KhojSansar

Khoj Sansar

650 Posts
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा पनि सुधार

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा पनि सुधार

काठमाडौँ, १३ फाल्गुन २०८२, सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार साढे १० अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा १०.३० अंक(०.३९ प्रतिशत)ले बढेपछि समग्र नेप्से २ हजार ६ सय ४८.९० अंकमा उक्लेर बन्द भएको हो । मंगलबार नेप्से २१.६२ अंकले बढेको थियो । अघिल्ला दुई दिन नेप्से बढेको थियो । बुधबार कारोबारमा आएकामध्ये १५७ कम्पनीको सेयर मूल्य बढ्यो, ९० कम्पनीको मूल्य घट्यो । बाँकी १३ कम्पनीको स्थिर रह्यो । सो दिन कुल ४८ हजार ६ सय ४० पटकको सेयर कारोबारमा १ करोड ४ लाख ५६  हजार ९ सय ८० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढेको हो । मंगलबार सेयर बजारमा ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, सामूहिक लगानी कोष र व्यापारको परिसूचक घटे । बाँकी १० उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले उकालो लागेको हो ।
पूरा पढ्नुहोस् ...
गुल्मी : बसाइँसराइ, अलपत्र विकास र स्थानीय कृषिका मुद्दा कसरी उठाउलान् उम्मेदवारहरूले ?

गुल्मी : बसाइँसराइ, अलपत्र विकास र स्थानीय कृषिका मुद्दा कसरी उठाउलान् उम्मेदवारहरूले ?

गुल्मी, १३ फाल्गुन २०८२, मध्यपहाडी जिल्ला गुल्मीसँग अन्य छिमेकी जिल्लाभन्दा बेग्लै खालका समस्याहरू छैनन् । तर विकास र पूर्वाधारका भने केही विशेष अप्ठ्याराहरू छन् । हरेक चुनावमा यस्ता मुद्दाहरू सतहमा आउँछन् र समयक्रममा दलहरूले बिर्सँदै जान्छन् । विकास र पूर्वाधारको कमजोर पहुँचका कारण गुल्मीमा १ दशमलव २३ प्रतिशतले जनसंख्या घटिरहेको छ । ६५ हजार ४९ घरपरिवार भएको यो जिल्लाको साक्षरता दर भने ८० प्रतिशतभन्दा थोरै माथि छ । परम्परागत कृषिमा आश्रित ठूलो जनसंख्या छ, तर त्यसको रूपान्तरण कसरी र कुन योजनाअनुसार गर्ने भन्ने मुद्दा दलहरूले बहसमा ल्याउन सकेका छैनन् । कोदो र मकै लगाउने क्षेत्रफलमा किवी र सुन्तला खेतीको सुरुवात त भएको छ, तर यसको दीर्घकालीन प्रवर्द्धन कसरी हुने हो भन्ने बहस भएको छैन । अहिले जिल्लाको ९० हेक्टर क्षेत्रफलमा ४ सय ८० मेट्रिक टन किवी उत्पादन भएको छ । गतवर्षभन्दा यसवर्ष १९ प्रतिशतले किवी उत्पादन बढेको छ । तर यसको बजारीकरण र आधुनिकीकरण कसरी गर्ने भन्नेमा उम्मेदवारहरूले छलफल चलाएको देखिँदैन । गुल्मी पहाडी जिल्ला हो । जिल्लामा आठ सय १६ हेक्टर क्षेत्रफलमा पाँच हजार १७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ, जसबाट २० करोड ६ लाख ७८ हजार ४ सय रुपैयाँ आम्दानी जिल्लामा भित्रिएको छ । तर यो आम्दानी गतवर्षभन्दा ३२ प्रतिशत कम हो । उत्पादनमा तलमाथि भए पनि…
पूरा पढ्नुहोस् ...
सल्यानका मतदाता भन्छन्– समृद्धिका कुरा पछि, पहिले पानी चाहियो

