KhojSansar

Khoj Sansar

650 Posts
विश्वकप फाइनल : कहाँ चुक्यो न्युजिल्यान्ड, कसरी फेर्‍यो भारतले रणनीति ?

विश्वकप फाइनल : कहाँ चुक्यो न्युजिल्यान्ड, कसरी फेर्‍यो भारतले रणनीति ?

काठमाडौं, २५ फागुन २०८२ । एक लाख ३० हजार क्षमताको नरेन्द्र मोदी रंगशालामा उपस्थित दर्शकको लगातारको समर्थन सायद न्युजिल्यान्डका खेलाडीका निम्ति दबाब बन्न पुग्यो । ट्वान्टी–२० विश्वकपको रोचक ठानिएको फाइनलमा न्युजिल्यान्डले टस जित्नुबाहेक अरू कुनै प्रभावकारी प्रदर्शन गर्न सकेको देखिएन । विश्वकपको एकपक्षीयजस्तो देखिएको फाइनलमा न्युजिल्यान्डले रचेको रणनीति कहाँ असफल भयो तथा भारतको रणनीति कसरी सफल भयो ? १. न्युजिल्यान्डले म्याकोन्चीभन्दा निशमलाई रोज्नुनरेन्द्र मोदी रंगशालामा फाइनलका निम्ति बीचभागको पिच प्रयोग गरिएको थियो । रातो र कालो माटो मिसिएको यो विकेट बाउन्सका निम्ति चिनिन्छ । पिचले स्पिनरलाई धेरै सहयोग गर्दैन । त्यसैले प्रतियोगितामा खासै प्रभाव नपारे पनि न्युजिल्यानडले ज्याकोब डफीलाई टोलीमा समावेश गर्नु सम्भवतः सही निर्णय थियो । तर, टोलीले कोल म्याकोन्जीलाई हटाएर जिम्मी निशम छान्नु सही निर्णय देखिएन । जबकि, म्याकोन्जीले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध एउटा ओभरमा खेलको दिशा नै बदलिदिएका थिए । यस विश्वकपमा भारतका अभिषेक शर्मा तीनपटकसम्म अफ स्पिनरको पहिलो ओभरमै आउट भएका थिए । तर, यसपटक उनले ग्लेन फिलिप्सका बलहरू सम्हालेर खेल सुरु गरे । गति बढाएपछि न्युजिल्यान्डले उनलाई रोक्न सकेन । टोलीसँग अर्को अफ–स्पिनरको विकल्प पनि थिएन । २. म्याट हेनरीलाई एक ओभरपछि हटाउनुभारतले सावधानीपूर्वक सुरुआत गर्‍यो र पहिलो दुई ओभरमा १२ रन मात्र बनायो । त्यसपछि कप्तान मिचेल सान्तनरले म्याट हेनरीलाई हटाएर डफीलाई बलिङ दिए ।…
पूरा पढ्नुहोस् ...
सेयर बजारमा उत्साह, समयअगावै बन्द

सेयर बजारमा उत्साह, समयअगावै बन्द

काठमाडौं, २५ फागुन २०८२ । सोमबार सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेकपछि थप १ प्रतिशत अर्थात् समग्रमा ५ प्रतिशतले बजार बढेपछि दोस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको छ । अब ४० मिनेटपछि मात्रै कारोबार खुल्ने छ । दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक २८४८ अंकमा पुगेको छ । यो बेलासम्म बजार १३५ अंक बढेको हो । त्यस्तै २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । चुनावपछि देशभरको मतपरिणाम आउने क्रम जारी छ । हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाई नजिक पुगेको छ । जसले लगानीकर्ताको विश्वास बढ्न गई बजार प्रभावित भएको छ । कारोबार सुरु भएको १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि बैंकिङ ५.८२, विकास बैंक ४.७२, फाइनान्स ४.२८, होटल तथा पर्यटन ४.६८, हाइड्रोपावर ६.१७, लगानी ४.८९, जीवन बीमा ३.६७, उत्पादन तथा प्रशोधन ५.०३, माइक्रोफाइनानस २.८६, निर्जीवन बीमा २.१०, अन्य ६.३८ तथा व्यापार ३.९६ प्रतिशत बढेका छन् ।
पूरा पढ्नुहोस् ...
आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

