KhojSansar

Khoj Sansar

650 Posts
काठमाडौँमा रास्वपाको ‘क्लिन स्विप’

काठमाडौँमा रास्वपाको ‘क्लिन स्विप’

काठमाडौँ,  २३ फागुन २०८२ । काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु  निर्वाचित हुनुभएको छ  । शनिबार बिहानसम्म काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरु  विजयी हुनुभएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित हुनुभएको छ । उहाँ ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत ल्याउनुभएको छ । यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित हुनुभएको थियो । यसैगरी, काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा रास्वपाकै पुकार बम निर्वाचित हुनुभएको छ । उहाँ २९ हजार १४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गर्नुभयो भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ ल्याउनुभएको छ । यससँगै काठमाडौँमा रास्वपाको ‘क्लिन स्विप’ गरेको छ । यसअघि रास्वपाले काठमाडौं १ मा रन्जु न्यौपाने, ३ मा राजुनाथ पाण्डे,  ५ मा सस्मित पोखरेल, ६ मा शिषिर खनाल, ७ मा गणेश पराजुली, ८ मा बिराज भक्त, ९ मा डोलप्रसाद अर्याल, १० मा प्रताप विष्ट विजयी…
पूरा पढ्नुहोस् ...
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित

म्याग्दी, २३ फागुन २०८२ । म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन १४ हजार नौ सय ३१ मतान्तरसहित  निर्वाचित हुनुभएको छ । शनिबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवार पुनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार नौ सय १९ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी(केबी)ले ६ हजार ६ सय ७३  मत र नेकपाका अर्जुन थापाले ३ हजार पाँच सय ३० मत  प्राप्त गर्नुभएको छ । मतगणनाको सुरुवाती देखि नै स्वतन्त्र उम्मेदवार पुनले फराकिलो अग्रता कायम गर्दै आउनुभएको थियो । बिजेता पुनले आफ्ना समर्थकहरुलाई विजय उत्सवको आयोजना नगर्न सूचना जारी गर्नुभएको छ । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि अब केही बेरमा समानुपातिक तर्फको मत गणना थालिने उहाँले बताउनुभयो ।    एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो । 
पूरा पढ्नुहोस् ...
विश्वस्तरीय प्रविधि अनुसन्धान केन्द्र स्थापना गर्दै चीन

विश्वस्तरीय प्रविधि अनुसन्धान केन्द्र स्थापना गर्दै चीन

बेइजिङ, २२ फागुन २०८२ । चीन सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा तीव्र विकास गर्दै विश्वस्तरमा प्रतिस्पर्धी बन्न तीन वटा अन्तर्राष्ट्रिय स्तरका विज्ञान-प्रविधि नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । यो जानकारी चीन सरकारको वार्षिक कार्यप्रतिवेदनमा उल्लेख गरिएको छ, जुन देशको सर्वोच्च विधायिका समक्ष छलफलका लागि पेश गरिएको हो । उक्त प्रतिवेदनमा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई चीनको दीर्घकालीन आर्थिक तथा सामाजिक विकासको प्रमुख आधारका रूपमा अघि बढाइने स्पष्ट गरिएको छ । सरकारका अनुसार स्थापना गरिने ती तीन अन्तर्राष्ट्रिय नवप्रवर्तन केन्द्रलाई विश्वस्तरीय अनुसन्धान, प्रविधि विकास र नयाँ आविष्कारका प्रमुख केन्द्रका रूपमा विकास गरिने छ । ती केन्द्रले वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन दिने, उच्चस्तरीय प्रविधि विकास गर्ने तथा नयाँ उद्योगको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यससँगै चीनले सन् २०२६ देखि २०३० सम्म लागु हुने पन्ध्रौँ पञ्चवर्षीय योजनाको प्रारूप पनि प्रस्तुत गरेको छ । उक्त योजनामा कृत्रिम बुद्धिमत्ता, क्वान्टम प्रविधि, जैव प्रविधि तथा नयाँ ऊर्जा जस्ता आधुनिक र भविष्यका लागि महत्वपूर्ण क्षेत्रहरूमा विशेष रणनीतिक योजना लागु गरिने उल्लेख गरिएको छ । यी क्षेत्रमा अनुसन्धान, लगानी र प्राविधिक विकासलाई प्राथमिकता दिँदै चीनले नयाँ प्रविधिमा आत्मनिर्भरता बढाउने, उच्च प्रविधिमा आधारित उद्योग विस्तार गर्ने र दीर्घकालीन आर्थिक विकासलाई बलियो बनाउने लक्ष्य राखेको छ । सरकारले विज्ञान तथा प्रविधिको विकासलाई राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने…
पूरा पढ्नुहोस् ...
गुल्मी–१ मा सागर ढकाल दुई हजार ६८२ मतले अगाडि