सल्यानका मतदाता भन्छन्– समृद्धिका कुरा पछि, पहिले पानी चाहियो

सल्यान, ११ फागुन २०८२ । सल्यानका गाउँगाउँमा राजनीतिक दलका झन्डा हावामा फर्फराइरहेका छन्, माइकबाट चुनावी भाषणहरू घन्किरहेका छन् । नेताहरू विकास, समृद्धि र परिवर्तनका सपना बाँडिरहेका छन् । तर ग्रामीण बस्तीमा बस्ने नागरिकका लागि चुनावभन्दा चासो पानीको छ । देशभर ‘एक घर, एक धारा’को अवधारणा अघि बढिरहेको बेला कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका कोट, बयाले, पोखरा, आरिचौर, ढुंगेकटेरीलगायत बस्तीका नागरिकले अहिलेसम्म पनि खानेपानीकै दु:ख भोगिरहेका छन् । पानीकै लागि घण्टौँ लगाएर गाग्री बोकेर हिँड्नुपर्ने अवस्था छ । त्यसैले स्थानीय बासिन्दाहरू यसपटकको निर्वाचनमा समृद्धिका नारा लगाउनेभन्दा पनि आधारभूत आवश्यकता पूरा गरिदिने उम्मेदवार छनोट गर्ने योजनामा छन् । उनीहरूको नारा एउटै छ ‘पानी ल्याउनेलाई मात्र भोट ।’ सात दशक पार गरिसकेकी कोटकी चित्रकुमारी बस्नेतले अहिलेसम्म थुप्रै नेताले पानीको आश्वासन दिए पनि पूरा नगरेको गुनासो गर्छिन् ।  बिहान तीन बजे उठेर पानी लिन खोला जानुपर्छ । एक गाग्री पानी बोकेर फर्किंदा बिहान आठ बजिसक्छ । पालो नपाए झन् धेरै समय लाग्छ,’ उनी भन्छिन्, ‘पिउने पानी छैन, तरकारी लगाउने र गाईवस्तुलाई खुवाउने कुरा त सपना मात्रै हो ।’ वर्षौंअघि बनाइएका शौचालय पनि पानी अभावले प्रयोगविहीन छन् । पाहुना आउँदा लाज लाग्ने अवस्था रहेको उनी बताउँछिन् । कोटकै सेती रावतको पीडा पनि उस्तै छ । पानीको अभावले महिलाहरूको जीवन झन् कष्टकर बनेको उनी बताउँछिन् । ‘बर्खामा आकाशे पानी संकलन…
पूरा पढ्नुहोस् ...
जलथलको जैविक धरोहर : ठेकीफल अझै मनग्गे

जलथलको जैविक धरोहर : ठेकीफल अझै मनग्गे

कमल मादेन, ११ फागुन २०८२,  लीलानाथ शर्माको सामाजिक सञ्जालमा २१ फेब्रुअरीको मध्याह्नतिर एउटा पोस्ट देखें। त्यसमा बायाँतर्फ ‘बुक लन्च’ र दायाँतर्फ एक झुप्पो जङ्गली फलको तस्बिर समावेश छ। जङ्गली फलको तस्बिरले तुरुन्तै ध्यान तान्यो। त्यो जङ्गली फल विगत आधा शताब्दीदेखि चिन्दै आएको ‘ठेकीफल’ को हो। यसको यति सुन्दर तस्बिर यसअघि कहिल्यै देखेको थिइनँ। विमोचन हुन लागेको पुस्तक ‘जलथलका रूखहरू’ भास्कर अधिकारी, लीलानाथ शर्मा, योगेन्द्र बि. पौडेल र मार्क एफ. वाटसनले लेखेका हुन्। अधिकारी र वाटसन नेपालको वनस्पति अध्ययन–अनुसन्धानमा संलग्न हुँदै आएका बेलायत निवासी वनस्पतिविज्ञ हुन्। बाँकी दुई जनामध्ये शर्मा फरेस्ट एक्सनका कर्मचारी तथा पौडेल त्रिभुवन विश्वविद्यालयका अध्यापक हुन्। कस्तो संयोग! बाल्यकालमा हरेक वर्ष एकाधपटक ‘ठेकीफल’ खान्थें। हिजोआज पनि सुनसरीस्थित मेरो घरनजिकै उत्तरपश्चिममा ‘ठेकीफल’ को एउटा निकै अग्लो रूख छ, जसको टुप्पो केही दशकअघि भाँचिएको थियो, तर अझै बचेकै छ (तस्बिरमा देखिएका भाँचिएपछि पलाएका हाँगाहरू)। पहिले यो करिब ३०–३५ मिटर जति अग्लो थियो होला। रूख सुरिलो थियो। हाँगा मात्र टुप्पोमा पलाएको थियो। यसमा कसैले चढ्ने खाप (खुकुरीले काटेर खुट्टो राख्ने ठाउँ) बनाएको थियो। त्यसमा टेक्दै यो पङ्क्तिकार करिब साढे चार दशकअघि उक्त रूखमा पाकेको फल टिप्न चढेको थियो। चर्चा गरिएको ‘ठेकीफल’ को रूख रामधुनी नगरपालिकाको कुमरखत सामुदायिक वनको हो। मेरो घरको पूर्वदक्षिण खेतनजिक तर जङ्गलमा करिब २०३६ सालसम्म थप दुई वटा ‘ठेकीफल’ का…
पूरा पढ्नुहोस् ...
सबै दलका नारामा सुशासन