काठमाडौं, २५ फागुन २०८२ । आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ । संसद् सचिवालयका अनुसार दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ । शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् । राष्ट्रिय सभाको निर्वाचन गत ११ माघमा भएको थियो । उक्त निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ । संसद् सचिवालयले शपथमा आउँदा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा आउन नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई भनेको छ । उनीहरूले निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एक/एक प्रति लिएर जानुपर्छ । नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी अनुवादको एक प्रति २४ फागुनसम्म संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने हुन्छ । यही २० फागुनमा कार्यकाल सकिएका १९ मध्ये १८ पदका लागि गत ११  माघमा निर्वाचन भएको हो । एक जना राष्ट्रपतिबाट मनोनित सांसद थिए । उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले नै मनोनीत गर्नेछन् । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तालमेल गरेका थिए । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो…
पूरा पढ्नुहोस् ...
४० मुनिका ५४ ले जिते प्रत्यक्ष चुनाव

४० मुनिका ५४ ले जिते प्रत्यक्ष चुनाव

काठमाडौं, २५ फागुन २०८२ । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम करिबकरिब आइसकेको छ । प्राप्त मतपरिणामलाई हेर्दा यसपटक अधिकांश युवा सांसद संसदमा देखिने छन् । प्रत्यक्ष निर्वाचन जितेका ४० वर्षमुनिकै ५४ जना सांसद यसपटक संसदमा देखिने भएका हुन् । समानुपातिक निर्वाचन प्रणालीबाट केही अरु थपिन सक्छन् । प्रत्यक्ष निर्वाचित ४० मुनिका तीन सांसद नेपाली कांग्रेस, दुई नेकपा एमाले, एक राप्रपा र एक श्रम संस्कृति पार्टीबाट रहेका छन् । त्यसबाहेक सबै युवा सांसद राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनिएका छन् । देशभरबाट जनलहर ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीकै उम्मेदवारका रुपमा उभ्याएका ३६ वर्षीय बालेन शाह (बालेन) भारी मतले विजयी भए । त्यो पनि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हराएर उनले नयाँ रेकर्ड नै कायम गरे । ६८,३४८ मतले बालेन विजयी हुँदा ओली १८,७३४ मतमै सिमित भए । त्यस्तै, रास्वपाबाटै ३० वर्षीया सोविता गौतम चितवन–३ बाट विजयी भइन् । उनले ५९,८१४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाल २०,६१५ ल्याएर पराजित बनिन् । सुनसरी–२ बाट ३९ वर्षीय लालविक्रम थापा विजयी हुँदा नेपालीका कांग्रेसका राजीव कोइराला पाराजित बने । रुपन्देही–२ बाट रास्वपाकै २८ वर्षीय सुलभ खरेल विजयी हुँदा नेकपा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल करिब ४३ हजार मतान्तरले पराजित भए । मोरङ–६ मा पनि रुविना आचार्यले पनि नेपाली कांग्रेसका प्रभावशाली मानिएका नेता…
पूरा पढ्नुहोस् ...
प्रत्यक्ष निर्वाचित १४ नारी

प्रत्यक्ष निर्वाचित १४ नारी

काठमाडौँ, २४ फागुन २०८२ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक सय ६५ क्षेत्रमध्ये १४ क्षेत्रमा नारी विजयी भएका छन्।  निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १३ र नेपाली कांग्रेसका एक गरी जम्मा १४ महिला विजयी हुनुभएको छ ।   प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल उम्मेदवार सङ्ख्या तीन हजार ४०६ रहेको थियो । जसमध्ये महिला उम्मेदवार ३८८ जना र पुरुष उम्मेदवारको सङ्ख्या तीन हजार १७ रहेको थियो ।  राजनीतिक दलबाट दुई हजार २६३ र स्वतन्त्र उम्मेदवारको सङ्ख्या एक हजार १४३ रहेको थियो ।  कोशीबाट चार जना कोशी प्रदेश अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार जना महिला विजयी हुनुभएको छ । झापा–१ बाट निशा डाँगी (२९ वर्ष), झापा–२ बाट इन्दिरा राना मगर (५५ वर्ष), मोरङ–५ बाट आशा झा (४२ वर्ष), मोरङ–६ बाट रुबिना आचार्य (३१ वर्ष) हुनुभएको छ ।  झापा–१ बाट डाँगी ४५ हजार ६८० मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४, नेकपा (एमोले) का रामचन्द्र उप्रेतीले सात हजार ६५९ मत प्राप्त गर्नुभयो ।  झापा–२ मा मगर ६० हजार ११० मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)…
पूरा पढ्नुहोस् ...
कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

