KhojSansar

Khoj Sansar

650 Posts
‘बसेपनि सहरः गाउँकै खाने रहर’

‘बसेपनि सहरः गाउँकै खाने रहर’

दमौली (तनहुँ), १३ साउनः यहाँको म्याग्दे गाउँपालिकाले अग्र्यानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा लागू गर्ने नीति तथा कार्यक्रममा ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीतिअन्तर्गत अग्र्यानिक उत्पादन र उपभोगलाई जोड दिँदै कोदोको सेल, कोदोको मःमः, कोदोको बिस्कुट उत्पादन तथा बिक्री गरिने उल्लेख छ । नियमानुसार कोदोको रक्सी उत्पादन गर्नेलाई अनुदान सहायता प्रदान गर्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले स्थानीय कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने नीति लिइएको उल्लेख गर्नुभयो । स्थानीय उद्यमीले उत्पादन गरेको झोल साबुन, टोपी, अचार, गुन्द्रुक, मह, आदि गाउँपालिकाले खरिद गरी बिक्रीको व्यवस्था मिलाउने तथा व्यावसायिक रुपमा दुधालु गाई तथा भैंसी खरिद गरी दूध र दूधजन्य उत्पादन गर्ने किसानलाई लागत साझेदारीमा गाई तथा भैंसी खरिद अनुदान उपलब्ध गराइने श्रेष्ठले बताउनुभयो । अनुदानमा रू ४० लाख गाउँपालिकाले विभिन्न क्षेत्रमा अनुदान दिनका लागि रु ४० लाख बजेट छुट्याएको छ । उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार एचआइभी सङ्क्रमितलाई मासिक रु एक हजार भत्ता उपलब्ध गराइनेछ । त्यस्तै गम्भीर मनोसामाजिक पीडितलाई मासिक रु एक हजार भत्ता उपलब्ध गराइने बताउँदै घिमिरेले अन्तरजातीय दाइजोमुक्त जोडीलाई रु ५० हजार अनुदान दिइने बताउनुभयो । त्यस्तै गाउँपालिकाको लोगोसहित सगरमाथा आरोहण गर्ने युवालाई रु पाँच लाख प्रोत्साहन, अति गरिब तथा विपन्नलाई…
पूरा पढ्नुहोस् ...
गुरुङ र मगर भाषालाई सरकारी मान्यताः लुम्बिनीमा दीप प्रज्वलनसहित भव्य कार्यक्रम सम्पन्न

गुरुङ र मगर भाषालाई सरकारी मान्यताः लुम्बिनीमा दीप प्रज्वलनसहित भव्य कार्यक्रम सम्पन्न

रुपन्देही, १२ श्रावण - तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, लुम्बिनी प्रदेश कार्यसमितिको आयोजनामा दीप प्रज्वलन, बधाई तथा सम्मान कार्यक्रम रुपन्देहीमा सम्पन्न । गण्डकी प्रदेशसभाबाट २०८२ असार २४ गते गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरिएसँगै यी दुई भाषाले औपचारिक रूपमा सरकारी भाषाको मान्यता पाएका हुन् । "प्ये म्हस्याँ छया म्हमु, छया म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु" – सम्पूर्ण तमू (गुरुङ) एक हौं ! यसै सन्दर्भमा लुम्बिनी प्रदेश कार्यसमितिले दीप प्रज्वलन कार्यक्रम गरी ऐतिहासिक उपलब्धिप्रति कृतज्ञता प्रकट गर्दै भाषा, संस्कृति र पहिचानको संरक्षणमा निरन्तर क्रियाशील रहनुपर्ने प्रतिबद्धता दर्शाएको थियो । भने वक्ताहरूले गुरुङ र मगर भाषाको सरकारी मान्यता नेपालकै भाषिक समावेशीताको मार्गचित्र भएको उल्लेख गर्दै राज्यको बहुभाषिक संरचनालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा सस्थाका केन्द्रीय सचिव मिलन तमुको प्रमुख आतिथ्यता, प्रदेश प्रमुख, लुम्बिनी झपट बहादुर तमु र निवर्तमान केन्द्रीय सचिव तथा युवा विद्यार्थी विभाग प्रमुख जिएस तमुको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी, अतिथिका रुपमा केन्द्रीय कार्यसमितिका सदस्यज्यूहरू गगा तमुस्यो, टिचन तमुस्यो, धन बहादुर तमु, राजेन्द्र बहादुर तमु, महेन्द्र कुमार तमु,  निवर्तमान केन्द्रीय सदस्य  दिपक तमु, तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् लुम्बिनी प्रदेशकी अध्यक्ष हो माया तमुस्यो, तमु युवा छोंज धीं लुम्बिनी प्रदेशका अध्यक्ष अर्जुन तमु, साथै जिल्ला अध्यक्षज्यूहरू राम बहादुर तमु (रुपन्देही), लेम…
पूरा पढ्नुहोस् ...
नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँयाे

नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँयाे

गुल्मी, १३ साउनः नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँयाे । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । “नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ”, उहाँले भन्नुभयो । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको डा भट्टराईले बताउनुभयो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको उहाँले उल्लेख गर्नुभयो । प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् श्री गणेशको एक हातमा नाग छ ।…
पूरा पढ्नुहोस् ...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

घोडाघोडी (कैलाली), १३ साउनः थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदैछ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ । थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिनुभयो । गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको उहाँले बताउनुभयो । पर्वका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिन्छ । यसैबीच घोडाघोडी नगर भलमन्सा कार्यसमितिको आयोजनामा गुरही असरैना कार्यक्रम गरिने नगर भलमन्सा कार्यसमितिका सचिव अमन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा विभिन्न सांस्कृतिक नाचगान पनि देखाइनेछ । गुरही पूजाका अवसरमा कैलालीका स्थानीय तहहरुले सार्वजनिक बिदासमेत दिएका छन् । कसरी मनाइन्छ गुरहीरु गुरही पर्व खासगरी बालबालिकासँग सम्बन्धित मानिन्छ । पछिल्लो समय सबै उमेर समूहका मानिसहरूले यो पर्व मनाउने गरेका छन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । ‘गुरही’ एक प्रकारको गाइने कीराको प्रतीक रहेको बताउँदै यसले वातावरणलाई…
पूरा पढ्नुहोस् ...
नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता

नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता

नवलपुर (नवलपरासी), १३ साउनः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन् । एक जना आज बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता हुनुभएको हो । “साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ”, उहाँले भन्नुभयो, “बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ ।” बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
नीति निर्माण तहमा दलित महिलाको समान सहभागिता हुनुपर्ने माग

नीति निर्माण तहमा दलित महिलाको समान सहभागिता हुनुपर्ने माग

काठमाडौँ, १३ साउनः दलित महिला सङ्घ (फेडो) ले राज्यका सबै संरचनामा जनसङ्ख्याको आधारमा दलित महिलाको सहभागितालाई हुनुपर्ने माग गरेको छ । फेडोको ३१औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष दुर्गा सोवले सङ्घीय संसद्, सरकार, अदालत र संवैधानिक निकायलगायत राज्यका सबै संरचनामा जनसङ्ख्याका आधारमा दलित महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडि परेका दलित महिलाले विगत आठ दशकदेखि सङ्घर्ष गरे पनि कार्यपालिका (सरकार), व्यवस्थापिका (संसद्) र न्यायापालिका (अदालत) मा सहभागिता अत्यन्त न्यून रहेकाले कानुन बनाएरै प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “दोहोरो÷तेहेरो विभेद् भोग्दै आएका दलित महिलाले विसं २००३ देखि अधिकारका निम्ति निरन्तर सङ्घर्ष गर्दै आएका छन्, तर पनि नीति निर्माण तहमा सोचेअनुसार सहभागिता हुन सकेको छैन ।” विसं २०६३ मा पहिलो पटक अन्तरिम व्यवस्थापिका संसद्मा छ जना दलित महिला सांसद भएका थिए । त्यसपछि विसं २०६४ को संविधानसभामा २५ जना, २०७० मा बढ्नुपर्नेमा घटेर २२ जनामा सीमित भए । यसैगरी २०७४ सालको प्रतिनिधिसभामा त्यो सङ्ख्या अझै घटेर १४ मा पुग्यो । हाल प्रतिनिधिसभामा आठजना मात्रै दलित महिलाको प्रतिनिधित्व छ । राष्ट्रियसभामा दलित महिलाको प्रतिनिधित्व शून्य छ । फेडोका महासचिव रेणु सिजापतिले जातीय र लैङ्गिक विभेद्को उत्पीडनमा परेका दलित महिलाको सामाजिक न्याय, समानता, सम्मान तथा समग्र विकासको लागि फेडोले निरन्तर काम…
पूरा पढ्नुहोस् ...
सार्वजनिक स्थल सफाइ अभियानमा जुटे स्थानीय