गुल्मी–१ मा सागर ढकाल दुई हजार ६८२ मतले अगाडि

गुल्मी, २२ फागुन २०८२ । गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो मतान्तर बनाएको छ । रास्वपाका सागर ढकालले चार हजार ६२७ मत पाएका छन् ।  नेपाली कांग्रेसका चन्द्र भण्डारीले एक हजार ९४५ मत पाएका छन् । नेकपा एमालेका प्रदीप ज्ञवालीले एक हजार ८४६ मत प्राप्त गरेका छन् । नेकपाका सुदर्शन बरालले एक हजार १७१ मत पाएका छन् ।  
पूरा पढ्नुहोस् ...
गुल्मी–२ मा गोकर्ण विष्टलाई पछि पार्दै रास्वपा अगाडि

गुल्मी–२ मा गोकर्ण विष्टलाई पछि पार्दै रास्वपा अगाडि

गुल्मी, २२ फागुन २०८२ । गुल्मी–२ मा रास्वपाले अग्रता कायम राखेको छ । रास्वपाका गोविन्द पन्थीले पाँच हजार ३६८ मत पाएका छन् ।  नेकपा एमालेका गोकर्ण विष्टले चार हजार ९९० मत प्राप्त गरेका छन् । नेपाली काग्रेसका भुवन प्रसाद श्रेष्ठको पक्षमा चार हजार ३१ मत खसेको छ । 
पूरा पढ्नुहोस् ...
समानुपातिकमा पनि रास्वपालाई अग्रता, एमाले र नेकपाभन्दा राप्रपा अगाडि

समानुपातिकमा पनि रास्वपालाई अग्रता, एमाले र नेकपाभन्दा राप्रपा अगाडि

काठमाडौं, २२ फागुन २०८२ । प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९ हजार ७२८ मत गणना हुँदा रास्वपाले ११ हजार ५६२ मत पाएको छ । दोस्रोमा नेपाली कांग्रेसले तीन हजार ६६४ तत ल्याउँदा एक हजार ७५२ मतसहित राष्ट्रय प्रजातन्त्र पार्टी(राप्रपा) तेस्रो स्थानमा छ । एमालेले एक हजार १५२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) श्रम शक्ति पार्टीभन्दा पछि परेको छ । श्रम संस्कृति पार्टीले ४४१ मत ल्याउँदा नेकपाले ३९२ मत पाएको छ ।
पूरा पढ्नुहोस् ...
आधा रेमिट्यान्स खाडीबाटै आउँछ, युद्ध लम्बिए बन्द हुने जोखिम

आधा रेमिट्यान्स खाडीबाटै आउँछ, युद्ध लम्बिए बन्द हुने जोखिम

काठमाडौं, २२ फागुन २०८२ । हाल युद्धग्रस्त खाडी मुलुकबाट मात्रै नेपालमा आधा रेमिट्यान्स आउने गरेको देखिएको छ । नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये करिब ४० देखि ४१ प्रतिशत हिस्सा मध्यपूर्वी क्षेत्रबाट आउने गरेको नेपाल राष्ट्र बैंक प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन् । राष्ट्र बैंकका अनुसार नेपालमा मासिक २ खर्ब हाराहारी रेमिट्यान्स भित्रिने गरेको छ । चालु आर्थिक वर्ष पुसमा मात्रै नेपाल भित्रिएको कुल रेमिट्यान्स १ खर्ब ९२ अर्ब ६२ करोड बराबर छ । उक्त  अवधिसम्म कुल रेमिट्यान्स आप्रवाह १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ छ । त्यसमध्ये ४० प्रतिशत हिस्सा मध्यपूर्वी देशहरूको रहेको राष्ट्र बैंकको तथ्यांक छ । ‘देशगत हेर्दा साउदी अरब र कतारको हिस्सा सबैभन्दा उच्च करिब ११ देखि १२ प्रतिशत हाराहारी छ,’ पौडेलले भने, ‘यूएईबाट करिब ७ देखि ८ प्रतिशत र कुवेतबाट करिब ४ देखि ५ प्रतिशत रेमिट्यान्स भित्रिने गरेको देखिन्छ ।’ अन्य गन्तव्य देश मलेसिया, दक्षिण कोरिया, जापान लगायत केही युरोपेली देशतर्फ क्षेत्रगत विविधीकरण क्रमश: बढ्दो भए तापनि मध्यपूर्व क्षेत्र अझै पनि नेपालको श्रम गन्तव्य र विदेशी मुद्रा आपूर्तिको ठूलो आधार रहेको पौडेलले बताए । सरकारी तथ्यांक अनुसार यूएईमा ९ लाख १५ हजार, साउदी अरेबिया ३ लाख ८५ हजार, कतार ३ लाख ५८ हजार, कुवेत १ लाख ७५ हजार, बहराइन २८ हजार, इराक ३० हजार, साइप्रस १७ हजार र ओमानमा…
पूरा पढ्नुहोस् ...
काठमाडौँबाट गाउँ फर्किने मतदाता बढ्दै

