KhojSansar

Khoj Sansar

650 Posts
आजै मध्यरातदेखि मौन अवधि

आजै मध्यरातदेखि मौन अवधि

काठमाडौँ, १८ फागुन २०८२ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार उम्मेदवार र दलको प्रवर्धन हुने गरी प्रचारप्रसार गर्न पाउने छन् । फागुपूर्णिमा पर्व पनि परेका कारण कतिपय उम्मेदवारले अन्तिम दिनमा आन्तरिक बैठकमा केन्द्रित हुने रणनीति बनाएका छन् ।  प्रतिनिधि सभा निर्वाचन, २०८२ को प्रयोजनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ । आयोगले यस अवधिमा पालना गर्नुपर्ने विशेष आचरण तोकेको छ । जस अनुसार निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।  त्यस्तै मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने छ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न हुँदैन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन पनि नहुने आयोगले जनाएको…
पूरा पढ्नुहोस् ...
आज पहाडी जिल्लामा होलीको उल्लास, सार्वजनिक बिदा

आज पहाडी जिल्लामा होलीको उल्लास, सार्वजनिक बिदा

कालिगण्डकी, १८ फागुन २०८२ । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । यसैबीच होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दलका शीर्ष नेताहरु लगायतले शुभकामना सन्देश दिँदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् । प्रहरी प्रशासनले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न, जथाभाबि रंग र अबिर नदल्न सबैलाई सचेत गराएका छन् । अन्यथा कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।
पूरा पढ्नुहोस् ...
मध्यपूर्वी देशहरूमा कति छन् नेपाली ?

मध्यपूर्वी देशहरूमा कति छन् नेपाली ?

काठमाडौं, १७ फागुन २०८२ । मध्यपूर्व (खाडी) देशहरूमा १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मध्यपूर्वी देशमा १७ लाख २९ हजार २ सय ८८ नेपाली छन् । वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि ती देश गएका नेपालीको यकिन संख्या मन्त्रालयले सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काका अनुसार हाल इरानमा ६ जना नेपाली छन् । इजरायल र अमेरिकाले शनिबार इरानमा हवाई आक्रमण गरेको थियो । आक्रमणमा परेर इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको हत्यापछि इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण गर्दै आएको छ । जसले गर्दा ती देशमा रहेका नेपालीको सुरक्षाप्रति चिन्ता र चासो व्यक्त हुँदै आएको छ । परराष्ट्र मन्त्रालयले आज गरेको पत्रकार सम्मेलन मार्फत ती देशमा रहेका नेपालीको यकिन संख्याबारे जानकारी दिएको हो । इरान, युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत, इराक, बहराइन, ओमान, साइप्रस, इजरायल, लेबनान र इजिप्टमा उक्त संख्यामा नेपाली रहेको सहसचिव खड्काले बताए । उक्त तथ्यांक मध्यपूर्वस्थित नेपाली राजदूतावासहरूबाट लिखित रूपमा प्राप्त भएको उनको भनाइ छ । त्यहाँको सरकारी निकायबाट परराष्ट्र मन्त्रालय मार्फत उपलब्ध भएको तथ्यांक रहेको र यसमा अवैध रूपमा बस्दै आएका नेपालीको संख्या नहुन सक्ने…
पूरा पढ्नुहोस् ...
मध्यपूर्वमा तनाव : विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

मध्यपूर्वमा तनाव : विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

काठमाडौँ, १६ फागुन २०८२ । मध्यपूर्वमा तनाव बढेपछि हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सारजहा, दोहा, दुबै, कुबेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन्। उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ।” यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ। रासस  
पूरा पढ्नुहोस् ...
मौसम पूर्वानुमान : चुनावको दिन तीन प्रदेशमा हिउँ पर्ने सम्भावना