काठमाडौं, २४ फागुन २०८२ । सरकारले भदौ २३ र २४ गतेको घटनावारे जाँचबुझ गर्न गठन भएको आयोगले बुझाएको प्रतिवेदनबारे अध्ययन थालेको छ । आईतबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषदका केही सदस्यहरुले प्रतिवेदनका विषयवस्तु र कारवाहीको प्रक्रियाका बारेमा छलफल थालेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसम्वद्ध स्रोतले भन्यो, ‘केही मन्त्रिहरुले प्रतिवेदनको सरसर्ती अध्ययन थाल्नुभएको छ, अब बस्ने मन्त्रिपरिषद बैठकले त्यसका अरु प्रक्रियाहरु अघि बढाउला ।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले भने सिलबन्दी रुपमा पेश भएको आयोगको प्रतिवेदन खोल्ने काम नभएको बताउँछन् । ‘अब बस्ने मन्त्रिपरिषद बैठकमा सिलबन्दी भएको प्रतिवेदन पेश भएपछि त्यसले नै बाँकी निर्णय गर्ला’ रावलले अनलाइनखबरसँग भने, ‘प्रतिवेदन खोल्ने काम नभएकाले त्यहाँ के छ भन्नेबारेमा केही पनि थाहा छैन ।’प्रतिवेदनमा के छ ? जाँचबुझ आयोग सचिवालय सम्वद्ध स्रोतका अनुसार, कर्मचारीहरुको संलग्नतामा प्रतिवेदनको मस्यौदा तयार गर्ने काम भएपछि केही संवेदनशील घटना, त्यसमा जोडिएका व्यक्ति र उनीहरुमाथि कारबाहीको भाग खाली राखिएको थियो । ‘अन्तिमका तीन दिनमा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बाँकी काम हामीहरुले नै गर्छौं, तपाईंहरुले हेर्न पर्दैन भन्नुभयो’ ती कर्मचारीले भने, ‘त्यसपछि प्रिन्ट भएको प्रतिवेदनमा हामीले ज्यादा चासो दिएनौं ।’ स्रोतका अनुसार, आयोगले जेनजी आन्दोलनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतका व्यक्तिको भूमिका र जिम्मेवारीको विश्लेषण गरेको छ…
पूरा पढ्नुहोस् ...
समानुपातिकमा ६० लाख बढी मत गणना : कुन दलले कति सिट पाउलान् ?

समानुपातिकमा ६० लाख बढी मत गणना : कुन दलले कति सिट पाउलान् ?