सबै दलका नारामा सुशासन

काठमाडौँ, ११ फागुन २०८२ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरेका छन् । आवधिक निर्वाचनभन्दा दुई वर्षअघि नै हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको जग भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्ने, सरकारी सेवा डिजिटल माध्यमबाट सहज र सर्वसुलभ सेवा हो । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको मूल मुद्दा यही हो ।  सम्भवतः आन्दोलनकै दबाबका कारण राजनीतिक दलले यी विषयलाई प्राथमिकता दिएको देखिन्छ । प्रायः सबै दलको घोषणापत्रमा निर्वाचनपछि आ–आफ्ना पार्टी सरकारमा पुगेपछि सुशासन स्थापना गर्ने उल्लेख गरिएको छ ।  घरैमा सरकारी सेवा : कांग्रेस आन्दोलनको मुद्दा सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसले बेथिति हैरानीमुक्त विधिको शासन भएको नेपाल हुने सरकार सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । कांग्रेसले आमनागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका नागरिक पनि कानुनको नजरमा समान हुने, अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालयलगायतका राज्यको संस्थामा दलीयकरण अन्त्य हुने उल्लेख गरेको छ । त्यस्तै स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान, क्षमता भएका योग्य एवं संविधानप्रति बफादार नागरिकलाई नियुक्त गर्ने घोषणापत्रमा भनिएको छ । राज्यको हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै डिजिटल नेपालको अवधारणा साकार पार्ने, जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्ने नेपाली कांग्रेसका घोषणापत्रमा उल्लेख गरिएको छ ।  नागरिकले घरैमा बसेर सहजपूर्वक सरकारी सेवा पाउने, निर्भीकतापूर्वक…
पूरा पढ्नुहोस् ...
उपभोक्तालाई चुनावी वर्ष महँगाे

उपभोक्तालाई चुनावी वर्ष महँगाे

काठमाडौँ, ११ फागुन २०८२ । प्रतिनिधि सभा सदस्य निर्वाचन दुई अङ्कका दिन सकिएर एक अङ्कका दिन तिर लम्केको छ । फागुन २१ गते गणना शून्य मितिमा पुग्दा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले प्रत्यक्षतर्फ १६५ सिटका लागि ३४०६ जना र समानुपतिकतर्फ ११० सिटका लागि ३१३५ जनाको परीक्षण गर्ने छन् । तीमध्ये प्रत्यक्षतर्फका १६५ सिटका लागि तीन हजार ४०६ र समानुपातिकतर्फका ११० सिटका लागि तीन हजार १६५ जना उम्मेदवार छन् ।  एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता २०७९ मा भएको अघिल्लो निर्वाचनभन्दा ५.०९ प्रतिशतले बढी हो । निर्वाचनसँग सम्बन्धित विभिन्न आर्थिक तथा सामाजिक सूचकको गणनाका लागि प्रतिव्यक्ति आधार यही मतदाताको सङ्ख्या हो ।  यस समाचारमा मतदाताको त्यो वृद्धिलाई नभई निर्वाचनले मतदाता मात्र होइन, समग्र जनसङ्ख्यामा नै मूल्यवृद्धिको अवस्था केलाइएको छ ।  विसं २०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनपछिका चार निर्वाचनको अघिल्लो वर्ष र निर्वाचन भएको वर्षको मूल्यवृद्धि अर्थात् मुद्रास्फीतिको तथ्याङ्कले आमजनताको चुलोमा निर्वाचनले निकै समस्या पार्ने देखाउँछ ।   नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार २०६४ मा चुनाव भएको हाम्रो समीक्षाको पहिलो आर्थिक वर्ष २०६४/६५ मा मूल्यवृद्धि अचाक्ली भएको देखाउँछ । त्यस वर्ष खाद्य समूहको मुद्रास्फीति २०.९ प्रतिशत रहेको देखिन्छ । जबकि चुनावको अघिल्लो आव २०६३/६४ मा खाद्य समूहको मुल्यवृद्धि ६.७ प्रतिशत थियो ।  खाद्यकै दलहन तरकारी उपसमूहको मुद्रास्फीति…
पूरा पढ्नुहोस् ...
धादिङमा बस दुर्घटना : १७ को मृत्यु, २८ घाइते, १ विदेशी नागरिक