सार्वजनिक स्थल सफाइ अभियानमा जुटे स्थानीय

गण्डकी, १३ साउन : सडक, पुल, नाला, चौतारा, मन्दिरलगायत सार्वजनिकस्थलको सरसफाइमा यहाँका स्थानीयवासी जुटेका छन् । ‘हाम्रो टिम गलकोट’मा स्वयंसेवी रूपमा जोडिएका युवा, समाजसेवी, पेसाकर्मी आदि मिलेर बागलुङको गलकोट नगरपालिकामा सरसफाइ अभियान चलाएका हुन् । गत असार ७ गतेदेखि हरेक शनिबार विभिन्न ठाउँमा पुगेर सरसफाइसहित सचेतनामूलक कार्यक्रम गर्ने गरिएको उक्त अभियानका संयोजक दीपक शर्मा पौडेलले बताउनुभयो । असार पहिलो शनिबार गलकोट नगरपालिका–३ र ६ जोड्ने गौँदीखोला पुल सरसफाइ गरिएको उहाँले जानकारी दिनुभयो । दास्रो शनिबार मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत गलकोट ३, ५ र ७ को सङ्गमस्थलमा रहेको दरमखोला पुल सरसफाइ गरिएको थियो । तेस्रो शनिबार मध्यपहाडी लोकमार्गमै पर्ने गलकोट–२ नरेठाँटीको पुल, चौथो शनिबार गलकोट–३ रजराको ऐतिहासिक चौतारो र साउनको पहिलो शनिबार गलकोट–६ स्थित नगरपालिका कार्यालय जोड्ने सडक र नाली सरसफाइ गरिएको संयोजक पौडेलले बताउनुभयो । गत शनिबार रजरा चौतारोको सौन्दर्यीकरणका लागि विभिन्न रुख र फूलका बिरुवा रोपिएको उहाँको भनाइ छ । “निर्माण भएको वर्षौं बित्दासमेत नियमित मर्मत र सरसफाइ नहुँदा पुलमा कुरूप बनेका थिए, पुल छेउछाउ झाडीले ढाकिएको थियो”, संयोजक पौडेलले भन्नुभयो, “सरसफाइ गरेपछि नाली बुझिने, पुलमा पानी र हिलो जम्ने समस्या पनि हटेको छ ।” ठूलो लगानी गरेर रजराको चौतारो पुनर्निर्माण गरिएपनि रेखदेख नहुँदा जीर्ण बन्ने देखिएपछि सरसफाइ र वृक्षरोपण गरिएको उहाँको भनाइ छ । सरसफाइ अभियान आगामी दिनमा पनि…
पूरा पढ्नुहोस् ...
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच वृद्धि

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच वृद्धि

लुम्बिनी, १२ साउनः लुम्बिनी प्रदेश सरकारले ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना (२०८१–२०८६) आज सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित कार्यक्रममा कार्ययोजना सार्वजनिक गरिएको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृतगगरी कार्ययोजना तयार पारी कार्यान्वयनमा लैजाने प्रदेशमा लुम्बिनी पहिलो भएको हो । मानसिक स्वास्थ्यसम्बन्धी समस्या दिनानुदिन गहिरिँदै गइरहेका बेला प्रदेश सरकारले दीर्घकालीन रणनीतिसहितको कार्ययोजना ल्याएको जनाएको छ । राष्ट्रिय सर्वेक्षणअनुसार लुम्बिनी प्रदेशका १३ प्रतिशत जनताले जीवनकालमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भोगेका छन् भने हाल ५ दशमलव ४ प्रतिशतले यस्तो समस्या अनुभव गरिरहेका छन् । सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेश आत्महत्या दरको हिसाबले तेस्रो स्थानमा पर्छ । प्रदेशमा प्रति एक लाख जनसङ्ख्यामा २६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच र माग दुवैमा उल्लेखनीय वृद्धि भएको देखिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/८० मा १७ हजार सात सय ८८ जनाले मानसिक स्वास्थ्य सेवा लिएका थिए । आव २०८०/८१ मा सेवा लिनेको सङ्ख्या दोब्बरभन्दा बढी बढेर ३५ हजार चार सय ११ पुगेको थियो । हालै सम्पन्न आर्थिक वर्ष २०८१/८२ मा भने सेवा लिनेको सङ्ख्या ३४ हजार तीन सय ८५ रहेको मन्त्रालयले जनाएको छ । यद्यपि अघिल्लो…
पूरा पढ्नुहोस् ...
केराखेतीबाट १५ लाख आम्दानी गर्नुभएका टेकेन्द्र भन्नुहुन्छ, ‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’

