KhojSansar

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा पनि सुधार

Khoj Sansar News

काठमाडौँ, १३ फाल्गुन २०८२, सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार साढे १० अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा १०.३० अंक(०.३९ प्रतिशत)ले बढेपछि समग्र नेप्से २ हजार ६ सय ४८.९० अंकमा उक्लेर बन्द भएको हो । मंगलबार नेप्से २१.६२ अंकले बढेको थियो । अघिल्ला दुई दिन नेप्से बढेको थियो ।

बुधबार कारोबारमा आएकामध्ये १५७ कम्पनीको सेयर मूल्य बढ्यो, ९० कम्पनीको मूल्य घट्यो । बाँकी १३ कम्पनीको स्थिर रह्यो ।

सो दिन कुल ४८ हजार ६ सय ४० पटकको सेयर कारोबारमा १ करोड ४ लाख ५६  हजार ९ सय ८० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढेको हो । मंगलबार सेयर बजारमा ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, सामूहिक लगानी कोष र व्यापारको परिसूचक घटे । बाँकी १० उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले उकालो लागेको हो ।

सम्बन्धित समाचारः

  • शिव अङ्कित पहाडले तान्दै पर्यटक

  • बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन

  • कर्मचारीलाई १५ दिनमा तलब दिन सुरु

  • नौ महिनामै बाहिरियो ३४ अर्ब

  • ४४ लाख निष्कृय खाता ! साढे २० अर्ब रुपैयाँ निक्षेप

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.