मौसम पूर्वानुमान : चुनावको दिन तीन प्रदेशमा हिउँ पर्ने सम्भावना

काठमाडौँ, १५ फागुन २०८२ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित  मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। मौसमविद् सञ्जिव अधिकारीका अनुसार आजदेखि फागुन २१  गते अर्थात् निर्वाचनको दिनसम्म देशभरका तराई क्षेत्रमा बिहानपख हुस्सु र दिउँसो केही ठाउँमा तुवालो लाग्ने छ ।  अधिकारीले भन्नुभयो, “आजदेखि फागुन २१ गतेसम्म अर्थात् चुनावकै दिनसम्म देशभरकै तराई क्षेत्रमा बिहानपखको समयमा हुस्सु र दिउँसो केही ठाउँमा तुवालो लाग्ने देखिन्छ । पानी भने कतै पर्ने सम्भावना छैन ।” उहाँका अनुसार शुक्रबारदेखि शनिबारभित्र देशको पहाडी क्षेत्रका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ ।  आउँदो आइतबारदेखि मङ्गलबारभित्र कोशी प्रदेशको पहाडी भूभागको एक, दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । तर, चुनावकै दिन भने यो सम्भावना अझै कम छ । कोशी, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँहरुमा शुक्रबारदेखि मङ्गलबारभित्र हल्का हिउँ वा पानी पर्ने सम्भावना छ । यस क्षेत्रमा फागुन २० र २१ गते हिउँ वा पानी पर्ने सम्भावना थोरै मात्रै रहेको उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, “चुनावको अघिल्लो दिन र चुनावकै दिन अर्थात् २० र २१ गते यी तीनै प्रदेशमा हिउँ वा पानी पर्ने थोरै मात्रै सम्भावना रहेको छ ।” लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च…
पूरा पढ्नुहोस् ...
आकर्षक व्यक्तित्व र आत्मविश्वास कायम राख्न अपनाउनै पर्ने ५ बानी

आकर्षक व्यक्तित्व र आत्मविश्वास कायम राख्न अपनाउनै पर्ने ५ बानी

हामी सबैलाई लाग्छ कि– हाम्रो व्यक्तित्व भव्य देखियोस् र हामी अरूका लागि उदाहरणीय व्यक्ति बन्न सकौँ । काम गर्ने शैली, सक्रियता तथा सफलताबाट अरूले सिकुन र अनुसरण गरून् भन्ने इच्छा पक्कै सबैलाई हुन्छ । समूह तथा समुदायमा आफ्नो प्रभाव जमाउन र अरूलाई विश्वासमा लिन पनि व्यक्तित्व र आत्मविश्वासले ठूलो भूमिका खेल्छ । साना, सकारात्मक बानीहरू अपनाएर, हामी आफ्नो व्यक्तित्व बढाउन र आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छौं । १.हरेक दिन केही नयाँ कुरा सिक्ने जीवनमा हामीले नयाँ कुरा सिक्न कहिल्यै रोकिनु हुँदैन । हरेक दिन केही नयाँ सिकाइले हाम्रो दिमाग सक्रिय रहन्छ र सोच्ने क्षमतामा सुधार हुन्छ । हामी किताबहरू पढ्न सक्छौँ, आफ्नो रुचि भएको विषयमा अनलाइनतिर खोजेर पढ्न हेर्न सक्छौँ । कुनै ज्ञानवद्धक सिनेमा तथा डकुमेन्ट्रीहरू हेर्न सक्छौँ । आफ्नो काम तथा दैनिक जीवनमा आवश्यक केही जानकारीबारे सिक्न पनि सक्छौँ । नयाँ कुराहरू सिक्नाले हाम्रो आत्मविश्वास बढ्छ र जीवनमा अगाडि बढ्न प्रेरित गर्छ। २.समयको उचित व्यवस्थापन गर्ने हाम्रो मरणशील जीवनमा समयको महत्व निकै हुन्छ । हामीलाई लाग्न सक्छ हामीसँग जति पनि समय छ तर त्यसो होइन । समय व्यवस्थापन नगर्दा हाम्रो योजनाहरू लथालिंग भइरहेको हुन्छन् । यसले हाम्रो दैनिकी अस्तव्यस्त बनाउँछन् । यसले मानसिक तनाव तथा शारीरिक समस्याहरू समेत निम्त्याउछ । एकातिर नगरी नहुने कामका लागि समय पुगिरहेको हुँदैन…
पूरा पढ्नुहोस् ...
जीडीपी अनुपातको ४७ प्रतिशत नजिक सार्वजनिक ऋण, पुग्यो साढे २८ खर्ब