केराखेतीबाट १५ लाख आम्दानी गर्नुभएका टेकेन्द्र भन्नुहुन्छ, ‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’

टीकापुर (कैलाली), १२ साउनः टीकापुर नगरपालिका–४ का किसान टेकेन्द्र धामीले गत वर्ष केराखेतीबाट रु १५ लाख आम्दानी गर्नुभएको छ । उहाँले गत वर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट रु ४७ लाखको केरा बिक्री गर्नुभएको थियो । “समयमै उत्पादन हुँदा रु ४७ लाखको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन”, उहाँले भन्नुभयो, “एक बिघामा रु १५ लाखसम्म कमाएको छु ।” धामीले १९ बिघामा केराखेती गर्नुभएको छ । यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहनुभएको छ । चौध वर्षदेखि केराखेतीमा संलग्न उहाँले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आउनुभएको छ । यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले साथ दिएको छ । “आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ, मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई वितरण गर्न सहयोग गर्ने गरेको छु”, धामीले भन्नुभयो । केराखेतीबाट मनग्य आम्दानी हुने गरेको थाहा पाएपछि स्वदेशमै भविष्य बनाउन र रोजगारीका अवसर सिर्जना गरिरहेका धामीलाई यो पेसाबाट सन्तुष्टि मिलेको छ । “आफ्नो जमिन सदुपयोग र बाँकी जमिन भाडामा लिएर खेती गरिरहेको छु”, उहाँले भन्नुभयो, “मल, पोषक तत्व सहजै पाउन भने कठिन हुने गरेको छ । लागतअनुसार बजार नपाउँदा कहिलेकाहीँ समस्या हुन्छ ।” किसानले असारमा केरा रोप्ने गर्दछन् ।…
पूरा पढ्नुहोस् ...
खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

गलेश्वर (म्याग्दी), १२ साउनः म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने ऐतिहासिक खड्गभवानी कोत आन्तरिक पर्यटकहरुको गन्तव्य बनेको छ । गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र पुरातत्व विभागको आर्थिक लगानीमा कोत परिसरमा पूर्वाधार निर्माण भएपछि ६०० वर्ष पुरानो ऐतिहासिकस्थल खड्गभवानी कोतमा आन्तरिक पर्यटकहरुको सङ्ख्या बढेको हो । खड्गभवानी कोतमा मन्दिर, पदमार्ग, तारबार, पटाङ्गिनीलगायत पूर्वाधारहरु निर्माण भएका छन् । गण्डकी प्रदेश सरकारको रु १५ लाख, बेनी नगरपालिकाको रु ७५ लाख, पुरातत्व विभागको रु १० लाख र अन्य निकायको रु १२ लाख गरी यहाँ रु एक करोड १० लाख बढी लगानीमा धार्मिक र पर्यटकीय महत्वको पूर्वाधार निर्माण भएका छन् । त्यसैगरी सापकोटा बन्धुहरुले करिब रु २४ लाखको लगानीमा दुर्गा भगवती मन्दिर निर्माण गरेका छन् भने बगाले थापाहरुले दुर्गा मन्दिर र खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिले गणेश मन्दिर निर्माण गरेका खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर सुवेदीले जानकारी दिनुभएको छ । कोत परिसरको पटाङगिनीमा स्लेट ढुङ्गा विछ्याएर चिटिक्क पारिएको छ । चारैतिर धुपि र सल्लाका रुखको हरियाली र उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमशृङ्खलाहरुले यहाँ पुग्ने जो कोहीलाई आकर्षित गर्ने बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । यहाँबाट दक्षिणतर्फ बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । विसं १२४६ देखि १५४५ सम्म थापा खलकले राज्य गरेका ज्यामरुककोटमा तत्कालीन…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.