काठमाडौं, २४ फागुन २०८२ । प्रतिनिधिसभाको करिब ६० लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब ५० प्रतिशत मत पाएको छ । अहिलेसम्मको मतगणना कुल खसेको मतको ५४ प्रतिशत हो । प्रतिनिधिसभा निर्वाचनमा करिव एक करोड १० लाख मत खसेको थियो । शुरुमा गणना हुँदा कुल सदर मतको ६० प्रतिशतसम्म मत पाएको रास्वपाले अहिले २९ लाख ३० हजार मत पाएको छ । उसको त्यो मत अनुपात ४९ प्रतिशत मात्रै हो । उसले समानुपातिकमा करिब ६० सिट पाउने देखिन्छ । ५९ लाख ७४ हजार मत गणना हुँदा कांग्रेसले ९ लाख ८३ हजार मत पाएको छ । यो अनुपात कायम रहे कांग्रेसले २० सिटसम्म पाउन सक्छ । कांग्रेसले पाएको यो मत साढे १६ प्रतिशत हो । एमालेले ८ लाख ४८ हजार मत पाएको छ । १४ प्रतिशत मत पाएको उसले करिब १८ सिट पाउने देखिन्छ । नेपाली कम्यूनिष्ट पार्टीको ४ लाख ८ हजार मत छ । करिव सात प्रतिशत मत पाएको नेकपाले ८ सिट पाउन सक्छ । राप्रपाले २ लाख १० हजार मत पाएको छ । साढे ३ प्रतिशत मत पाएको राप्रपाले ४ सिट पाउन सक्छ । श्रम संस्कृति पार्टीको एक लाख ६० हजार मत छ । साढे दुई प्रतिशतभन्दा कही बढी मत पाएको उसको ३ प्रतिशतको थ्रेसहाल्ड कटिसकेको छैन ।
पूरा पढ्नुहोस् ...
बागलुङका दुवै क्षेत्रमा रास्वपा विजयी, भत्कियो जनमोर्चा गढ

बागलुङका दुवै क्षेत्रमा रास्वपा विजयी, भत्कियो जनमोर्चा गढ

बागलुङ, २३ फागुन २०८२ । बागलुङ जिल्लामा दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा रास्वपाका सुशील खड्का विजयी भएका छन् । खड्काले २० हजार ९२७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी भिमबहादुर रानाले ११ हजार ९४४ मत पाए । एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्माले ४ हजार ५२१ मत पाए । उता क्षेत्र नम्बर २ मा रास्वपाकै उम्मेदवार सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत ल्याई विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपामा ज्ञामनाथ गैरेले १० हजार ७०९, एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत पाइन् । क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार ज्ञामनाथ गैरेलाई जनमोर्चाले सहयोग गरेको थियो । त्यस्तै क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवारलाई नेकपाले सहयोग गरेको थियो । यसअघि क्षेत्र नम्बर १ बाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जित्दै आएका थिए ।
पूरा पढ्नुहोस् ...
३७ क्षेत्रको नतिजा सार्वजनिक, ५ क्षेत्र कांग्रेसको पक्षमा

३७ क्षेत्रको नतिजा सार्वजनिक, ५ क्षेत्र कांग्रेसको पक्षमा

काठमाडौं, २३ फागुन २०८२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गत बिहीबार (फागुन २१) १६५ क्षेत्रमा भएको मतदानको नतिजा आउने क्रम जारी छ ।  मतगणना भइरहेकामध्ये ३७ वटा क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । ३७ मध्ये २७ क्षेत्रमा रास्वपा, ४ नेपाली कांग्रेस, २ नेकपा (एमाले), २ नेकपा र स्वतन्त्रबाट १ गरी ३७ क्षेत्रको नतिजा आएको हो ।  बाँकी अन्य क्षेत्रमा मतगणना जारी छ । तीमध्ये ९० क्षेत्रमा रास्वपा अग्रस्थानमा छ । ९ वटा क्षेत्रमा कांग्रेस, नेकपा १०, एमाले १०, श्रम संस्कृति ५, राप्रपा १ स्थानमा अघि छ ।  निर्वाचन आयोगका अनुसार, विभिन्न चारवटा क्षेत्र धनुषा–१, मुगु, संखुवासभा–१ र गोरखा–१ मा मतगणना सुरु हुन सकेको छैन ।-१०:५२
पूरा पढ्नुहोस् ...
गगन थापाभन्दा अमरेशकुमार ६,००२ मतान्तरले अगाडि

गगन थापाभन्दा अमरेशकुमार ६,००२ मतान्तरले अगाडि

काठमाडौं, २३ फागुन २०८२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा सर्लाही क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार अमरेशकुमार सिंह निरन्तर अगाडि छन् । पछिल्लो मत परिणामानुसार उनले १४ हजार ४३४ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आठ हजार ४६२ मत ल्याएका छन् । सिंह र थापाबीचको मतान्तर ६ हजार दुई छ । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार अमनिशकुमार यादवले दुई हजार २६१ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.