जीडीपी अनुपातको ४७ प्रतिशत नजिक सार्वजनिक ऋण, पुग्यो साढे २८ खर्ब

काठमाडौं, १५ फागुन  २०८२। नेपालको सार्वजनिक ऋण साढे २८ खर्बमाथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन–माघ) सम्म सार्वजनिक ऋण आकार २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ । गत आव अन्तिम (असार मसान्त) सम्म सार्वजनिक ऋण दायित्व २६ खर्ब ७४ अर्ब ४ करोड बराबर थियो । चालु आव ७ महिनामा सार्वजनिक ऋण ह्वात्तै बढ्नुमा नेपालले थप लिएको सार्वजनिक ऋणसँगै नेपाली मुद्रा कमजोर हुँदा परेको भारसमेत हो । कार्यालयका अनुसार नेपाली मुद्रा कमजोर हुँदा सार्वजनिक ऋणमा ९२ अर्ब ९६ करोड बराबर अतिरिक्त भार थपिएको छ । यस्तो भार वाह्य ऋणमाथि पर्छ । माघ मसान्तसम्म आन्तरिक ऋण १३ खर्ब ४९ अर्ब १३ करोड पुगेको छ । वाह्य ऋण दायित्व १५ खर्ब ९ अर्ब हाराहारी पुगेको छ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा सार्वजनिक ऋण आकार ४६.८१ प्रतिशत पुगेको छ । जसमा वाह्य ऋणभार २४.७२ र आन्तरिक ऋण २२.०९ प्रतिशत छ । माघसम्म सार्वजनिक ऋण आन्तरिक : १३ खर्ब ४९ अर्ब वाह्य : १५ खर्ब ९ अर्ब कुल : २८ खर्ब ५८ अर्ब धनी नहुँदै मुलुक ऋणी नेपालको अहिलेको सार्वजनिक ऋणको अवस्थालाई विज्ञहरू ‘मुलुक धनी नहुँदै ऋणी’ बनेको अवस्था मान्छन् । यसलाई व्यक्तिको जीवनसँग तुलना गर्दा ऋण…
पूरा पढ्नुहोस् ...
पाकिस्तानद्वारा अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा

पाकिस्तानद्वारा अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा

काठमाडौं, १५ फागुन २०८२ । काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा गरेका छन् । पाकिस्तानी रक्षामन्त्रीले अफगान तालिवानलाई चेतावनी दिँदै भनेका छन्– हाम्रो धैर्य समाप्त भइसक्यो । अब खुला युद्ध हुन्छ । बीबीसी उर्दुका अनुसार सोशल मिडिया प्लेटफर्म एक्समा जारी बयानमा उनले अफगान तालिवानमाथि ‘अफगानिस्तानमा विश्वभरबाट आतंकवादीहरू एकत्रित गरेको आरोप लगाएका छन् ।काबुलमा अन्तरिम सरकारले आतंकवाद निर्यात गरेको पाकिस्तानी रक्षामन्त्री आसिफको आरोप छ । अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानद्वारा राजधानी काबुल, पक्तिका र कन्धारका केही स्थानहरूमा बमबारी भएको पुष्टि गरेका छन् । उनले आक्रमणबाट कुनै हताहती भने नभएको बताएका छन् । पाकिस्तानी रक्षामन्त्री आसिफले अफगान तालिवानले आफ्नो मुलुकका नागरिकलाई मानवाधिकारबाट वञ्चित गरेको र इस्लामले महिलालाई दिएको अधिकार खोसेको पनि आरोप लगाएका छन् । बीबीसी उर्दुका अनुसार पाकिस्तानी सरकारले अहिलेसम्म सैन्य अभियानका क्रममा अफगान तालिवानका १३३ सदस्य मारिएका र दुई सय घाइते भएका दाबी गरेको छ । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले एक्समार्फत् अफगानिस्तानका काबुल, पक्तिका र कन्धारमा रहेका अफगान तालिवानका रक्षा स्थललाई निशाना बनाइएको बताएका छन् । उनले पाकिस्तानको अभियानमा अफगान तालिवानका दुई कोर मुख्यालय, दुई हतियार डिपो, एक लजिस्टिक्स गोदाम, तीन बटालियन मुख्यालय, दुई सेक्टर मुख्यालय र ८० भन्दा बढी ट्यांक नष्ट गरिएको पनि दाबी गरेका छन् । यद्यपि, बीबीसी हिन्दीले दाबीको स्वतन्त्र…
पूरा पढ्नुहोस् ...
नेपालको विकास र सेवा क्षेत्रमा ७४ देशका नागरिक कार्यरत

