काठमाडौं, २३ फागुन २०८२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गत बिहीबार (फागुन २१) १६५ क्षेत्रमा भएको मतदानको नतिजा आउने क्रम जारी छ ।
मतगणना भइरहेकामध्ये ३७ वटा क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । ३७ मध्ये २७ क्षेत्रमा रास्वपा, ४ नेपाली कांग्रेस, २ नेकपा (एमाले), २ नेकपा र स्वतन्त्रबाट १ गरी ३७ क्षेत्रको नतिजा आएको हो ।
बाँकी अन्य क्षेत्रमा मतगणना जारी छ । तीमध्ये ९० क्षेत्रमा रास्वपा अग्रस्थानमा छ । ९ वटा क्षेत्रमा कांग्रेस, नेकपा १०, एमाले १०, श्रम संस्कृति ५, राप्रपा १ स्थानमा अघि छ ।
निर्वाचन आयोगका अनुसार, विभिन्न चारवटा क्षेत्र धनुषा–१, मुगु, संखुवासभा–१ र गोरखा–१ मा मतगणना सुरु हुन सकेको छैन ।-१०:५२