । यस्तै डब्लूटीआई कच्चा तेल प्रतिब्यारेल ७७ देखि ८० डलरमा कारोबार भइरहेको छ । खाना पकाउने एलपी ग्यासको थोक मूल्यमा पनि नयाँ दर कायम भएको छ । साउदी अरामकोको कन्ट्रयाक्ट प्राइस (सीपी) अनुसार एलपी ग्यास प्रतिटन ६ सय…
पूरा पढ्नुहोस् ...
लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

बुटवल, २६ फागुन २०८२ । वायु गुणस्तर मापनका आधारमा संघीय राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा पुग्दा लुम्बिनी प्रदेशका मुख्य सहरमा वायु प्रदूषणको अवस्था यकिन गर्न सकिएको छैन । लुम्बिनी प्रदेशका चार स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना भए पनि हाल दाङ देउखुरीको मात्र सञ्चालन छ । जसका कारण घना जनघनत्व भएका बुटवल, भैरहवा र नेपालगन्ज लगायतका सहरहरूमा वायु प्रदूषणको मात्रा कति छ भन्ने यकिन हुन नसकेको हो । काठमाडौंको हावाको गुणस्तर सूचकांक १९० भन्दा माथि पुगेको छ, जुन मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । बुटवल, भैरहवा र नेपालगन्ज लगायत औद्योगिक-व्यावसायिक सहरहरू भारतसँग सीमा जोडिएका कारण यहाँको वायु प्रदूषण मात्रा पनि उच्च हुनसक्ने प्रदेश सरकारका वातावरण निरीक्षकको अनुमान छ । तर प्रदूषणको स्तर मापन हुन नसक्दा नागरिकहरू आफ्नो स्वास्थ्य अवस्थामा पर्न सक्ने असरबारे अनविज्ञ हुन बाध्य छन् । लुम्बिनी प्रदेशका बुद्ध जन्मस्थल लुम्बिनी, नेपालगन्ज, घोराही र देउखुरी गरी ४ मध्ये देउखुरीको केन्द्रले मात्रै सक्रिय रूपमा वायु गुणस्तर मापन गरिरहेको प्रदेशको वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीले बताए । प्रदूषणको स्तर मापन हुन नसक्दा नागरिकहरू आफ्नो स्वास्थ्य अवस्थामा पर्न सक्ने असरबारे अनविज्ञ हुन बाध्य छन् । उनका अनुसार पछिल्लो देउखुरी आसपासमा मंगलबार दिउँसो पछिल्लो २४ घण्टाको औसत वायुको गुणस्तर एक्यूआई १६५ रहेको छ भने आज दिउँसोको…
पूरा पढ्नुहोस् ...
नेप्सेको अस्वभाविक उतारचढाव रोक्ने ‘सर्किट ब्रेकर’ व्यवस्था खुकुलो बनाइँदै

नेप्सेको अस्वभाविक उतारचढाव रोक्ने ‘सर्किट ब्रेकर’ व्यवस्था खुकुलो बनाइँदै

काठमाडौं, २६ फागुन २०८२ । नेपाल धितोपत्र बोर्डले सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको उतारचढाव नियन्त्रण गर्ने (सर्किट ब्रेकर) सम्बन्धी व्यवस्थालाई खुकुलो बनाउने भएको छ । बोर्डले धितोपत्र बजारको सकारात्मक माहोललाई थप बलियो बनाउन लगानीकर्ताको माग अनुसार सर्किट ब्रेकर सम्बन्धी व्यवस्थाको सीमा बढाउने तयारी गरेको हो । जेनजी आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री रामेश्वर खनालको पहलमा सेयर बजार सुधार सुझाव कार्यदल गठन भएको थियो । धितोपत्र बोर्डका कार्यकारी निर्देशक रूपेश केसीको संयोजकत्वमा गठित कार्यदलको सुझाव अनुसार सर्किट ब्रेकर सम्बन्धी व्यवस्था थप खुकुलो बनाउन लागेको बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बताए । कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न बोर्ड सक्रिय भएर लागेको बताउँदै श्रेष्ठले भने, ‘सेयर लगानीकर्ताको मनोबल बढाउन गर्नुपर्ने आवश्यक अन्य काम पनि गर्ने तयारीमा छाँै ।’ सर्किट ब्रेकरको सन्दर्भमा नीतिगत व्यवस्था तथा अन्य थप अभ्यास अनुसरण गर्ने भन्ने सन्दर्भका धेरै विकल्पमा छलफल भइरहेको उनले बताए । ‘आगामी केही दिनमै सर्किट ब्रेकरको सीमा खुकुलो हुन्छ,’ श्रेष्ठले भने, ‘सर्किट लाग्ने सीमा बढाउने वा मार्केट हल्ट समय घटाउनेमध्ये एक मात्र वा दुवै पुनरावलोकन हुन सक्छ ।’ सर्किट सम्बन्धी नीतिगत व्यवस्था तथा अभ्यासलाई परिवर्तन गरी व्यवहारिक बनाउने भन्ने सन्दर्भमा छलफल भएको श्रेष्ठले बताए । सर्किट ब्रेकर सम्बन्धमा बोर्ड र नेप्से गहन छलफलमा रहेको बोर्डका अर्का अधिकारीले बताए । ‘मंगलबार पनि धितोपत्र बोर्डमा सोही विषयमा छलफल भएको…
पूरा पढ्नुहोस् ...
मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

काठमाडौं, २५ फागुन २०८२ । मध्यपूर्व क्षेत्रमा इजरायल-अमेरिका र इरानबीच बढेको सैन्य तनाव अझै कम भएको छैन । मिसाइल तथा हवाई आक्रमण जारी रहँदा खाडी मुलुकहरूमा रहेका नेपालीको सुरक्षाबारे चिन्ता यथावत छ । इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य बेस लक्षित गरी मिसाइल आक्रमण गरिरहेकाले साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन र ओमान लगायत देशमा सुरक्षा जोखिम बढेको छ । यी देशमा साढे १७ लाखजति नेपाली कार्यरत रहेको सरकारको आधिकारिक तथ्यांक छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार ती क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे त्यहाँस्थित नेपाली दूतावास र नियोगहरूले निरन्तर निगरानी गरिरहेका छन् र मन्त्रालयलाई नियमित जानकारी पठाइरहेका छन् । यूएईको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो । २८ फेब्रअरीमा इरानले ड्रोन आक्रमण गर्दा त्यहाँ कार्यरत तीन जनाको मृत्यु भएको थियो । जसमा नेपाल, भारत र बंगलादेशका एक–एके जनाको मृत्यु भएको थियो । श्रेष्ठको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार यूएईमा इरानको आक्रमणमा परी केही नेपाली घाइते भएका छन् । घाइतेमध्ये धेरैजना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने केही अस्पतालमै छन् । ‘हाम्रा दूतावासहरूले त्यहाँको अवस्था नजिकबाट नियालिरहेका छन्, नेपालीलाई कुनै क्षति नहोस् भनेर आवश्यक परेका बेला सुरक्षा एडभाइजरी जारी गरिरहेका…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.