नेपालको विकास र सेवा क्षेत्रमा ७४ देशका नागरिक कार्यरत

काठमाडौं, १५ फागुन २०८२ । नेपालको निर्माण क्षेत्रदेखि स्वास्थ्य र शिक्षासम्म विदेशी नागरिकहरूको संलग्नता बढ्दै गएको छ। श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकअनुसार चीन, भारत, अमेरिका, बेलायत र क्यानडासहित ७४ देशका नागरिकहरूले श्रम इजाजत लिएर नेपालका विभिन्न परियोजनामा काम गरिरहेका छन्। विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कुल २ हजार ५५९ जना विदेशीले श्रम इजाजत लिएका थिए। जसमा नयाँ श्रम स्वीकृति लिने ८९२ जना र नवीकरण गर्ने १ हजार ६६७ जना छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म १ हजार १६६ जनाले इजाजत प्राप्त गरिसकेका छन्। संख्यात्मक रूपमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन्। विभागका महानिर्देशक चक्रपाणी पाण्डेका अनुसार बर्सेनि करिब १ हजार ६०० चिनियाँ नागरिक नेपालमा कार्यरत रहन्छन्। यस्तै, बेलायत र जापानबाट पनि १००/१०० भन्दा बढी नागरिकहरू विभिन्न परियोजनामा सक्रिय छन्। भारतीय श्रमिक: तथ्यांकमा कम, कार्यथलोमा धेरै नेपाल-भारत बीचको सन् १९५० को सन्धि अनुसार दुवै देशका नागरिकलाई एकअर्काको देशमा काम गर्न श्रम स्वीकृति आवश्यक पर्दैन। यसकारण सरकारी रेकर्डमा भारतीय श्रमिकको वास्तविक संख्या देखिँदैन। यद्यपि, केही प्रतिष्ठानका उच्च तहमा कार्यरत ३० जना भारतीयले भने औपचारिक रूपमा श्रम स्वीकृति लिएका छन्। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार नेपालको निर्माण क्षेत्रमा मात्रै करिब ७ लाख भारतीय मजदुर कार्यरत छन् । अन्य उद्योगधन्दा समेत जोड्दा नेपालमा भारतीय श्रमिकको संख्या २०…
पूरा पढ्नुहोस् ...
निर्वाचन प्रचारप्रसार १८ गते मध्यरातिदेखि निषेध

निर्वाचन प्रचारप्रसार १८ गते मध्यरातिदेखि निषेध

काठमाडौँ, १४ फागुन २०८२ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ । जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य हुन नदिने आयोगको निर्णयमा भनिएको छ । साथै कहीँ कतै यस्तो गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउनुपर्ने निर्णय गरेको पनि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । त्यस्तै मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय पनि आयोगले गरेको छ । आयोगले अत्यावश्यक सेवाका सवारीसाधनमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन तथा कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेकालाई राखेको छ ।  आयोगले मतदानको मितिभन्दा सात दिनअगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.