धादिङमा बस दुर्घटना : १७ को मृत्यु, २८ घाइते, १ विदेशी नागरिक

धादिङ, ११ फागुन २०८२ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुको परिचय खुल्न बाँकी छ । दुर्घटनामा विदेशी पर्यटकहरु पनि परेका छन् । एक जना न्यूजील्याण्डका नागरिक छन् । पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख १४२१ नम्बर बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । सडकबाट करिब ३ सय मिटर तल खसेर बस क्षतविक्षत अवस्थामा फेला परेको थियो । घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्‍याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो । रातिको समय, अप्ठेरो स्थान र उद्धार सामग्री अभावका कारण उद्धारकार्यमा कठिनाइ महसुुस भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । ‘टर्च बाल्दै घाइतेहरुको उद्धार गर्‍यौं । उनका अनुसार घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ । ६ महिला र ११ पुरुषको मृत्यु भएको छ । दुर्घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली र विपद…
पूरा पढ्नुहोस् ...
आलोपालो इतिहास : फेरिन सक्छ परम्परागत गणित गुल्मी-१

आलोपालो इतिहास : फेरिन सक्छ परम्परागत गणित गुल्मी-१

गुल्मी, १० फागुन २०८२ । गुल्मी क्षेत्र नम्बर १ विगत डेढ दशकदेखि राष्ट्रिय राजनीतिमा चासोको केन्द्र बन्दै आएको छ । यहाँको चुनावी नतिजाले केवल एक क्षेत्रको प्रतिनिधित्व तय गर्दैन, बरु राष्ट्रिय शक्ति सन्तुलनमा समेत सन्देश दिने गरेको छ । २०६४ सालदेखि सुरु भएको आलोपालो जितको शृङ्खलाले यस क्षेत्रलाई विशेष बनाएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवाली विजयी बने । त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले जित हात पारे । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नतिजा उल्ट्याउँदै फेरि एमालेका ज्ञवाली विजयी भए । २०७९ सालमा कांग्रेसका भण्डारीले पुनः बाजी मारे । यसरी हेर्दा हरेक चुनावमा गुल्मी-१ का मतदाताले मत परिवर्तन गर्दै आएका छन् । यहाँ कुनै एक नेताको लगातार वर्चस्व स्थापित हुन सकेको छैन । यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा प्रायः नेकपा एमाले र नेपाली कांग्रेसबीच हुँदै आएको छ । एमाले नेता ज्ञवाली राष्ट्रिय राजनीतिमा परराष्ट्र मन्त्रीसम्म भइसकेका अनुभवी नेता हुन् । उनी विकास, पूर्वाधार र राष्ट्रियताका मुद्दा उठाउँदै मतदातासमक्ष जाने गरेका छन् । भने कांग्रेस नेता डा. भण्डारी सामाजिक न्याय, स्वास्थ्य, शिक्षा र स्थानीय विकासका एजेन्ड अघि सार्दै आएका छन् । अब प्रश्न उब्जिएको छ, २०८२ मा कसको पालो ? विगतको ट्रेन्ड हेर्ने हो भने यस क्षेत्रमा परिणाम बदलिने क्रम…
पूरा पढ्नुहोस् ...
सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त 

सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त 

गौर,९ फागुन २०८२ । कर्फ्यूका बाबजुत पनि रौतहटको गौरका भित्री भागमा आगजनी हुने क्रम रोकिएको छैन । जिल्ला प्रशासन कार्यालयबाट कर्फ्यू लगाएर नेपाली सेनासमेत परिचालन गर्दा पनि आगजनीका घटना नरोकिएको देखिएको छ । भर्खरै गौर नगरपालिका–४ मचकुटिया टोलमा एउटा स्कुटरमा आगजनी भएको छ । हालसम्म प्रदर्शनकारीहरूबाट ६ वटा मोटरसाइकल र २ जिपमा आगजनी भएको छ । सेना परिचालनपछि गौरको मुख्य सडक शान्त देखिएपनि भित्री भागहरूको अवस्था अझै तनावग्रस्त छ । गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि तनाव सुरु भएको हो । मुस्लिम समुदाय मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दु समुदायले बाजा बजाएको भन्दै विवाद सुरु भएको थियो । विवादले गौरको वडा नम्बर ४, ५ र ६ मा झडप समेत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यासका सेलहरू प्रहार गरेको थियो । झडपका क्रममा प्रदर्शनकारीहरूले केही सवारी साधनमा आगजनी गरेका छ्न् भने घरमा तोडफोड भएका थिए । केही व्यक्ति सामान्य घाइतेसमेत भएको प्रहरीले जनाएको छ । थप हिंसा फैलनेसक्ने देखेपछि जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश लागु भएको छ । प्रशासनको सूचना अनुसार, पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताएका…
पूरा पढ्नुहोस् ...
संशोधित राष्ट्र बैंक ऐनले ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच बढाउने

संशोधित राष्ट्र बैंक ऐनले ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच बढाउने

काठमाडौं, ९ फाल्गुन २०८२ । नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधनको मस्याैदाले वित्तीय पहुँच विस्तारलाई कानूनी आधार दिएको छ। ग्रामीण र दुर्गम क्षेत्रमा सेवा विस्तारलाई बाध्यकारी बनाउने प्रावधानले ऋण, बचत, बीमा र भुक्तानी सेवामा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ। मोबाइल भुक्तानी प्रयोगकर्ताको संख्या हाल ३ करोडभन्दा बढी पुगेको तथ्याङ्कले डिजिटल वित्तीय सेवाको सम्भावना देखाउँछ। यसले वित्तीय समावेशीकरणलाई द्रुत गतिमा अघि बढाउनेछ, तर ग्रामीण क्षेत्रमा डिजिटल साक्षरता कार्यक्रमलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता देखिन्छ। नेपालमा बिक्री भएको मोबाइल संख्या र सिमकार्डका अाधारमा गणना गर्दा मोबाइल प्रयोगकर्ता ४ करोडभन्दा बढी छन् । तर वित्तीय साक्षरताको अवस्था अझै पनि कमजोर छ। ऐनमा भर्च्युअल बैंक सेवाको परिकल्पना गरिएको छ। यसले भौतिक शाखा बिना डिजिटल माध्यमबाट सेवा दिने व्यवस्था ल्याउनेछ।  ग्रामीण उपभोक्ताले मोबाइलमार्फत बैंकिङ सेवा लिन सक्नेछन्, नगद कारोबार घट्नेछ। वित्तीय साक्षरता सँगै डिजिटल साक्षरताको अभावका कारण नेपालमा उपभोक्ताहरू भर्च्युअल बैंकिङ सेवाको अावरणमा ठगिने संभावना अधिक छ। वित्तीय साक्षरता र साइबर सुरक्षा सुदृढ गरियो भने भर्च्युअल बैंकिङले वित्तीय समावेशीकरणमा क्रान्तिकारी योगदान पुर्‍याउन सक्छ। ऐनको संशोधन मस्याैदामा राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरूको नियुक्ति, योग्यता र अनुभवमा स्पष्टता ल्याइएको छ।आन्तरिक लेखापरीक्षण प्रणाली सुदृढीकरण, जोखिम व्यवस्थापनमा पारदर्शिता, सुपरिवेक्षणलाई प्रभावकारी बनाउने प्रावधान समावेश गरिएका छन् । यसले बैंकिङ क्षेत्रमा हुने अनियमितता नियन्त्रण गर्ने र उपभोक्ताको विश्वास बढाउने अपेक्षा…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.