काठमाडौँबाट गाउँ फर्किने मतदाता बढ्दै

काठमाडौँ, १९ फागुन २०८२ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत प्रयोग गरी आफ्नो गाउँ–ठाउँको प्रतिनिधि चयन गर्न काठमाडौँ उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या बढेको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा सङ्घीय राजधानीका प्रमुख नाका र बसपार्कहरूमा गाउँ फर्किनेहरूको लर्को देखिएको छ, जसले मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेको सङ्केत गर्दछ। नयाँ बसपार्क (गोंगबु) र कलंकी क्षेत्रमा बिहानैदेखि यात्रुहरूको बाक्लो उपस्थिति देखिएको छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशतर्फ जाने यात्रुहरूको सङ्ख्या उल्लेख्य रहेको छ। मतदाताहरूले निर्वाचनलाई लोकतन्त्रको महापर्वको रूपमा लिँदै आफ्नो व्यस्ततालाई थाँती राखेर गाउँ फर्किने बाटो रोजेका छन्। उनीहरू मतदान गरेर गाउँ–ठाउँमा आफ्नो प्रतिनिधि छान्ने लक्ष्यमा छन्। यसरी राजधानीबाट बाहिरिने जनसङ्ख्याको वृद्धि आगामी प्रतिनिधि सभा निर्वाचनमा उच्च मतदान प्रतिशतको सङ्केत हो।
पूरा पढ्नुहोस् ...
मध्यपूर्व तनाव :  तेल र ग्यासको अन्तर्राष्ट्रिय मूल्य उकालो लाग्दै

मध्यपूर्व तनाव :  तेल र ग्यासको अन्तर्राष्ट्रिय मूल्य उकालो लाग्दै

काठमाडौं, १८ फागुन २०८२ । अमेरिका र इजरायलका निरन्तर आक्रमणको जवाफमा इरानले मध्यपूर्वभरि आक्रमण जारी राखेपछि तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ । विश्वका सबैभन्दा ठूला निर्यातकर्तामध्ये एक कतार इनर्जीले आफ्ना संरचनामा सैन्य आक्रमण भएपछि उत्पादन रोकेको बताएको छ । प्राकृतिक ग्यासको मूल्य सोमबार झण्डै ५० प्रतिशतले बढेको छ। विश्वव्यापी मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य सोमबार १० प्रतिशतले बढेर प्रति ब्यारेल ८२ डलरभन्दा माथि पुगेको थियो । यो वृद्धि स्ट्रेट अफ हर्मुज नजिक कम्तीमा तीनवटा जहाजमाथि आक्रमण भएपछि भएको हो । इरानले आफ्नो दक्षिणी भागस्थित जलमार्गबाट जहाजहरू नजान चेतावनी दिएको छ । विश्वको करिब २० प्रतिशत तेल र ग्यास यही बाटो हुँदै ढुवानी हुन्छ । लन्डनमा, एफटीएसई १०० सूचकांक १ प्रतिशतले घट्यो । मध्यपूर्वी आकाशमार्ग अवरुद्ध भएपछि ब्रिटिश एयरवेजको मालिक कम्पनीका सेयरहरू सबैभन्दा बढी घटे । बार्कलेज, स्ट्यान्डर्ड चार्टर्ड र एचएसबीसी जस्ता बैंकहरूको सेयर मूल्य पनि घटेको छ । ऊर्जा मूल्य दीर्घकालीन रूपमा बढिरहेमा मुद्रास्फीति बढ्ने र त्यसले केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने सम्भावना कम हुने चिन्ताले बजार प्रभावित भएको हो । युरोपका प्रमुख सेयर बजारहरूमा अझ ठूलो गिरावट देखिएको छ । अनिश्चितताका बेला सुरक्षित लगानी मानिने सुनको मूल्य २ प्रतिशतले बढेर प्रति औँस पाँच हजार ३८८ डलर पुगेको छ । राज्य स्वामित्वमा रहेको कतार इनर्जीले लाफान औद्योगिक…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.